काठमाडौं। कुनै बेला थियो, शान्ति पुरीलाई जिन्दगीदेखि नै दिक्क लाग्न थालेको थियो। न कोहीसँग बोल्न मन लाग्थ्यो, न भेट्न। न कतै जान मन लाग्थ्यो, न कुनै मनोरञ्जनमा सहभागी हुन। दिनरात कोठामै बसिरहन्थिन्। लाग्थ्यो– बाँच्नु नै बेकार छ।
बारम्बार आफ्ना हात हेर्थिन्। दायाँ हात नाडीनेरबाट काटिएको छ। बायाँ हातका तीनवटा औंला मात्र सग्ला छन्। र, जिन्दगीको संघर्ष दुई हातले पनि थामिनसक्नु पेचिलो लाग्छ।
दिक्क मान्थिन्। उदास हुन्थिन्।
यो उदासीको शुरूआत २०६६ सालमा भएको थियो। तर, कथा त २०५४ सालबाटै शुरू गर्नुपर्छ।
त्यही साल चैतमा खोटाङको बादेलमा जन्मिएकी थिइन् शान्ति। बा, आमा, दिदी र दाई थिए परिवारमा।
विकट जिल्ला खोटाङको जीवन सजिलो हुने कुरै थिएन त्यतिबेला। कष्टकर थियो। विद्यालय घरभन्दा टाढा। उकालो ओरालो गर्न गाह्रो हुन्थ्यो। शिक्षा, स्वास्थ्यको पहुँच थिएन। बिजुली थिएन। टुकी बालेरै रातको अन्धकारसँग जुध्न पर्थ्यो।
त्यही विकट गाउँमा बसिरह्यो भने टुकीबाट निस्कने धुवाँ जस्तै बच्चाहरूको भविष्य पनि कालो हुने सोचेर शान्तिका बाआमाले शहरमा बसाईं सर्ने निधो गरे।
शान्ति १० वर्षकी छँदा उनको परिवार इटहरीको तररा आयो।
शान्तिका निम्ति त्यहाँ सबथोक नयाँ थियो। बाटो फराकिलो थियो। बिजुली बत्ती थियो। बत्ती बल्दा कोठै झलमल्ल हुन्थ्यो। तररा आएपछि शान्तिलाई टुकीको मधुरो उज्यालोमा घोरिएर किताब पढ्नुपर्ने बाध्यता बाँकी रहेन।
त्यतिबेला उनको घरमा घरमा बाख्रा पनि पालेका थिए। बाख्राका पाठापाठी नै शान्तिका साथी थिए। बाख्रालाई घाँस काट्ने जिम्मा उनी र उनकी दिदीले पाएका थिए। गर्मी ठाउँ भएकाले इटहरीका विद्यालयमा बिहान पढाइ हुन्थ्यो। दिनभरी नजिकैको जंगलमा गएर घाँस ल्याउने काम गर्थिन् उनी।
केटाकेटी न थिइन्। चञ्चले थिइन्। ज्यान पनि त छरितो थियो। त्यसमाथि आँटिली थिइन्। जहिल्यै रुख चढेर घाँस झार्थिन्। बहिनीले झारेको घाँस बटुल्थिन् दिदी।
त्यो दिन नआएको भए उनको बालापन यसरी नै बित्थ्यो, सायद। तर, त्यो घटनाले उनको पुरै जिन्दगी मोडियो।
२०६६ को माघ। उनी कक्षा ६ मा पढ्दै थिइन्। मौसम चिसो थियो। राति परेको शीत दिउँसोसम्म पनि सुकेको हुँदैनथ्यो। उनी र दिदी सधैँजस्तै जंगल गए। इटहरीबाट धरानतिर जाने बाटोमा रहेको घना जंगल छेउ पुगे। शान्ति अघिपछि जस्तै कुसुमको रुख चढिन्। घाँस झारिन्। दिदी भूँईमा बटुल्दै थिइन्।
घाँस पुग्ने भएपछि उनी रुखबाट झर्न लागेकी थिइन्। त्यही बेलामा उनले लगाएको लुगामा आगो सल्कियो।
लौ न के भयो भनेर हत्तनपत्त आगो निभाउन खोजिन्।
