मनिशलाल श्रेष्ठले पाँचवटा चित्रमार्फत् नग्नतालाई प्रस्तुत गरेका छन्। नग्नतालाई समाजले सोच्ने तरिका र त्यसबारेको नकारात्मक धारणालाई उनले चित्रमार्फत् देखाएका छन्।
कपिलमणि दीक्षितले महादेवको चित्र बनाएका छन् जसमा सतीदेवीलाई लिएर आकाशमा उड्दा, सतीदेवीको शरीर टुक्राटुक्रा भई छरिएको र महादेवको क्रोध कलामार्फत् देखाइएको छ।
मुक्तिसिंह थापाले ‘सुन्दर संसार’ शीर्षकको पौभा चित्रमा महिला र पुरुषको शरीरमार्फत् मानिस सुन्दर हुन्छ भन्ने देखाएका छन्। उनले जनावर, प्रकृति आदी सबै नग्न छन्, मानिसले मात्र किन आत्मसात् नगरेको भन्ने प्रश्न उठाएका छन्।
आशा डंगोलले दिनप्रतिदिन बढ्दै गइरहेको वातावरण प्रदुषणले मानिसलाई पारेको असर न्युड चित्रमार्फत् प्रस्तुत गरेकी छन्। ‘अ डे विल कम...’ शीर्षकको चित्रमा उनले भगवान विष्णुका दश अवतारले सास फेर्न अक्सिजन मास्क लगाएको देखाएकी छन्।
संगीता थापाले १९८१ मा बनाएको पुरानो न्यूड चित्रलाई प्रदर्शनीमा राखेकी छन्। उनले एक मोडलको नग्न अवतार उतारेकी छन्। र, त्यो नग्नतालाई चित्रमा उतार्दा आफूलाई लागेको लाज पनि चित्रमै देखाएकी छन्।
एन्जिला मानन्धरले खुट्टाका भागलाई न्युड कलाका रूपमा देखाएकी छन्। खुट्टाका भागलाई न्यूड कलाका रूपमा देखाउँदै त्यही न्यूड कला हेर्ने न्यूड पुरूष नै बनाएकी छन्।
आदित्य अर्यालले छिन्नमस्ता भगवतीलाई न्यूड कलामा देखाएकी छन्। आफ्नै घाँटी काटेर रगत पिउँदै हिडेकी भगवती चित्रमा देखिन्छिन्।
विजय महर्जनले बाइबलमा उल्लेखित एडम र इभाको प्रेमलाई न्युड आर्टमा उतारेका छन्।
मुकेश श्रेष्ठले मोटो वा पातलो जे भए पनि आफ्नो शरीरलाई माया गर भन्ने सन्देश दिएका छन्। मोटो शरीर भए पनि आफ्नै शरिरलाई माया गर्दा त्यसमै सौन्दर्य झल्किन्छ भन्ने उनले देखाएका छन्।
रोशन मिश्रले लैंगिकता दर्शाउन पहेँलो र गुलाबी रंग प्रयोग गर्ने प्रचलनलाई व्यंग्य गरेका छन्। सामान्यतया गुलाबी बस्त्रलाई महिलाले लगाउने बस्त्रका रूपमा लिने गरिन्छ। त्यही वस्त्र पुरुषले लगायो भने के होला ? पुरुषले लगाउने रंगको वस्त्र महिलाले लगायो भने के होला ? उनले यीनै प्रश्नलाई तस्वीरमा उतारेका छन्।
जुपिटर प्रधानले समुद्री क्षेत्रमा हुने नग्नता उतार्दै नग्नता प्रस्तुत गर्न पनि मानिसहरू त्यहाँ जाने भाव व्यक्त गरेका छन्।
भाइराजा महर्जनले ‘नेचुरल नेचर’ शिर्षकमा शरीरलाई प्रकृतिको आकारसँग तुलना गरेका छन्। सन् २००० मा थाइल्याण्डमा जाँदा उनले समुद्री द्वीपहरू देखे। ती द्वीप उनलाई नांगो मानिस जस्तो लाग्यो। त्यसैलाई उनले चित्रमा उतारेका छन्।
हिसिला महर्जनका लागि यो प्रदर्शनी पहिलो न्युड आर्ट देखाउने मञ्च बनेको छ। भर्खरै फाइन आर्टको अध्ययन पुरा गरेकी उनले न्यूड आर्टमार्फत् आफुले आफुलाई चिन्नुपर्ने कुरामा जोड दिएकी छन्। लुगा कपडा तथा अन्य भौतिक वस्तु सँधै रहँदैन। तर, शरीर भनेको न्यूड हुन्छ भन्ने विचार न्यूड आर्टमार्फत् प्रस्तुत गरेकी छन्।
