“सानो उमेरमा पनि सिनियर स्तरमा सेमिफाइनल पुग्नु गर्वको विषय हो। मलाई एकदमै खुशी लागिरहेको छ”, प्रिन्सले देखापढीसँग भने।
पुरुष एकलको क्वाटरफाइनलमा आफ्नै देशका नवीन श्रेष्ठलाई पराजित गरेका प्रिन्स सेमिफाइनलमा भने भारतीय खेलाडी स्वर्नराज बोरासँग २१(१७, २१(१३ ले पराजित भए।
सेमिफाइनलमा पराजित भएका प्रिन्ससँगै भारतीय खेलाडी कार्तिके गुल्सान कुमारले संयुक्त रुपमा तेस्रो हुँदै कास्य पदक प्राप्त गरे।
प्रिन्सको ब्याडमिन्टन करिअरलाई नजिकबाट नियालिरहेका उनका मामा कमलेश निरौला पनि प्रिन्सले ऐतिहासिक सफलता हात पारेको बताउँछन्।
अहिले प्रिन्स लगायत नेपालका ब्याडमिन्टन खेलाडी घरमै आगामी मंसिरमा आयोजना हुने १३औं दक्षिण एसिया खेलकुद ९साग०को तयारीमा व्यस्त छन्।
१३ असोजदेखि नै सागको लागि सेलेक्सन म्याच शुरु भएको छ।
अन्तर्राष्ट्रिय सिरिजमा हात पारेको सफलताले सागलाई सहयोग पुग्ने प्रिन्सको विश्वास छ।
यो सफलताले प्रिन्सलाई चर्चामा पुर्याएको छ।
उनी नेपाली खेलकुदमै चर्चाको पात्र बनेका छन्।
चर्चामा पुर्याउने अर्को दिन थियो, १५ सेप्टेम्बर २०१९।
यही दिन युएईमा भएको दुबई जुनियर अन्तर्राष्ट्रिय सिरिजमा उनले यू १९ क्याटेगोरीमा स्वर्ण पदक जिते। जुनियरमा विश्व वरीयतामा १०४ स्थानमा रहेका उनले नम्वर ९ वरीयताका भारतीय खेलाडी वरुन कपुरलाई २१(१९, २१(१९ को स्कोरमा पराजित गर्दै स्वर्ण जितेका थिए।
बिडब्लुएफबाट मान्यता प्राप्त जुनियर सिरिजमा स्वर्ण जित्ने प्रिन्स पहिलो नेपाली खेलाडी समेत बने।
प्रिन्सले पराजित गरेका खेलाडी भारतको जुनियरतर्फ नम्बर ३ खेलाडी हुन्।
“पहिला पनि जित्ने लक्ष्यका साथ गएको थिएँ। सफल भएँ। यस पटक पनि जितेरै आउँछु भन्ने थियो, जितेरै आएँ।” लगातार स्वर्ण जितेर बएपछि प्रिन्सले भने।
गत संस्करणमा यू १९ मा उपाधि जितेकै खेलाडीलाई प्रिन्सले यस पटक पराजित गरेका हुन्।
“पहिलाको विनरलाई हराउँदा खुशी लागेको थियो। त्यतिखेर मैले केही सोच्नै सकेको थिइन।”
प्रिन्सले सिरिजमा शुरुमा बाई पाएका थिए। १०४ वरीयतामा भएपनि उनले नम्बर २ वरीयता पाएका थिए।
प्रिन्सले पहिलो खेलमा युएईका खेलाडी वरुणकार्थिक बरुणा मोहनलाई २१(८, २१(१५ ले सहजै हराए। त्यसपछि अर्को खेलमा पनि युएईकै कोसिक कृष्णमाथि २१(५, २१(७ को जित हात पारे।
क्वाटरफाइनलमा भारतको नम्बर ३ खेलाडी रोहन गुर्बानीलाई हराउन भने उनलाई कठिन भयो। पहिलो सेट २१(१६ ले जिते पनि दोस्रो सेटमा कडा प्रतिस्पर्धा भएको थियो। दोस्रो सेट उनले टाईब्रेकमा २४(२२ ले जितेका थिए।
“त्यो खेल अलि कठिन भएको थियो”, उनी सम्झिन्छन्।
सेमिफाइनलमा युएईकै बसन्त कुमार राजेन्द्रलाई २१-१९, २१-१४ ले पराजित गर्दै फाइनलमा स्थान बनाए।
फाइनल खेल्ने खेलाडीले यस अघि विदेशमा धेरै खेलिसकेका थिए। तैपनि प्रिन्सले हतोत्साहित नभई खेले र र २१-१९, २१-१९ ले पराजित गरे।