रुखमाथि नै एउटा हातले रुख समातेर अर्काे हातको आगो निभाउन थालिन्। तर, आगो थामिने छाँटकाट देखिएन।
झनै लुगामा ह्वारह्वार बल्न पो थाल्यो। उनी चिच्याउन थालिन्। तर, रुख छोडेकी थिइनन्। दिदीले माथि रुखतिर हेर्दा आगो बलेको देखेपछि लगाइरहेको चप्पल फुकालेर माथि हिर्काइन्।
चप्पल लागेर शान्तिको हात एक्कासी रुखबाट छुट्यो। अनि उनी दिदीको हातमै खसिन्। बाटोसँगै भएकाले रुखमुन्तिर ढुंगा बिच्छ्याइएको थियो, तर भाग्यवस् उनी दिदीकै हातमा खसिन्। स्याउलाले आगो निभाउने कोशिस गरिन् दिदीले।
भूँईमा झरेको १० मिनेटसम्म शान्ति बेहोसीमै थिइन्। त्यसपछि उनी होस्मा आइन्। उनलाई पोलिरहेको थियो। तिर्खा पनि लागेको थियो। पानी–पानी भनिरहेकी थिइन्।
उनलाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएछ। अस्पतालमै उनले थाहा पाइन्, उनी चढेको रुख नजिकै बिजुलीको पोल रहेछ। शीतले भिजेको रुख थियो। उनी रुखमा चढ्दा लोडसेडिङका कारण बिजुली थिएन। त्यहीकारण उनले थाहा पाइनन्। एक्कासी बिजुली आएपछि पोलसँगै टाँसिएको रुखमा पनि करेन्ट प्रवाह भयो। त्यही करेन्ट लागेर उनी जल्न पुगिन्। तर, उनलाई त्यो ठाउँमा बिजुलीको खम्बा छ भन्ने थाहा थिएन। देखेकी पनि थिइनन्। त्यहाँ जान हुँदैन, करेन्ट प्रवाह हुन्छ भन्ने कुनै सूचना पनि टाँसिएको थिएन।
एक हप्ता उनलाई त्यही अस्पतालमा राखियो। तर, उपचार शुरू भएन। त्यहाँ अपरेसन गर्ने डाक्टर भारततिर गएका रहेछन्। नर्सहरूले पनि वास्ता गरेनन्।
त्यतिखेर शान्तिको कक्षा ६ को त्रैमासिक परीक्षा नजिकिएको यियो। घाउ निको भएर परीक्षा दिन जाने योजना पनि बुन्दै थिइन् उनी। बाआमाले पनि घाउ केही दिनमा निको हुन्छ भनेर आश्वस्त पारेका थिए। चाँडै निको हुन्छ भन्नेमा उनी आफैं पनि ढुक्क थिइन्। घाउ साह्रै गहिरो पनि थिएन।
तर, सोचे जस्तो भएन।
उनको घाउ दिनप्रतिदिन बिग्रँदै गयो। शुरूमा अस्पताल पुगेको केही दिन हात राम्रै थियो, त्यति धेरै जलेको थिएन। तर, हप्ता दिन पछि डाक्टर आइपुग्दा उनको घाउ पाकेर गन्हाउन थालिसकेको थियो।
औंलाहरू मात्रै जलेर कालो भएको थियो, त्यो सरेर माथि कुइनासम्म पुग्यो। डाक्टरले उनको नशाबाट रगत सञ्चार नभएकाले हातै काट्नुपर्छ भने। हप्ता दिनसम्म छोरीको उपचार नगरेर हात काट्नुपर्छ भनेपछि बा र दाई रुष्ट बने।
अनि हातै काट्नुपर्छ भने अन्तै लगेर काट्ने, यो अस्पतालमा नकाट्ने भनेर उनीहरू प्लेन चढेर काठमाडौं आए। साँखुको सुष्मा कोइराला मेमोरियल अस्पतालमा पुगे। त्यहाँ पनि डाक्टर जस्वन शाक्यले उनीहरूलाई हात काट्नुपर्ने बताए। भोलिपल्टै उनको हात काटियो।