रोशन भण्डारीले नग्नतालाई समाजले कसरी लिन्छ भन्ने चित्रमा देखाएका छन्। उनले नग्नतालाई खुलापनको रूपमा प्रस्तुत गर्दै समाजको चिन्तन सांघुरो छ भन्ने देखाएका छन्। लय मैनालीले शरीरको संरचना देखाएका छन् भने विजय महर्जनले बादलमा उडिरहेकी परीलाई आफ्नो चित्रको विषय बनाएका छन्।
प्रदर्शनीमा चित्रकला मात्र नभई फोटोग्राफी पनि समेटिएको छ। फोटोग्राफर उमा बिष्टले तिनवटा न्युड फोटोग्राफीमार्फत् समाजले नारीलाई हेर्ने दृष्टिकोण प्रस्तुत गरेकी छन्। फोटोग्राफीमार्फत् पितृसत्तात्मक समाजमा महिला शरीरको पीडालाई पुरुष शरीरमा रूपान्तरण गर्दा के हुन्छ होला भन्ने बताएकी छन् उमाले।
पुरुष शरीरलाई नै लिएर उनले न्यूड फोटोग्राफी गरेकी हुन्। समाजले महिलालाई थोपरेको बन्धन, मूल्यमान्यता पुरुषमा थोपर्दा के होला भन्ने उनले फोटोग्राफीमार्फत् देखाएकी छन्।
उमेश श्रेष्ठले पनि मोडल फोटोग्राफीलाई प्रदर्शनका लागि राखेका छन्। न्यूड फोटोलाई नै उनले प्रदर्शनीमा राखेका हुन्।
विश्वम्भर बस्नेतले धातुका तारको माध्यमबाट बनाइएको मुर्तिमा फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल बोकेको निर्बस्त्र पुरुष शरीरमार्फत् नग्न दुनियाँको यथार्थ उजागर गरेका छन्। उनले सामाजिक सञ्जालमा पोष्ट हुने तस्बिर, भिडिओ आदीले मानिस प्रविधिको दुनियाँमा नग्न हुँदै गएको यथार्थ उजागर गरेका छन्।
न्युड आर्ट प्रदर्शनी किन ?
दुई दशकदेखि न्युड आर्टमा सक्रिय कपिलमणि दीक्षित समाजले यो आर्टलाई लिने धारणा परिवर्तन गर्न प्रदर्शनी आयोजना गरेको बताउँछन्।
“नेपाली समाजमा नग्नतालाई गलत परिभाषा गरिएको छ,” उनी भन्छन्, “यसलाई अश्लिलतासँग जोडिदिएकाले यसको सौन्दर्य हराएको छ।”
नग्नता प्रकृतिसँग जोडिएको उनको धारणा छ।
“न्यूड भनेको एउटा विचार तथा अनुभव पनि हो। यो आकृति मात्र होइन अवधारणा पनि हो”, उनी भन्छन्, “यो एउटा विचार तथा अनुभव पनि हो। न्यूडिटीको अर्थ सबै मानिसलाई लुगा नलगाई हिंड् भन्न खोजिएको हैन।”
यूडलाई सौन्दर्यसँग जोड्नुपर्ने धारणा छ अर्का चित्रकार मनिष श्रेष्ठको।
“न्यूड आफैमा नराम्रो होइन्। यसले धेरै कुरा सिकाउँछ। बच्चाहरूलाई यौन शिक्षा दिन पनि सहयोग पुग्छ” श्रेष्ठ भन्छन्।
साना स्कुले नानीदेखि वयस्कसम्मलाई नग्नताबारे खुलेर कुरा गर्न सक्ने समाजको आवश्यकता रहेको दीक्षितको भनाइ छ। विद्यालयमा यौन शिक्षाको महत्वबारे नबुझेकाले विभिन्न आपराधिक घटनाहरू दोहोरिईरहेको उनको गुनासो छ।
“न्यूडिटीलाई पोर्नोग्राफीसँग तुलना गरिएको छ। पोर्नोग्राफी र न्यूडिटी बिल्कुलै भिन्न हो। न्यूटिडी भनेको नेचर (प्रकृति) हो। न्यूड भनेको सौन्दर्य हो”, दीक्षित भन्छन्।
कपिलले सन् २००९ मा आठजनाको समूहमा नग्न आर्ट प्रदर्शन गरेका थिए। त्यसको ठिक ११ वर्षपछि यो प्रदर्शनी आयोजना गरिएको हो।