काठमाडौं। सम्भावनाको अर्को पाटो पनि थियो उनको जीवनमा। उनी कतै सडकको डिजाइन गरिरहेकी हुन्थिन्। नभए घरको नक्शा बनाइरहेकी हुन्थिन्।
सिभिल इञ्जिनियरिङमा स्नातक तह पूरा गरेकी सुरक्षा पन्तको हातमा यतिबेला न नक्शा बनाउने काम छ न त सडकको डिजाइन। उनी त भोलि, ९ फागुनदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘आमा’को प्रमोसनमा व्यस्त छिन्।
पढाइले सिभिल इञ्जिनियर सुरक्षा पेशाले भने नेपाली चलचित्रकी नायिका हुन्। ‘आमा’मा उनी एक छोरीको भूमिकामा छिन्।
प्रायः कलाकार चलचित्र क्षेत्रमा लाग्छु भनेरै शुरूदेखि लागिपरेका हुन्छन्। सुरक्षाको यात्रा भने अलि फरक छ। शुरूमा उनी आफैंले पनि चलचित्रको हिरोइन बन्ने सपना देखेकी थिइनन्।
विद्यालय तहको पढाइमा अब्बल उनी बुटवलको न्यू होराइजन स्कुलमा पढ्दा प्रायः प्रथम हुन्थिन्। पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि उनी सधैं अगाडि नै हुन्थिन्। स्कुलमा कार्यक्रम सञ्चालन गर्नु, गेम खेल्नु, स्केच गर्नु उनका रूचिका विषय थिए।
काठमाडौंमा होस्टलमा बसेर पढ्दै गरेकी उनको मन कोर्सको पढाइमा भन्दा अन्यत्र जान्थ्यो। मिडियाप्रति उनको रूचि बढी नै थियो। विभिन्न कार्यक्रममा सहभागी हुन थालिन्। कार्यक्रमका सञ्चालक बनेर विभिन्न ठाउँमा पुग्न थालिन्।
छोरी पढाइमा अब्बल देखेर आमाबुवाले डाक्टर वा इञ्जिनियर पढाउने सपना बुनिरहेका थिए। उनको मन भने आमाबुवाको भन्दा भिन्न मिडिया क्षेत्रमा थियो। एसएलसीमा उनी छात्रातर्फ ‘स्कुल टप’ भइन्। प्लस टूको नतिजा पनि राम्रै आयो। त्यसपछि उनी डाक्टर पढ्नु भन्दा इञ्जिनियर नै बढी क्रिएटिभ हुने भन्दै त्यो विषय पढ्न थालिन्।

त्यही बेला ‘ईमेज च्यानल’ले आयोजना गरेको एक प्रतियोगितामा सुरक्षा तेस्रो स्थानमा आइन्। च्यानलले उनलाई जागिर अफर पनि ग¥यो। तर, पढार्ई बिग्रने डरले अस्वीकार गरिन्। कार्यक्रममा हिंड्ने दौरान उनको संगत फिल्मकर्मीहरूसँग हुन थाल्यो। उनीहरूसँग उनले नेपाली फिल्म राम्रो भएन भनेर गुनासो गरिरहन्थिन्।
सोही क्रममा एकदिन निर्देशक आलोक नेम्वाङले उनलाई चलचित्रमा काम गर्न अफर गरे। भनेछन्, “तिमी सधैं नेपाली चलचित्र राम्रा बनेनन् भनेर विरोध मात्र गर्छौ। एकपटक चलचित्रमा काम गरिहेर न, कस्तो हुने रहेछ ?”
उनलाई त्यो मौका गुमाउनु हुँदैन भन्ने लाग्यो। अनि होमिइन् चलचित्र क्षेत्रमा।
“कलाकार बन्छु भनेर सोचेकी पनि थिइनँ। न मेरो बच्चैदेखि कलाकार बन्ने सपना थियो। इञ्जिनियरिङको पढाइ सकिने बेला कोहीबाट अफर आयो। त्यहीँबाट मैले आफूभित्र रहेको प्रतिभा चिन्ने मौका पाएँ”, उनले भनिन्।
उनको पहिलो चलचित्र थियो– ‘अझै पनि।’
दर्शकले उनको पहिलो चलचित्र खासै मन पराएनन्। तर, उनले हरेस खाइनन्। त्यसपछि उनले ‘सुस्केरा’, ‘धनपति’, ‘भैरे’, ‘रोमियो एण्ड मुना’, ‘चंगा चेट’, ‘गोपी’ लगायतका चलचित्रमा अभिनय गरिन्।
यी चलचित्रले भने उनलाई आशातित सफलता दिए। दर्शकले उनको अभिनय मन पराइदिए। र त उनलाई चलचित्रमा काम गर्ने हौसला बढाइरहेको छ।
‘धनपति’, ‘गोपी’, ‘आमा’ जस्ता चलचित्रबाट उनले आफ्नो विशिष्ट परिचय बनाइसकेकी छन्। ‘आमा’ चलचित्रमा पनि उनी एक छोरीको भूमिकामा छिन्। त्यसका लागि कथाले मागेपछि उनले कपाल नै मुण्डन गरिन्।
हरेक चलचित्रमा फरक भूमिकामा अभिनय गर्न रूचि लाग्ने बताउँछिन् सुरक्षा। त्यसैले त आम नायिका जस्तै नायकसँग नाच्ने, प्रेममा पर्ने जस्ता भूमिकामा देखा पर्दिनन्। बरु, उनी सामाजिक विषयवस्तुमा आधारित कथामा बन्ने चलचित्रमा बढी रूचि राख्छिन्। र, कथाले मागे अनुसार भूमिका निर्वाह गर्न तयार हुन्छिन्।

कपाल मुण्डन गर्दा उनलाई आफूभित्रको मन र समाजसँग जुध्नु थियो। आफ्नो मनलाई त उनले सहजै मनाउन सकिन्। तर, समाजसँग भिड्न भने सजिलो भएन।
“कपाल मुण्डन गर्दा मेरो मनभित्र त कुनै द्वन्द्व थिएन्। तर, समाजसँग हुने द्वन्द्वसँग कसरी सामना गर्नुपर्ला भन्ने थियो। समाजसँग हुने द्वन्द्वबारे पनि त जानकार थिएँ म” उनले भनिन्।
आम आमाहरूको समर्पणको भावना समेटिएको आमा चलचित्रमा अस्पतालका बेथिति समेटिएको उनले बताइन्।
" /> काठमाडौं। सम्भावनाको अर्को पाटो पनि थियो उनको जीवनमा। उनी कतै सडकको डिजाइन गरिरहेकी हुन्थिन्। नभए घरको नक्शा बनाइरहेकी हुन्थिन्।सिभिल इञ्जिनियरिङमा स्नातक तह पूरा गरेकी सुरक्षा पन्तको हातमा यतिबेला न नक्शा बनाउने काम छ न त सडकको डिजाइन। उनी त भोलि, ९ फागुनदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘आमा’को प्रमोसनमा व्यस्त छिन्।

">