बिहानै अप्रेसन भएको थियो। साँझ ४ बजेतिर शान्तिको होस आयो। डाक्टरले त हात काटिने बताएका थिए। तर, उनलाई आफ्नो हात छ जस्तै लागेको थियो। डाक्टरले त हात चलाउन मनाही गरेका थिए। तर, उनी हठी थिइन्। उनले हात उठाइन्।
लौ, हात त साँच्चै रैनछ।
तैपनि भएको जस्तो भान भइरहेको थियो।
उनलाई अहिले पनि बेलाबेलामा उनको पुरै हात छ भन्ने भान भइरहन्छ।
“यो भ्रमले पनि खुशी दिँदोरहेछ। कहिलेकाहीँ हात भएजस्तै भान हुन्छ, केहीबेर भए पनि म खुशी हुन्छु”, उनी सुनाउँछिन्।
तर, हात काटिएको थाहा पाउँदा उनी कम्ती रोइन् र ? हातै नभएपछि अब के गर्ने होला ? उनको मनमा यही विचार खेलिरहन्थ्यो। त्यसमाथि घाउ दुखिरहन्थ्यो। अस्पतालको कोठा बाहिर बाआमा रोइरहेथे सायद। बाआमा बेलाबेला कोठामा आउँदा सुन्निएका राता आँखा देख्थिन् उनी। ती आँखाले उनलाई पीडा दिन्थ्यो।
त्यो दुर्घटना भएको एकहप्ता अघि मात्रै बा साउदी अरबबाट घर फर्केका थिए। सबै खुशी थिए। तर, दुर्घटनाले सबैको अनुहारमा बादल छरिदिएको थियो।
बा-आमाको अँध्यारो अनुहार उनलाई मन परेन। त्यसो त अस्पतालमा छेउछाउका बेडमा पनि आगोले पोलेर आएका कैयौं घाइते थिए। कोही ह्वीलचियरमा हिंडिरहेथे। कसैको खुट्टा नै थिएन। ती सबै दृश्य देख्दा म मात्र रहिनछु भन्ने लाग्यो। त्यहीबेला उनका काकाले झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ पुस्तकबारे सुनाए। घिमिरेले गरेको संघर्ष बताए। त्यसले पनि उनलाई हौसला दियो।
अनि अठोट गरिन्, “अब म रुँदिन। जे हुनु थियो भैसक्यो। रोएर हुने केही हैन।”
उनले बा-आमालाई केही भएको छैन भनेर सम्झाउन थालिन्। उनको हिम्मत देखेर सबै चकित भए।
अस्पतालमा उनको उपचार झन्डै पाँच महीना चल्यो। दाहिने हातको कुइनासम्मको भाग काटिएको थियो भने देब्रे हातका पनि दुई औंला काटिए। भएका तीनमध्ये पनि बुढी र माइली औंला मात्रै चल्थ्यो।
त्यसो त दुर्घटना हुनुभन्दा पहिले पनि उनी बाँया हातले नै सबै काम गर्थिन्। तर, दुई औंलाले मात्रै काम गर्न गाह्रो भयो। उनलाई डाक्टरहरूले अस्पतालमै थेरापी गराउन थाले। शुरूमा कापी-कलम समाउन सिकिन्। चित्र कोर्न सिकिन्। घर, पहाड, हिमाल बनाउन थालिन्।
दुर्घटनाको पाँच महीनापछि बा-आमाले उनलाई दाई र दिदीसँगै काठमाडौंमा राखिदिए। काठमाडौंको बोर्डिङ स्कुलमा कक्षा ६ की विद्यार्थी भइन् उनी।
एकातिर भर्खरैमात्र उनी दुर्घटनाको शिकार बनेकी थिइन्। अर्कोतिर, नयाँ विद्यालय। त्यसमाथि अंग्रेजी माध्यमको। नेपाली बोले पैसा तिर्नपर्ने। नेपाली बोलेकैले उनले धेरै पटक पैसा तिर्नुपर्यो जसले गर्दा उनी लज्जित भएको महशुस गर्थिन्। त्यसैले पनि उनी विद्यालयमा नबोल्ने भइसकेकी थिइन्।