“फाइनलमा जित्दा एकदशमै खुशीले सोच्नै सकिन। लक सबै साथमा थियो”, प्रिन्सले भने, “स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बने भन्दा पहिला खासै थाहा थिएन। थाहा पाएपछि खुशी कसरी व्यक्त गर्ने थाहा भएन।”
जुनियर लेभलमा विदेशमा गएर नियमित खेल्न थालेका प्रिन्स धेरै विदेशी खेलाडीसँग खेल्न पाउँदा खेलमा सुधार हुने बताउँछन्।
प्रिन्सले विदेशमा गएर विभिन्न सिरिज खेले।
“तर, सबैभन्दा बेस्ट चाँही दुबैमा यू १९ जित्दा नै हो। त्यो जितेपछि र्याङकिङ पनि ५४ मा आयो।” त्यतिबेलै प्रिन्सले वरीयता अझ राम्रो हुने बताएका थिए।
ब्याडमिन्टन वर्ल्ड फेडेरेसन ९बिडब्लुएफ०ले मंगलबार मात्र सार्वजनिक गरेको वरीयतामा प्रिन्सले ठूलो फड्को मारेका छन्। उनी जुनियरतर्फ ३९औं स्थानमा उक्लेका छन्।
१३-१४ असोजमा काठमाडौंमा भएको छनोट प्रतियोगिताबाट प्रिन्स नेपालमै मंसिरमा हुने १३औं सागका लागि पनि छनोट भएका छन्।
खलंगाबाट शुरूवात
दार्चुलाको खलंगामा जन्मिएका प्रिन्सले आफ्नो बुवाको खेल देखेर नै ब्याडमिन्टन सिके।
उनका बुवा खेलाडी थिए। भलिबल, लङजम्प, हाइजम्प खेल्थे। प्रिन्स पनि बुवासँगै खेल्न जान्थे।
“खेल्दा खेल्दै बानी भयो। ड्याडीले सिकाउनु भयो”, भन्छन् उनी।
९ वर्षको हुँदा काठमाडौंमा राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न आए उनी। कृष्णमोहन स्मृति ब्याडमिन्टन खेले। त्यसमा पराजित भए पनि प्रिन्सको लागि भने त्यो नै ब्याडिमन्टन खेल्ने माध्यम बन्यो।
“सानो हुँदा थाहा नै हुँदैन, हार जित भनेर । खेल्ने रमाउने ज्यादा थियो।” उनले भने पनि त्यो हार नै भविष्यको बाटो कोर्ने माध्यम बन्यो।
१३ वर्षे उमेरमा काठमाडौं आएपछि भने उनको करिअरले सही ट्रयाक समात्यो।
पढ्नका लागि आएका थिए उनी। प्रहरी स्कुल साँगामा भर्ना गरिएको थियो उनलाई। त्यहीँ खेल्ने वातावरण पाए उनले।
“त्यहाँ खेल्ने हल रैछ, खेल्ने वातावरण थियो। त्यहाँ जहिल्यै प्राक्टिस गर्न पाउने। एक वर्षपछि कोच आउनुभयो। विभिन्न खेलको जिल्ला स्तरिय टुर्नामेन्ट हुन्थ्यो। त्यो पटक भने बास्केटबल नराखेर ब्याडमिन्टनको टुर्नामेन्ट राखियो।”, सम्झिन्छन् प्रिन्स।
पुलिस स्कुलमा सात कक्षासम्म पढे प्रिन्सले। त्यसपछि उनले ब्याडमिन्टनलाई नै प्राथमिकतामा राखे।
“एक वर्ष बाहिर ट्रेनिङ गरेँ। त्यसपछि कृष्णमोहन स्मृति खेलेँ। त्यहाँ रमेश दाईले ९सिल्क ग्रुपका० स्पन्सर गर्नुभयो। त्यसपछि भारतमा भएर थप चार महिना ट्रेनिङ गरे। थाइल्याण्डमा ट्रेनिङ गरे। नेपाल आएर
बुल्समा गरेँ। अनी दुबई खेल्न गएँ। त्यसैमा यू १९ को टाइटल जित्न सकेँ” ब्याडमिन्टन यात्रा सुनाउँछन् उनी।
आफ्नै पैसाले अन्तर्राष्ट्रिय प्रतियोगितामा
