अनि बाटो मोडियो । सर्जन बन्नेतिर लागे उनी ।
र त नयाँ पहिचान बन्यो उनको । असफलताबाट नहारी सम्भावनाका नयाँ–नयाँ ढोका खोल्नेहरुले नयाँ–नयाँ पहिचान बनाउँदा रहेछन् ।
उदाहरण बनेका छन् उनी ।
आज प्राध्यापक डा. रमेशसिंह भण्डारीको नाम कलेजो प्रत्यारोपणसँग जोडिएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण गर्ने टिमको नेतृत्व उनैले गरे ।
तथ्यको हिसाब गर्दा उनी नेपालमै कलेजो प्रत्यारोपण गर्ने पहिलो डाक्टर नहुन सक्छन् । किनभने यसअघि मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा कलेजो प्रत्यारोपण शुरु भइसकेको थियो । तर, त्यसले निरन्तरता पाएन । सर्वसाधारणको सहज पहुँचमा पनि थिएन ।
डा. भण्डारी स्वयम्लाई पनि पहिलो वा दोस्रो भन्नेमा रुचि छैन । भन्छन्, “मेरो उद्धेश्य नेपालमा निरन्तर अघि बढ्न सक्ने कलेजो प्रत्यारोपणको सेवा शुरु गर्नु हो ।”
त्रिवि शिक्षण अस्पतालमै डा. भण्डारीको नेतृत्वमा कलेजोको प्रत्यारोपण सफल भएपछि यो आमजनको सहज पहुँचमा पुगेको छ ।
डा. भण्डारी नेतृत्वको टोलीले गत १७ जेठ र ३ साउनमा गरी नेपालमै दुई वटा सफल कलेजो प्रत्यारोपण गरेको छ ।
यो सफलता एक दुई दिनको मेहनतले पाएको भने अवश्य होइन । त्यसका लागि झण्डै एक दशक खर्चिएका छन् डा. भण्डारीले ।
०००
सन् २००९ मा उनले यो सपना देखेका थिए ।
त्यतिबेला ‘फ्याकल्टी मेम्बर’को रुपमा महाराजगञ्ज, काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रवेश गरेका थिए उनी । उनलाई भने विदेश पढ्न जाने रहर थियो ।
त्यसैले कलेजो रोग निदान सम्बन्धी तालीमका लागि अष्ट्रेलियामा छात्रवृत्तिको लागि आवेदन भरेका थिए ।
छनोट प्रक्रियामा सोधिएको थियो – “तपाईं किन यो तालीममा आउन चाहनुहुन्छ ?”
“नेपालमा कलेजो प्रत्यारोपण शुरू गर्न चाहन्छु”, त्यतिबेला जवाफ दिएका थिए उनले ।
आखिर गरिछाडे । दुईवटा सफल प्रत्यारोपणपछि अहिले तेस्रो प्रत्यारोपणको तयारीमा छन् उनी ।
सफल कलेजो प्रत्यारोपणमा ‘ह्याट्रिक’ गर्ने तयारीमा रहेका उनलाई गत साता हामीले सोध्यौं – “करीब एक दशकअघि नेपालमा कलेजो प्रत्यारोपण गर्नेबारे तपाईंले देखेको सपना कति महत्वाकांक्षी थियो ?”
“नेपालको एकजना फुटबल खेलाडीले विश्वकप खेल्ने सपना देखे बराबर,” आफ्नै कार्यकक्षमा हाम्रो क्यामेरामा थोरै मुस्कुराउँदै उनले भने ।
“त्यसो भए तपाईं विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी हुनुभो, हगि ?”
