(सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले १० फागुनमा राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्नसक्ने गरी संविधान संशोधन गर्न कार्यदल गठन गर्यो । उक्त कार्यदल सदस्य रहेका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले १२ फागुनमा बसेको कार्यदलको अनौपचारिक बैठकमा कार्यदल गठन र संविधान संशोधन प्रस्ताव दुवैमा आफ्नो असहमति जनाए । बैठकपछि नेता नेम्वाङले सञ्चारकर्मीहरुसँग कुरा गर्दै व्यक्त गरेको धारणा)

(सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले १० फागुनमा राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्नसक्ने गरी संविधान संशोधन गर्न कार्यदल गठन गर्यो । उक्त कार्यदल सदस्य रहेका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले १२ फागुनमा बसेको कार्यदलको अनौपचारिक बैठकमा कार्यदल गठन र संविधान संशोधन प्रस्ताव दुवैमा आफ्नो असहमति जनाए । बैठकपछि नेता नेम्वाङले सञ्चारकर्मीहरुसँग कुरा गर्दै व्यक्त गरेको धारणा)

‘संविधान संशोधन व्यक्तिगत विषय होइन’ (भिडिओसहित): Dekhapadhi
‘संविधान संशोधन व्यक्तिगत विषय होइन’ (भिडिओसहित)

काठमाडौं। नेकपाको सचिवालय बैठकले संविधान संशोधनको सम्बन्धमा कार्यदल बनाएको, माधवकुमार नेपालको संयोजकत्वमा बनेको भनिएको कार्यदलमा म र खिमलाल देवकोटा सदस्य रहेको विषय चर्चामा आयो ।

तर, मैले शुरू देखि नै भनिरहेको छु- यसबारे मलाई पार्टीको तर्फबाट कसैले पनि सम्पर्क गरेका छैनन्। जानकारी गराएका छैनन्। यस्तो कार्यदल बन्यो होला भनेर मलाई विश्वास छैन। पछिल्लो समय पार्टी महासचिव (विष्णु पौडेल) ले सार्वजनिक रुपमै यसबारे कुनै निर्णय नभएको जानकारी पनि गराइसक्नु भएको छ।

यसैबिचमा कार्यदल गठन भएको हो तर औपचारिकरुपमा यसो गर्ने समझदारी छैन भन्ने जस्ता कुराले पनि अन्योल बढाउने काम गर्‍यो। यही शिलशिलामा कमरेड माधव नेपालसँग भेटघाट भयो।

उहाँले हिँजो बिहान फोन गरेर ११ बजे भेटौं न भन्नुभयो । आफूले खिमलाल देवकोटा ९कार्यदलका अर्का सदस्य० जी लाई पनि बोलाउँछु भन्नुभयो ।

म उहाँ (माधव नेपाल) लाई सारै आदर गर्छु। हाम्रो बरिष्ठ नेता हुनुहुन्छ। मैले उहाँलाई प्रष्टरुपमा भनें- ‘अहिले कार्यदलका विभिन्न कुरा संचारमाध्यममा आएका छन्। हामी बस्दा कार्यदल बस्यो भन्ने होला। त्यसैले कार्यदलको सन्दर्भमा भने नबसौं । तर, यसबारेमा कमरेडलाई मेरा आफ्ना केही कुराहरु भन्नुछ ।’

त्यसपछि उहाँले ‘तपाइँ हामी अनौपचारिक रुपमा बसौं न त’ भन्नुभो । अनि म र खिमलाल जीले आफ्ना कुराहरू राख्यौ। हामी दुवैको कुरा एउटै थियो।

समग्रमा सञ्चारमाध्यममा आएका कुराहरू सही हुन् भन्ने लाग्दैन। एउटा जिम्मेवार पार्टीले यो ढंगले यो प्रक्रियालाई अगाडि लैजान खोजेको छ भन्ने हामीलाई लाग्दैन।

संविधान संशोधन सारै गम्भीर कुरा हो। यसलाई जिम्मेवारीपूर्वक अगाडि लैजानुपर्छ। यो एकदमै पारदर्शी हुनुपर्छ। औचित्य र आवश्यकताका आधारमा हुनुपर्छ। यो व्यक्तिगत कुरा हैन।

हामीले यो भन्दा अगाडि एउटा समयकालमा भनेका थियौं- ‘अहिले संविधान संशोधनतर्फ जाने हैन, पहिला त संविधान कार्यान्वयन गर्नुपर्‍यो ।’

संघीय संसदको चुनाव भयो । प्रदेशको चुनाव भयो । त्यसपछि हामीले भन्न थाल्यौं- ‘अब आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन सक्छ। किनभने आधारहरु तयार भए।’ तर, त्यो आवश्यकता र औचित्य स्थापित भएको हामीले अहिलेसम्म ठानेनौं।

यसबीचमा फोरमले (समाजवादी पार्टी), राजपाले र अरु साथीभाइले हामीसँग कुरा गरे (संविधान संशोधनबारे) । तर, आवश्यकता र औचित्य स्थापित भएको ठानिएन।

आज अचानक यो प्रश्न उठ्दा सबैभन्दा पहिले त पार्टीले आवश्यकता र औचित्य स्थापित भएको मान्नुपर्‍यो । त्यसका आधारमा अब हामी संविधान संशोधनतर्फ अगाडि बढ्छौं भनेर पारदर्शी ढंगले अगाडि बढ्नुपर्ने हुन्छ।

पारदर्शी ढंगले भन्नाले सिंगो देश, जनता र कार्यकताले बुझ्नेगरी अगाडि बढ्नुपर्छ।

अहिले अगाडि आएका कुराहरु यस आधारमा आएनन् । त्यसैले यो कसैको पनि हितमा छैन। यस्तो काम हाम्रो पार्टीका तर्फबाट भयो होला भन्ने हामीलाई विश्वास छैन।

त्यसैले कमरेड (माधव नेपाल) हाम्रो बरिष्ठ नेता हुनुहुन्छ। तपाइँलाइ हामी आग्रह गर्न चाहन्छौ। तपाइँले यो प्रक्रिया बेठीक हो भनेर लागिदिनुपर्‍यो भन्यौं। । उहाँ हाँस्नु भो। टाउको हल्लाउनु भो। उहाँले अरु केही भन्नुभएन ।

‘तपाइँहरुको कुरा गम्भीर छ, महत्वपूर्ण छ, जायज छ। यसलाई म पार्टी भित्र पुर्‍याइदिन्छु’ भन्नु भो। त्यसपछि हामी फर्कियौं।

(सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले १० फागुनमा राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्नसक्ने गरी संविधान संशोधन गर्न कार्यदल गठन गर्‍यो । उक्त कार्यदल सदस्य रहेका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले १२ फागुनमा बसेको कार्यदलको अनौपचारिक बैठकमा कार्यदल गठन र संविधान संशोधन प्रस्ताव दुवैमा आफ्नो असहमति जनाए । बैठकपछि नेता नेम्वाङले सञ्चारकर्मीहरुसँग कुरा गर्दै व्यक्त गरेको धारणा)