२०१८ मा भएको दुबई जुनियर इन्टरनेशनल सिरिजमा प्रिन्सले इतिहास रचे। जहाँ उनले यू १५ तर्फ स्वर्ण जितेका थिए। तर उनको दुबई यात्रा सहज भने थिएन।
“पहिलो पटक जाँदा आफैँले खर्च गरेर गएका थियौँ। सबै आफैँ व्यवस्थान गर्नुपर्ने। मामाले सबै गर्नुभयो। खासै कसैलाई थाहा थिएन” पहिलो पटक दुबई खेल्न जाँदाको अनुभव सुनाउँछन्, प्रिन्स।
यात्रा सहज नभए पनि प्रिन्सले स्वर्ण पदक जितेपछि भने नेपालकै नाम चर्चित बन्यो।
“यसपाली चाँही पहिला जितेको भएर धेरै सपोर्ट भयो। दुबईमा खेल्दा पनि नेपाली सपोर्ट गर्न आए। एकातिर नेपाली बसेर सपोर्ट गरेका थिए भने अर्कातिर भारतीयहरु थिए।”
परिवारको साथ
प्रिन्सको मामा आफैँ ब्याडमिन्टन खेल्दैनन् तर भान्जालाई भने सँधै साथ दिँदे आएका छन्।
त्यसो त सिंगो परिवारको साथ छ उनलाई। परिवारको साथ अनुसारकै किर्ति रचेका छन् उनले।
“परिवारको सपोर्ट एकदमै धेरै छ। ड्याडी नै खेलाडी भएपछि सहयोग हुने भैहाल्यो। मामाको पनि सपोर्ट छ। मामा खेल्नुहुन्न तर सिकाउनुहुन्छ” सबैको साथ पाएका प्रिन्स भन्छन् “दुबईमा पहिला जाँदा पनि मामा नै हुनुहुनथ्यो। थाइल्याण्डमा पनि मामा नै जानुभाथ्यो।”
यसपटक त झन् मामाको साथ छुट्ने कुरै भएन। कतिसम्म भने प्रिन्सको खेलमा मामाले फेसबुकमा लाइभ गरेर सबैलाई हेर्न सजिलो समेत बनाइदिएका थिए।
प्रिन्सले जित्दा सारा नेपालीले जित्छ। सबैले चिन्छन् र देशको नाम समेत चर्तित हुन्छ। अनी परिवारको प्रतिक्रिया चाहिं कस्तो हुन्छ तरु
“मैले जित्दा ड्याडी ममीले फोन गरेर अझै राम्रो गर्नुपर्छ भन्नुहुन्छ। त्यसबेला झन् गौरव अनुभव हुन्छ।”
सागको तयारी
अहिले प्रिन्स लगायत ब्याडमिन्टन खेलाडीहरु आगामी मंसिरमा नेपालमै हुने १३औं दक्षिण एसियाली खेलकुद ९साग० को तयारीमा छन्। दुबईमा खेलेपछि प्रिन्सले नेपालमै अन्तर्राष्ट्रिय सिरिज पनि खेले। यसबीचमा उनी राष्ट्रिय टिमको लागि ट्रेनिङलाई पनि निरन्तरता दिइरहेका छन्।
“सबै जना क्याम्पमा छन्। एक महिना भयो क्याम्प भएको” प्रिन्सले भने।
यसपटक घरेलु कोर्टमै साग हुने भएर पनि प्रिन्स उत्साहित छन्। अहिलेसम्मको अनुभव सागमा प्रयोग गर्ने र नेपालको लागि पदक जित्ने उनको लक्ष्य छ।
“टिम र व्यक्तिगतमा पदक जित्ने सोच छ। गोल्ड नै जित्ने योजना छ तर कडा प्रतिस्पर्धा हुन्छ।”
त्यसमा भने प्रिन्स सचेत छन्।
“विश्वमै शीर्ष ६ मा पर्ने श्रीकान्त जस्ता खेलाडी भारतीय टिममा छन्। उनी आए गाह्रो हुन्छ। तर हामी कडा मिहेनत गरिरहेका छौँ” अलिअलि डर पनि छ उनमा।
छिमेकी भारतसँग नेपाली ब्याडमिन्टनको तुलना गर्न नमिल्ने उनको भनाई छ।
“हाम्रो ट्रेनिङ राम्रो नभएर हो कि प्रशिक्षकहरु नभएर हो लेभल अलि तल नै छ। भारत धेरै अगाडि बढिसक्यो। लेडिजतिर पनि वर्ल्ड च्याम्पियनसिप नै जित्यो। यस्तै एसियामा पनि चीन, जापान, इन्डोनेसिया राम्रो छ।”