“प्रत्यारोपण सफल भएपछि त विश्वकपमा गोल गरे बराबर नै भयो नि”, यसपटक भने उनी मज्जाले हासें– “तर, म गोल गर्दा जस्तो खुशीले चिच्याउन चाहिँ चिच्याइन् ।”
“के गर्नुभयो ?”, हाम्रो स्वभाविक प्रश्न थियो ।
“शुरूमा आफूलाई ‘रिलिफ’ गरें । त्यसपछि श्रीमतीलाई कल गरें र भनें– सफल भइयो । आखिर उनलाई पनि त मलाई जत्तिकै स्ट्रेस थियो ।”
०००
एक वर्षे तालीमका लागि अष्ट्रेलिया पुगेका डा. सिंह तालीमको अन्त्यतिर त्यहाँको एक कलेजो प्रत्यारोपण केन्द्रमा गए । त्यहाँ पुगेर देखेपछि लाग्यो– यो काम मैले सोचें जस्तो सजिलो रहेनछ । भारतमा कलेजो प्रत्यारोपण सेवा निकै गुणस्तरीय भइसकेको भए पनि नेपालमा भने सपना सरह थियो । तर, पनि ‘केही गर्ने’ इख लिएर उनी नेपाल आए ।
तीन वर्ष जति यहाँको वातावरण नियाले । टीम बनाए । साथीभाइसँग छलफल चलाए । र, अन्तिममा निष्कर्षमा पुगे– कलेजो प्रत्यारोपण नेपालमै शुरू गर्नुपर्छ ।
“प्रशस्त पैसा भएका व्यक्तिले भारतमा गएर पनि प्रत्यारोपण गर्न सक्छन्,” उनी पुराना दिन सम्झन्छन्, “नेपालमै शुरू गर्न सकियो भने मध्यम वर्गीय परिवारलाई लाभ पुग्छ भन्ने सोचले जसरी पनि यो सेवा शुरू गर्ने हुटहुटी जगाइदिएको थियो ।”
अष्ट्रेलियाबाट फर्केपछिका करीब तीन वर्ष नेपालमा कलेजो प्रत्यारोपणको सम्भावनाबारे गरेका अध्ययनपछि उनलाई लाग्यो– शुरू मात्र गर्न सकियो भने पनि ठूलो उपलब्धि हुनेछ । केही गरी सकिएन भने पनि गुमाउनु केही छैन ।
“यही सोचेर रात दिन खटें । थप माथिल्लोस्तरको तालिम चाहियो भनेर भारतीय र अष्ट्रेलियन प्रध्यापकहरूसँग नियमित कन्सल्ट गरें,” उनी भन्छन्, “म प्रत्यारोपण सिक्न फेरि आउँछु भनें । उहाँहरूले बोलाउनु भयो । सन् २०१४ मा फेरि अष्ट्रेलिया गएँ । अस्टिन अस्पतालमा एक वर्ष सिकें ।”
सन् २०१५ को जनवरीमा नेपाल फर्कंदासम्म पनि उनी एक्लै थिए । उनलाई अनुभव छ– आफ्नो योजना सुनाउँदा धेरैले ‘नेपालमा कलेजो प्रत्यारोपण ?’ भन्दै ओठ लेप्राउँथे । कतिले मजाक गरेर उडाउँथे ।
साथीभाइकै यस्तो व्यवहारले निराश बनाएन ?
“जुनसुकै ठूलो काम आँट्दा शुरूमा यस्तै भन्छन् भन्ने सोंचेर वास्ता गरिनँ, बरू टीम बनाउन लागें”, उनले आफ्नै आत्मविश्वास सुनाए ।
त्यसपछि तालीमका लागि टीमका सदस्यहरू कोही भारत, कोही अष्ट्रेलिया त कोही अमेरिका पुगे । यसरी सक्षम जनशक्ति उत्पादन गर्ने काम अगाडि बढ्दाबढ्दै संस्थागत पूर्वाधार पनि विकास गरिहाल्ने योजना बन्यो । केही गरौं भन्ने सोच भएका युवा नेता गगनकुमार थापा स्वास्थ्यमन्त्री बनेका थिए ।
डा. भण्डारीले नेपालमा कलेजो प्रत्यारोपणको आवश्यकता, सम्भावना, आवश्यक बजेट र जनशक्ति उत्पादनका लागि भइरहेको प्रयासबारे ‘प्रिजेन्टेसन’ दिए । नयाँ सोच र त्यसलाई सम्पन्न गर्न सक्ने आत्मविश्वास देखेपछि गगन प्रभावित भइहाले । कार्यक्रम स्वीकृत भयो । भौतिक पूर्वाधारका लागि आवश्यक पर्ने बजेट निकासा हुन पनि समय लागेन । अन्ततः अष्ट्रेलियाबाट फर्केको चार वर्षमा प्रत्यारोपणका लागि सबै तयारी भयो । नभन्दै दुईवटा सफल प्रत्यारोपण पनि भइछोडे ।
तालीम लिएका दक्ष जनशक्ति नेपालमै भए पनि कलजो प्रत्यारोपण जस्तो जटिल शल्यक्रियाका लागि निकै नै दक्ष र अनुभवी जनशक्ति आवश्यक हुन्छ । त्यसका लागि डा. भण्डारीले आफ्नो सम्पर्कमा रहेका अष्ट्रेलिया र भारतका चिकित्सकहरूसँग सम्पर्क गरे । अष्ट्रेलियाबाट आउन तयार भए पनि निकै टाढा र बढी खर्चिलो हुने कारण अन्तिममा भारतबाट चिकित्सकहरू आए र शिक्षण अस्पतालको टीमलाई सहयोग गरे । पहिलो प्रत्यारोपणमा भारतको अपोलो अस्पतालबाट डाक्टरहरू आए । दोस्रोमा भारतकै फोर्टिस अस्पतालबाट आएका डाक्टरले सहयोग गरे ।
“उहाँहरुलाई कुनै आर्थिक लाभ हुँदैन । खाली नामका लागि मात्र आइदिनुभएको हो,” डा. भण्डारी भन्छन्, “उहाँहरुको सहयोग म कहिल्यै बिर्सन सक्दिनँ । त्यसैगरी पहिलो बिरामी, पहिलो दाता र रेफरल गर्ने डाक्टरहरूले हामीलाई गर्नु भएको विश्वासप्रति पनि म सँधै आभारी रहनेछु ।”
पहिलो काम त्यसै पनि सबैका लागि जोखिमपूर्ण हुन्छ नै । त्यसमाथि कलेजो प्रत्यारोपण जस्तो जटिल सेवा शुरू गर्दा जोखिम नहुने त कुरै भएन । असफल भएको भए सम्बन्धित बिरामी र उनका आफन्तलाई त क्षति पुग्ने नै भयो । त्यसबाहेक त्रिवि शिक्षण अस्पताल र डाक्टरहरुकै लागि कस्तो जोखिम थियो त ?