त्यसमाथि विद्यालयको पोशाक सर्ट–पाइन्ट थियो। उनलाई भने दुईवटा औंलाले पाइन्टको जिपर लगाउन गाह्रो हुन्थ्यो। त्यसैले उनी दिनभर नै विद्यालयमा पानी खाँदिनथिन्। विद्यालयको ट्वाइलेट पनि जाँदिनथिन्।
उनलाई दिक्क लाग्थ्यो। निराश हुन थालेकी थिइन्। धन्न दाईले भने सधैँ हौसला दिन्थे।
केही नभएको ठाउँमा पनि आशा खोज्न सिकाए उनलाई दाईले। दिदीले पनि उत्तिकै साथ दिइन। उनका सबै काम गर्न थालिन्। कपाल कोरिदिने, नुहाइदिने, लुगा धोइदिने, खाना पकाइदिनेदेखि स–साना काम सबै गरिदिन्थिन्।
दाई र दिदीको साथले उनलाई आँट दिलायो। उनी भविष्यबारे चिन्तित हुन थालिन्। सोचिन्, “आज त दाई–दिदी छन्। भोलि सँगै भएनन् भने एक्लैले के गरुँला ?”
उनले आफ्नो काम आफैं गर्न थालिन्। तर, त्यो कहाँ त्यति सजिलो थियो र ? तीन औंलाले सबैथोक गर्न गाह्रै थियो। कष्टसाध्य अभ्यास गरिन् शान्तिले।
शुरूमा उनले चक्कु समाउने अभ्यास गरिन्। अलि दिनमा समाउन सक्ने भइन्। चक्कुले तरकारी काट्न सकिन्। पछि मोजा, पन्जा धोइन्। अनि ठूलो लुगा धोएर हेरिन्। त्यो पनि धुन सकिन्।
आफ्नो काम आफैं गर्न सक्ने भएको देखेर आफैं दंग परिन्।
हुन त उनले लुगा धोइरहेको देख्दा मानिसहरू ‘बिचरा, किन धोएको होला’ भन्थे। तर, उनले अरुको कुरा सुनिनन्। बिचरा भन्नेहरूका अगाडि उनले काम गरेर देखाइन्।
तर, दिनहरू फेरिन समय लाग्दैन रहेछ।
प्लस टू सकिएपछि भने उनको जिन्दगीमा फेरि उदासी छाउन थाल्यो। दाई विदेश गए, दिदीको पनि बिहे भयो।
कुराकानी गर्ने मानिस पनि कोही भएनन्। आड दिने कोही छन् जस्तो लाग्न छोड्यो। अनि बिस्तारै उनी डिप्रेसनको शिकार बन्न पुगिन्। घरतिरबाट कोही आफन्त आए पनि उनी भेट्दिनथिन्। ढोकामा चुकुल लाएर बस्थिन्। कसैसँग बोल्न नपरे हुन्थ्यो झैं लाग्थ्यो। दशैं तिहारमा घर जान पनि नपरे हुन्थ्यो जस्तो गर्थिन्।
मौसम जस्तै त छ हाम्रो जीवन पनि। कहिले नयाँ पालुवा पलाएर हरियाली छाउँछ। कहिले तिनै पात झरेर सुख्खा भइदिन्छ। तर, जस्तोसुकै मौसम पनि सामना गरेर नहार्ने बोट नै ठूलो हुन्छ। अरुलाई शीतल छहारी दिन्छ।
शान्तिको जीवन पनि मौसम जस्तै छ। उनी सानोमा चञ्चले थिइन्। बिचमा दुर्घटना पछि शान्त भइन्। उडिरहेको सुगालाई पिँजडामा राखिदिएझैं भयो उनको लागि। तर, दाई र दिदीको साथ र उनको हिम्मतले मजबुत बनाउँदै लगेको थियो। तर, फेरि एक्लोपनले गिजोल्न थाल्यो उनलाई।