नेपालको स्तर बढाउनका लागि दुई छिमेकी भारत र चीनमा गएर ट्रेनिङ गर्नुपर्ने प्रिन्स बताउँछन्।
“चीनमा नि राम्रो खेलाडीहरु छन्। यताको उता र उताको यता आएर ट्रेनिङ गर्दा राम्रो हुन्छ। विदेशी खेलाडीसँग खेल्दा मनोबल बढ्छ। धेरै सिक्न पाउँछौँ।”
लेफ्टी कमाल
खेलकुदमा लेफ्ट ह्याण्डेड खेलाडीलाई विशेष मानिन्छ। प्रिन्स पनि लेफ्टी नै हुन्। विपक्षी खेलाडी विरुद्ध लेफ्ट स्म्यासबाट अंक जोड्न माहिर छन् उनी।
स्म्यासमा राम्रो रहेका प्रिन्स अन्य क्षेत्रमा सुधार गर्नुपर्ने बताउँछन्।
“मेरो बलियो पक्ष भनेको स्म्याट हो। ब्याक ह्याण्ड र डिफेन्समा सुधार गर्नुपर्ने छ”, आफ्नो कमजोरीबारे सचेत छन् उनी।
लेफ्टी प्रिन्सका फेभरेट खेलाडी पनि लेफ्टी नै छन्।
“चीनका लिजेण्ड खेलाडी लिन डान एकदमै मन पर्छ। भेट्ने एकदमै मन छ। बुढा भए पनि खेलिराछन्। उनी लेफ्टी नै हुन्”, भन्छन् प्रिन्स।
डानले दुई पटक वर्ल्ड च्यम्पियनसिप, दुई पटक वर्ल्ड कप र पाँच पटक ओलम्पिकमा गोल्ड मेडल जितेका छन्। यस्तै एसियन गेम्समा पाँच गोल्ड र एसियन च्यम्पियनसिपमा चार पटक जितिसकेका छन्।
नेपालमा भने प्रिन्सलाई सिनियर खेलाडीहरु सबैको खेल मन पर्छ।
“सिनियर खेलाडीहरु पहिलेदेखि नै राम्रो लाग्थ्यो। अहिले रत्नजित, दिपेश विकास दाई राम्रो खेलिरहनुभएको छ।”
यस्तै जुनियरतर्फ विश्व वरीयतामा एक नम्बरमा रहेका थाई खेलाडी खुल्नाभुत वितिदसर्नबाट प्रिन्स निकै प्रभावित छन्। प्रिन्सले बाहिर गएर खेलेको मध्ये सबैभन्दा मन परेको खेलाडि उनै खुल्नाभुत हुन्।
“उनको सबै कुरा राम्रो छ। पर्सनल ट्रेनिङ हुन्छ। उसको स्म्यास र नेट काट्ने राम्रो छ। निकै प्रभावित भएँ म”, प्रिन्सको टिप्पणी छ।
थाइल्याण्डमा खेल्दा अर्को रमाइलो प्रसंग पनि जोडिएको छ उनीसँग। २३ देखि २८ अप्रिलमा थाइल्यान्डमा भएको रोजा बिटी इन्टरनेसनल जुनियर च्याम्पियनसिपमा प्रिन्स फाइनलसम्म पुगेका थिए।
फाइनलमा उनी भारतीय खेलाडी प्रणव राव गन्धमसँग पराजित भए । उपाधि जित्न नसके पनि उनले जापानीहरुको मन जिते। जसले गर्दा उनीहरुले प्रिन्ससँग जर्सी एक्सचेन्स गरेका थिए।
प्रिन्सका लागि त्यो निकै नौलो थियो।
“जापानीले खासै त्यसो गर्दैनन् तर मसँग मात्र फोटो खिच्न र एक्सचेन्ज गर्न आएका थिए। रमाइलो भएको थियो”, उनी सुनाउँछन्।
रत्नजित र विष्णुलाई हराउँदाको क्षण
भर्खरै प्रिन्सले नवीन श्रेष्ठलाई पराजित गरे। प्रिन्सले सिनियर खेलाडीलाई हराएको यो पहिलो भने होइन।
गत चैतरबैशाखमा नेपालगन्जमा भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले नेपाल नम्बर वान रत्नजित तामाङलाई पराजित गरेका थिए। टिम इभेन्ट्सतर्फ प्रिन्सले शुरुमै रत्नजितलाई पराजित गरे।