हाम्रो यो प्रश्नमा उनी केही गम्भीर देखिए ।
“हामीले निकै ठूलो तयारी गरेका थियौं । प्रत्यारोपणका लागि गरिएको पूर्वाधार विकास कलेजो तथा प्यांक्रियाजको सर्जरीका लागि पछि प्रयोग गर्न त सकिन्थ्यो”, उनले भने, “हामीले विकास गरेको अत्याधुनिक आईसीयू पनि प्रयोग हुन्थ्यो । तर कलेजो प्रत्यारोपण सेवा फेरि शुरू गर्न भने गाह्रो हुन्थ्यो, त्यो हिसाबमा यो साह्रै ठूलो जोखिम थियो ।”
०००
दुइवटा प्रत्यारोपण सफल भएपछि उनले प्रत्यारोपणका लागि मोटामोटी खर्चको आँकडा पनि निकालेका छन् । प्रत्यारोपण, बिरामी र कलेजो दाताको अस्पताल बसाई लगायतको खर्च हिसाब गर्दा कम्तीमा २५–३० लाख रूपैयाँसम्म लाग्ने उनको प्रारम्भिक आँकलन छ ।
मध्यम वर्गीय परिवारका लागि यो निकै महंगो उपचार खर्च हो । क्यान्सर लागेका तथा मृगौला प्रत्यारोपण गर्नुपर्ने वा अन्य यस्तै गम्भीर रोगका संक्रमितहरूका लागि सरकारले निश्चित रकम सहयोग उपलब्ध गराउँछ । तर, त्यसभन्दा पनि खर्चिलो मानिने कलेजो प्रत्यारोपणका लागि त्यस्तो सहयोग छैन ।
“आगामी दिनका लागि मेरो पहिलो प्रयास यसैका लागि हुनेछ,” डा. भण्डारी भन्छन्, “मृगौला प्रत्यारोपणका लागि सरकारले ५ लाख अनुदान दिन्छ । यो मृगौला भन्दा जटिल रोग भएका कारण मैले १०–१५ लाख सहयोग अपेक्षा गरेको छु । त्यति सरकारी सहयोग भयो भने बिरामीले १० लाख रूपैयाँ आफूले खर्च गरेर कलेजो प्रत्यारोपण गर्न सक्छ । त्यो गर्न सकियो भने हामी संसारमै कम रकममा यो सेवा दिन सक्ने हुन्छौं ।”
भर्खर दुई वटा मात्र प्रत्यारोपण गर्न सकेका कारण यो संख्या बढाउँदै लगेपछि प्रशासक र सरकारको विश्वास आर्जन गर्ने उनको पहिलो योजना छ । त्यसपछि मात्र उनीहरूलाई कन्भिन्स गर्न सकिने उपाय उनले सुनाए ।
०००
कलेजोको सफल प्रत्यारोपणपछि बिरामीले नयाँ जीवन पाए । संलग्न डाक्टरहरूको चर्चा भयो । तर त्रिवि शिक्षण अस्पतालका लागि यो सफलताको के अर्थ रहन्छ ?
डा. भण्डारीका अनुसार कुनै पनि अस्पतालमा कलेजो प्रत्यारोपण शुरू हुनु भनेको अस्पतालको समग्र स्वास्थ्य सेवाको गुणस्तर एक तह माथि उठ्नु हो । त्यस हिसाबले टिचिङमा कलेजो प्रत्यारोपण सफल हुनु भनेको यो अस्पतालले प्रदान गर्ने समग्र स्वास्थ्य सेवाको स्तरोन्नति हुनु हो ।
“कलेजो प्रत्यारोपणका लागि आवश्यक ‘स्ट्यान्डर्ड’ निकै उच्चस्तरको हुन्छ । आईसीयूदेखि रेडियोलोजी र एनेस्थेसियासम्मको सेवा सुधार गरिएको हुन्छ,” प्रध्यापक डाक्टर भण्डारी भन्छन्, “चिकित्सक र संलग्न टोली पनि ‘वेल ट्रेन्ड’ हुनुपर्यो । यी सबै कुराले पाँच–दश वर्षभित्रमा अस्पतालको हरेक क्षेत्र सुधारिन्छ । अन्य रोगका बिरामीले पाउने सेवासमेत राम्रो हुनाले यसको फाइदा सबै समक्ष पुग्छ । ”
" />अनि बाटो मोडियो । सर्जन बन्नेतिर लागे उनी ।

">