बुवाले वर्षेनी यही मेलाबाट एउटा च्याङ्ग्रा किन्नुहुन्थ्यो। घरमा भेडाच्याङ्ग्रा भित्राएपछि बल्ल दशैं आए जस्तो लाग्थ्यो। बाले भेँडालाई बारीमा बाँधेर राखिदिनुहुन्थ्यो। म र भाई त्यसको अगाडि घाँस राखिदिन्थ्यौं। तर बथानबाट छुट्टिएकोले होला, च्याङ्ग्रा डराएर केही खाँदैनथ्यो। अष्टमीको दिनमा त्यसलाई काट्ने चलन थियो। बुवा काटमार गर्नुहुन्नथ्यो। त्यसैले गाउँका ठिटाहरुलाई बोलाएर काट्न लगाउनु हुन्थ्यो। मासु काटेको हेरेर बस्दा दिन बितेको पत्तो चल्दैनथ्यो।
अहिले वर्षभरि दर्जनौँ लुगा पाउनेहरुलाई दशैंमा किन्ने एक जोर लुगाको महत्व के होला र। अहिलेका कतिपय बच्चाहरुलाई फाटेको, टालेको लुगा के हो भन्ने नै थाहा हुन्न। तर हामीलाई त दशैं आउनु भनेको नयाँ लुगा लगाउन पाउनु थियो। म भन्दा भाइ दुई वर्षले कान्छो थियो। हामी उस्तै देखिन्थ्यौँ। त्यसैले हामीबिच झगडा नपरोस् भनेर बाले दुबैलाई एकै रंगको सर्ट पाइन्टको कपडा ल्याइदिनुहुन्थ्यो।
हाम्रो घर नजिकै लुगा सिलाउनेहरुको घर थियो। हाम्रो लुगा सिलाएर नल्याएसम्म उनीहरुको घर नजिकै गएर दिनभरि खेल्थ्यौँ। आफ्नो लुगा सिउन थालेको देखेपछि खुसी लाग्थ्यो। दशैंको टिकाको दिनमा त्यही लुगा लाएर ठूलाबडाको हातबाट टिका थाप्न जान्थ्यौँ।
दशमीको दिन टिका थापेपछि कसले कति दक्षिणा दिन्छन् भनेर हेर्थें। त्यतिबेला हामी रुपैयाँका नोट पाउँदैनथ्यौं । पाँच पैसा, सुका, बढीमा मोहरका सिक्का दिन्थे। हामी त्यो सिक्कालाई ‘ढ्याक’ भन्थ्यौँ। टिका थापेर कसले कति ढ्याक जम्मा गर्ने भन्ने प्रतिस्पर्धा नै हुन्थ्यो।
कसैले टिका लगाइदिएर भाइलाई र मलाई फरक फरक पैसा दियो भने रोएर त्यहीँ लडिबुडी गरिदिन्थ्यौँ। टिका थापेर अलिकति पैसा साथमा भएपछि त ‘बिल गेट्स’ नै भएको सोचिन्थ्यो।
ती पैसा कहिले ढ्याक लडाइ खेल्न प्रयोग हुन्थे त, कहिले पुष्टकारी, मिठाई किनेर खान। बजारमा नाङ्लोभरि फिजाएर राखिएको पुष्टकारीको स्वाद अझै मेरो मुखमा झुन्डिएको छ। पुष्टकारी मात्र कहाँ हो र, दशैंको बेला आमाले पकाउने ‘सिंगामरी’, ‘हिलिङ्गा रोटी’, ‘म्यामरी’ पनि मेरो ‘फेवरेट’ थियो।
पहिले दशैं कहिले आउला भनेर कुरेर बस्थेँ। बाआमाले कहिले ‘टिका थाप्न हिँड’ भन्नुहोला भनेर खुट्टा उचालेर बस्थ्यौँ। तर, अहिले त्यस्तो प्रतीक्षा हुन्न। छोरानातिमा पनि त्यस्तो उत्सुकता देख्दिन । बरु उल्टै ‘टिका थाप्न जाओ’ भन्नुपर्छ।
संस्कृतिप्रति सचेत छ भने मात्र परम्परा आत्मिय बन्छन्। ठूला र सानाबीच आदर, माया र सम्मान छ भने मात्र दिएको आशिषको महत्व हुन्छ।
(साहित्यकार सरभक्तसँग सुनीता साखकर्मीले गरेको कुराकानीमा आधारित)

‘घरमा भेडाच्याङ्ग्रा भित्र्याएपछि बल्ल दशैं आएजस्तो लाग्थ्यो’

म १०/१२ वर्षको छँदा पोखरा बजार पनि सानै थियो । घरहरु धेरै थिएनन् । वल्लो गाउँका मानिसले पल्लो गाउँका एक एक मानिस चिन्थे । म बस्ने गाउँ सानो थियो, परिवार नि सानै । तर त्यतिबेला हामीले मान्ने दशैं ठूलो लाग्थ्यो।