साथीले उनलाई साइक्याट्रिककहाँ जान सुझाए पनि। तर, उनी गइनन्।
एक त परिवारसँग आफ्ना कुराहरू बाँड्ने वातावरण थिएन, अनि भविष्यप्रति चिन्तित हुँदै गइन्।
“अहिले त काम चलाइरहेछु, भविष्यमा के होला भन्ने चिन्ता जाग्यो। त्यसैले पनि नकारात्मक कुरा सोच्न थालेँ”, शान्ति सुनाउँछिन्।
त्यही बेलामा ‘भिइङ इन्भिटेटिभ नेपाल’ नामको संस्थासँगको आवद्धताले उनको जीवनमा फेरि आशा दिलायो।
उनी कक्षा १२ को परीक्षा दिएर बसेकी थिइन्। त्यहीबेला उक्त संस्थाले स्वंयसेवकको निम्ति आवेदन खुलाएको थाहा पाइन्। फर्म भरिन्। छनोट भएपछि तालिममा गइन्। तालिमपछि उनलाई काममा पठाइयो।
नेपाली र विदेशी भोलेन्टियरले मिलेर काम गर्नुपर्ने थियो। काभ्रेको तीनपिप्लेभन्दा अलि परको गाउँमा ९ महीना खटिएर अनुवाद तथा तथ्यांक संकलनको काम गरिन्। उनले त्यहाँ नयाँ महशुस गरिन्। मानसिक तनावमा परेकी उनी जानुपर्ने त मनोवैज्ञानिककोमा थियो, तर उनी कार्यक्षेत्रमा गइन्।
“मलाई गाह्रो हुन्थ्यो, तर पनि मैले काम गरेँ,” शान्ति सुनाउँछिन्, “त्यसरी हिँड्दा मैले नयाँ कुरा थाहा पाएँ, नयाँ परिवेश देख्न पाएँ। त्यसले मलाई शारीरिक रूपमा मात्रै नभई मानसिक रूपमा पनि उपचार गर्दै लगिरहेको थियो। मैले साइक्याट्रिककहाँ जानुपरेन। त्यसै निको भएँ।”
गाउँमा जाँदा उनको ध्यान भने बिजुलीका तारले नै ताने। सिन्धुपाल्चोक, काभ्रे, गोरखामा जाँदा रुख माथिबाट, घर माथिबाट हाइ भोल्टेजको तारहरू लगिरहेको देखिन्।
“गाउँमा मात्र हैन, काठमाडौंमा पनि त्यस्तो कति छ कति,” उनी भन्छिन्, “दुर्घटना हुने जोखिम धेरै छ।”
गाउँमा धेरै असावधानी हुने उनले महशुस गरेकी छन्। विद्युत् प्राधिकरण, सरकारले पनि कतै हाइ भोल्टेजको तारहरू लगिरहेको ठाउँमा खतराका चिन्हहरू, संकेतहरू राखिदिएको हुँदैन। त्यो राख्नुपर्ने हो, तर राखिएको छैन। शान्तिले फिल्डमा जाँदा यी विषयबारे पनि सचेतना फैलाउने प्रयास गरिन्।
“मेरो दुर्घटना भएको ठाउँमा खतराका चिन्ह राखिदिएको भए आज यो अवस्था हुँदैनथ्यो कि,” उनी भन्छिन्, “जानकारीको कमीले कसैको मेरो जस्तै दुर्घटना नहोस् भन्ने चाहन्छु।”
अपांगतायुक्त भए पनि उनी कमजोर भने छैनन्। भन्छिन्, “घरमा र कार्यालयमा काम गर्दा कहिल्यै पनि अशक्त छु भन्ने महशुस नै हुँदैन।”
सार्वजनिक यातायातमा भने उनले आफ्नो अशक्तता महशुस गर्ने गरेको सुनाइन्। “दुई महीना जति भयो, मसँग पनि हात रहेन रहेछ भन्ने महशुस भएको”, उनी भन्छिन्, “बिहान बेलुका गाडीमा भीडभाड हुन्छ, झुन्डेर यात्रा गर्नुपर्छ। झुन्डिन हात राम्रो छैन।”