“शुरुको खेलमा म थाकेको थिइन सबै शक्ति प्रयोग गरेर जोसमा खेलेँ। टिम इभेन्टमा जोशमा खेलेँ। जितियो। त्यसपछि थाकेर व्यक्तिगतमा खेल्दा हारेँ”, रत्नजितलाई हराउँदाको क्षण यसरी सम्झन्छन्।
त्यसअघि पनि उनले माथिल्लो वरीयताका खेलाडीलाई पराजित गरेका थिए।
विभागको अफर र सिल्क ग्रुपको साथ
कुनै पनि खेलाडीलाई परिवारको साथसँगै खेल्ने वातावरण पनि चाहिन्छ। विदेशमा खेलाडीहरुको आफ्नो छुट्टै स्पन्सर हुन्छ। नेपालमा भने त्यस्ता खेलाडी बिरलै छन्। तर प्रिन्स भने यस मामलामा भाग्यमानी छन्।
प्रिन्सलाई सबैतिरबाट खेलमा सहयोग मिलिरहेको छ। स्पोन्सरले पनि उनलाई साथ दिइरहेको छ।
“उपाधि जित्नको लागि स्पन्सरको ठूलो सहयोग छ। रमेश दाईले विदेशमा खेल्नको लागि धेरै सहयोग गरिरहनुभएको छ। त्यसपछि स्पोन्सर गरेर थाईल्याण्ड र भारतमा पनि पठाउनुभयो” प्रिन्सले भने। अहिले सिल्क ग्रुप र बुल्स क्लबले सहयोग गरिरहेका छन्।
नेपालमा राम्रा खेलाडीहरुलाई विभागले लिने चलन छ। तर प्रिन्स भने अहिले नै विभागमा जान हतार नगर्ने बताउँछन्।
यसअघि पनि उनलाई अफर नआएको भने होइन। “विभागबाट अफर आइराछ। पुलिस, आर्मी, एपीएफबाट पनि। तर अहिलेसम्म खेल्न जाने इच्छा भएको छैन। कोच नै छैन। कोच राम्रो भयो भने पुलिस वा आर्मीमा जान्छु होला।”
लक्ष्य ओलम्पिक र वर्ल्ड च्याम्पियन खेल्ने
प्रिन्स अहिले टिनएजमै छन्। तर अन्तर्राष्ट्रिय स्तरमा ठूला सफलता हात पारिसके। अब छिट्टै घरमै हुने साग खेल्दैछन्। पढाईमा खासै ध्यान नदिए पनि प्रिन्सले खेलमा भने निकै मेहनेत गरिरहेका छन्।
नजिकिँदै गरेको साग प्रिन्सको लागि ठूलो अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ। यसका लागि त प्रिन्स तयार छन् नै उनको भविष्यको योजना पनि ठूलै छ।
हरेक खेलको खेलाडीको लक्ष्य त्यसको वर्ल्ड च्याम्पियन र ओलम्पिक खेल्ने हुन्छ। प्रिन्सको पनि त्यो सपना छ।
“मेरो लक्ष्य भनेको वर्ल्ड च्यम्पिनयसिपमा मेडल र ओलम्पिकमा मेडल जित्ने छ।” प्रिन्स महत्वाकांक्षी सुनिन्छन्। तर त्यसको लागि गर्नुपर्ने मेहनतबारे सचेत पनि छन्।
“त्यसको लागि रेगुलर ट्रेनिङ गर्नुपर्छ, बाहिर गएर ट्रेनिङ गर्नुपर्छ। आफ्नो फिटनेसलाई कायम राख्नुपर्छ।”
नेपालमा फुटबल र क्रिकेट धेरै चर्चा हुने खेलमा गणना हुन्छ। ब्याडमिन्टनमा यसअघि त्यति चर्चा नसुनिए पनि प्रिन्सले विदेशमा जित्न थालेपछि भने यसको चर्चा अलि बढेको छ।
“पहिला मेडल नभएर ब्याडमिन्टन खासै चर्चा नभएको होला। दुबईमा यू १९ मा गोल्ड मेडल ल्याएपछि धेरै चर्चा भएको छ।”
परिवारको साथ रहेकोले पनि ब्याडमिन्टनलाई निरन्तरता दिन र करियर बनाउन प्रिन्सलाई सजिलो भएको छ।
“पढाईमा भन्दा नि खेलेरै भविष्य बनाउने विचार छ। त्यसमै ध्यान दिने हो। पढाईको बेला पढ्ने र खेल भएको बेला खेलमा ध्यान दिने उनको सोचाई छ” ललितपुरको बीजीभी डाँफे स्कुलमा कक्षा ९ मा अध्ययनरत प्रिन्स भन्छन्।