दशैंमा बाले किनिदिएको कागजी चंगा सुनको झैं गरी सम्हालेर राख्थेँ। दक्षिणामा पाएको पाँच पैसा गोजीमा राख्दा आफुलाई ‘विल गेट्स’ नै सम्झन्थे। गोजीमा केही मोहर जम्मा भयो भने त संसार नै किन्न सक्छु भन्ने घमण्ड जाग्थ्यो।

तर समय अनुसार दशैंको महत्व फेरिँदो रहेछ। एक वर्षमा मेरो उमेर ‘एक’ को दरले बढ्दा पोखरामा घरहरुको संख्या ३६५ को दरले बृद्धि हुँदै गयो। हेर्दाहेर्दै सानो पोखराको बस्ती घना बन्यो । पोखरा जति नै ठूलो भए पनि दशैं आउने वित्तिकै मेरो मानसपटलले उहिलेकै पोखरा सम्झन्छ।

उहिलेको पोखरा अहिलेको जस्तो कहाँ थियो र! बाटोमा ढुंगाको छपनी ओछ्याइएको, औंलामा गन्न सकिने संख्यामा घर हुन्थे। त्यहाँ नेवारले सानोतिनो व्यवसाय गर्न पसल थापेका थिए । छेउछाउ गाउँका मानिसहरुको किनमेल गर्ने थलो नै त्यही हुन्थ्यो। दशैं शुरु भएपछि पाटीपौवामा बृद्धहरु भजन गाउँथे। गाइनेहरु सारंगी रेट्दै गाउँबजार डुलेर गीत सुनाउँथे हाम्रो विद्यालयमा पनि घटस्थापनाको दिनदेखि नै विदा हुन्थ्यो।

घटस्थापनाको दिन बा आमा सेती गंगाको तिरमा नुहाइधुवाइ गरी जमरा राख्न बालुवा लिएर आउनुहुन्थ्यो। पुजाकोठाको अँध्यारो भागमा जमरा राख्नुहुन्थ्यो । हामी त सानै थियौं । बा आमाले गरेका काम हामी हेर्थ्यौं मात्र।

घटस्थापनाको दिनदेखि नौरथाभरि बिहान २ बजे नै उठेर साथीहरुसँग पोखरा आसपासका भद्रकाली, विन्दवासिनी, सितलादेवी, तालबाराही लगायत मन्दिर दर्शन गर्न जान्थ्यौँ। मन्दिरमा पुजा गर्नेहरुको भीड लाग्थ्यो। अल्लारे बुद्धि थियो, लाइन लागेर पुजा गर्दैनथ्यौँ, त्यसैले बाहिरैबाट ढोगेर फर्कन्थ्यौँ।

भद्रकाली मन्दिर जाने बाटोमा ठूली आमाको घर थियो। रातको तीन बजेतिर त्यहाँ पुग्थ्याौं। अनि, बाहिरबाट ठूलो स्वरले ‘ठूली आमा’ भनेर चिच्याईदिन्थ्यौं। शहरबाट अलिक टाढा पर्ने भएकाले बाक्लो बस्ती थिएन। खेतहरुको बीचमा रहेको घरमा एक्कासी हुलै बाँधेर बोलाउँदा उहाँहरु तर्सिनुहुन्थ्यो। अनि हामी तुफान भाग्थ्यौँ । विहान दुई बजेदेखि मन्दिर डुल्दै खाना खान घर पुग्थ्यौं।

पोखरामा त्यतिबेला चंगा उडाउने चलन खासै थिएन। धेरै पछि मात्र दाइहरुले चंगा उडाउन थालेका हुन् । बुवाले मलाई चंगा र लट्टाई किनिदिनु भएको थियो। तर, चंगा उडाउने कला मैले कहिले जानिन। तैपनि दाइहरुले उडाउने चंगाको धागोमा माड दलेर धान काटेको खेतका गह्रामा सुकाउन लगिदिन्थे। दाइहरुले चेट पारेको चंगा टिप्न दौडिन्थेँ।

फुलपातीको दिन पोखराको टुँडिखेलमा मेला लाग्थ्यो। त्यहाँ मान्द्रो, गुन्द्री, कृषिजन्य सामग्रीका साथै तिब्बती मुलका नेपाली भोटेहरुले सयौंको संख्यामा ल्याएका भेडा च्याङ्ग्राको किनबेच हुन्थ्यो। मानिसहरु छानीछानी किन्थे। हामी पनि बाको पछिपछि लागेर भेडा च्याङ्ग्रा किन्न जान्थ्यौँ।

मलाई ती भोटेहरुको लवाई र बोली अनौठो लाग्थ्यो। हामी एउटा कमिजमा हिँडिरहेका बेला उनीहरु बाक्लो बख्खु लगाएका हुन्थे। ज्यानै मोटो, त्यो माथि बाक्लो बख्खुले झनै मोटो देखिन्थे। बाटेको लामो केश पालेका हुन्थे। गाला चाहिँ स्याउ जस्तो रातो हुन्थ्यो। टाढाबाट उनीहरुको हाउभाउ हेर्न रमाइलो लाग्थ्यो।