अपांगता भएका व्यक्तिका लागि छुट्याइएको सिटमा पुग्नै नसक्ने अवस्था पनि हुन्छ कहिलेकाहीँ। कोही कसैले छोडिदिन्छ। शुरूमा त उनले सिट छोडिदेऊ भन्ने गरेकी थिइनन्। केही हप्तायता उनी बोल्न थालेकी छन्।
“मलाई अधिकार चाहिएको छ भने म बोल्नुपर्यो नि। मैले बोलिन भने कसरी अधिकार पाउँछु। अनि मानिसहरूले पनि कसरी बुझ्छन् ?”, उनी भन्छिन्।
त्यसो त धेरै परिवर्तन आइसकेको छ उनमा। पहिले उनी सार्वजनिक स्थानमा खुलेर हिँड्दिनथिन्। जति नै गर्मी भए पनि ज्याकेट लगाएर बाहिर निस्किन्थिन्। तर, अहिले उनी खुलेर हिंड्न थालेकी छन्। मानिसहरूसँग अन्तक्रिया गर्न थालेकी छन्। कसैको फरक नजरले उनलाई असर गर्दैन, अहिले।
शान्ति अहिले आफूभित्रको असहजपनलाई आफैंले जित्दै गइरहेकी छन्। उनलाई यस्तो बन्न सघाउनेमा अर्को एकजना व्यक्तिको पनि महत्वपूर्ण भूमिका छ। उनी हुन्– जर्मन नागरिक दुनिला।
सुष्मा कोइराला मेमोरियल अस्पतालले आफूले गरिरहेको कामबारे भिडिओ बनाएर जर्मनीको टेलिभिजनमा प्रसारण गरेको थियो। त्यही भिडियोमा देखेर उनले शान्तिको आधा उपचार खर्च व्यहोरिन्। त्यति मात्र होइन, उनलाई त्यसबेलादेखि अहिलेसम्म आड र भरोसा दिइरहेकी छन्।
“दुनिला नभएको भए मैले दोस्रो जीवन पाउँथे कि पाउँदैनथें, थाहा छैन”, शान्ति भन्छिन्।
शान्तिलाई उनले नै डिप्रेसनबाट निकाल्न सहयोग समेत गरिन्। किनकी हरेक दिन दुनिला शान्तिलाई म्यासेज पठाउँछिन्। ह्वाट्सएपमा दुनिलाले पठाएको ‘गुड मर्निङ, ह्याव अ गुड डे, लुक योरसेल्फ गुड, स्माइल’ को म्यासेज हेरेर शान्तिको दिन शुरू हुन्छ।
“म उहाँलाई आमा नै भनेर बोलाउँछु,” उनी भन्छिन्, “कोही मेरो लागि पर्खिरहेको छ त्यसैले पनि म अघि बढ्नुपर्छ भन्ने भावले मलाई हरेक दिन उठेर हिँड्न प्रोत्साहन दिन्छ।”
पढ्नुहोस्
मृत्युले पनि हार मानेपछि अञ्जुले जितेको जिन्दगी (जीवन सुन्दर छ, भाग–८)
एउटाले सलाई दियो अर्कोले जीवन: रास्ता खड्गी (जीवन सुन्दर छ, भाग–५)
जस्तो हेर्यो त्यस्तै देखिन्छ जिन्दगी: हार्न नजानेकी जब्बर जायत्रीको कथा (जीवन सुन्दर छ, भाग-१)
" /> काठमाडौं। कुनै बेला थियो, शान्ति पुरीलाई जिन्दगीदेखि नै दिक्क लाग्न थालेको थियो। न कोहीसँग बोल्न मन लाग्थ्यो, न भेट्न। न कतै जान मन लाग्थ्यो, न कुनै मनोरञ्जनमा सहभागी हुन। दिनरात कोठामै बसिरहन्थिन्। लाग्थ्यो– बाँच्नु नै बेकार छ।बारम्बार आफ्ना हात हेर्थिन्। दायाँ हात नाडीनेरबाट काटिएको छ। बायाँ हातका तीनवटा औंला मात्र सग्ला छन्। र, जिन्दगीको संघर्ष दुई हातले पनि थामिनसक्नु पेचिलो लाग्छ।

">