काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भोलि, २१ फागुनमा मिर्गौला प्रत्यारोपण हुँदैछ।
प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुन लागेको हो। यसअघि १२ वर्ष पहिले भारतको अपोलो अस्पतालमा उनले मिर्गौला प्रत्यारोपण गरेका थिए। मिर्गौलामा समस्या आएपछि गत कात्तिकयता नियमित डायलासिस गराउँदै आएका प्रधानमन्त्रीलाई दोस्रोपटक हुने प्रत्यारोपणका लागि भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिनेछिन्।
प्रधानमन्त्रीले दोस्रोपटक गर्न लागेको मिर्गौला प्रत्यारोपणको अहिले सर्वत्र चासो छ। त्यसमाथि प्रधानमन्त्रीले प्रत्यारोपणका लागि आफ्नै देशको अस्पताल रोज्दा कतिपयले ‘ठूलै जोखिम लिएको’ टिप्पणी पनि गरिरहेका छन्। प्रधानमन्त्रीले दोस्रोपटक गर्न लागेको मिर्गौला प्रत्यारोपण खासमा कस्तो हो? योसँग जोडिएर के-के कुरा आउँछन्? वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेसँग देखापढीका विनय कुमारले यसबारे कुराकानी गरेका छन्। प्रस्तुत छ, कुराकानीको सारसंक्षेपः
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नु भनेको के हो?
कुनै पनि व्यक्तिको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिनुको अर्थ त्यस व्यक्तिको दुवै मिर्गौला बिग्रेको थियो भन्ने हो। दुवै मिर्गौलाले काम गर्न नसक्ने र जीवन धान्न नसक्ने स्थिति उत्पन्न भएपछि मिर्गौला प्रत्यारोपण गरिन्छ। प्रत्यारोपण गरेको मिर्गौला सधैँ चल्छ भन्ने छैन। कसको मिर्गौला प्रत्यारोपण गरिएको हो र त्यो मिर्गौलाको स्थिति कस्तो थियो? अनि त्यो मिर्गौलाले कति वर्ष काम गर्यो भन्ने पनि महत्त्वपूर्ण हुन्छ।
यदि त्यो मिर्गौला निको पार्न नसक्ने गरी बिग्रिएमा विकल्प खोजिन्छ। त्यस्तो व्यक्ति या डायलासिसमा बस्नुपर्छ या मिर्गौला पुनः प्रत्यारोपण गर्नुपर्छ। मिर्गौला प्रत्यारोपण गरेर स्वतन्त्र जीवनशैली अपनाउने, औषधि खाएर पुग्ने, बाहिर हिँड्ने र कार्यक्रममा जाने व्यक्तिहरू डायलासिसमा बस्न चाहँदैनन्। उनीहरू मिर्गौला प्रत्यारोपणकै बाटो रोज्छन्।
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्दा कस्तो जोखिम हुन्छ ?
एउटै जोखिम के हो भने पहिलो मिर्गौला प्रत्यारोपण गरेपछि विभिन्न ‘इम्नो सप्रेसिभ मेडिसिन’ खाएका हुन्छन्। कसैले १० वर्ष र कसैले २० वर्षसम्म पनि त्यो औषधि खान्छन्। त्यसबीचमा त्यो व्यक्तिको उमेर पनि बढेको हुन्छ। एकातर्फ उमेर पनि बढ्छ, अर्कोतर्फ खाएको औषधिले शरीरमा परिवर्तन गराउँछ। त्यस्तो स्थितिमा पनि र उमेर ढल्के पनि यदि त्यो व्यक्ति स्वस्थ छ भने पहिलो मिर्गौला प्रत्यारोपण गरेजस्तै दोस्रो पनि गर्न सक्छ।
शल्यक्रियाका क्रममा र शल्यक्रियाको सफलतापछि हुने जोखिम कस्ता हुन्छन् ?
पहिलो मिर्गौला प्रत्यारोपणपछि पेटमा कुनै सर्जरी भयो कि भएन ? त्यसको एउटा जोखिम के हुन्छ भने आन्द्राहरू जेलिन सक्छन्। अप्रेसन गरेर जुन ठाउँमा मिर्गौला राखिन्छ, त्यो ठाउँमा केही समस्या हुन सक्छ। तर, त्यो समस्यालाई समाधान गर्न सकिन्छ। अलि समय लगाएर राम्रो बनाउन मिल्छ।
त्यसो भए प्रधानमन्त्री ओलीको दोस्रोपटकको मिर्गौला प्रत्यारोपणमा कुनै किसिमको जोखिम नरहेको बुझ्नुपर्छ, होइन ?
सरल पक्कै पनि छैन। किनभने उहाँको उमेर पनि थोरै छैन। ७० वर्ष पुग्नु भनेको कम उमेर होइन। तर, प्रधानमन्त्रीमा जुन जोस जाँगर छ, आत्मविश्वास छ, त्यो ४०-५० वर्ष उमेरका व्यक्तिको भन्दा कम देखिन्न। त्यसैले मलाई लाग्छ उहाँको शल्यक्रिया त्यति चुनौतीपूर्ण नहोला।
त्यस्ता जोखिम घटाउन चिकित्सकले उपचारका क्रममा अपनाउने सावधानीबाहेक बिरामी वा तिनका आफन्तले के कस्तो सतर्कता अपनाउनुपर्छ ?
पहिलो, सफल प्रत्यारोपण भइसकेपछि शरीरभित्र कुनै संक्रमण हुनु हुँदैन। दोस्रो, मुटुसम्बन्धी समस्या (हृदयघात) हुनु हुँदैन। स्ट्रोक हुनु भएन। सुगर होस् वा उच्च रक्तचाप, यी सबैको न्यूनीकरणका लागि औषधि सेवन गरिन्छ। ५० वर्षमा मिर्गौला प्रत्यारोपण गर्नु र ७० वर्षमा गर्नुमा भने फरक अवश्य हुन्छ। किनभने शरीरको बनावट पनि फेरिन्छ। तर, ७० वर्ष हुँदैमा मिर्गौला प्रत्यारोपण गाह्रो हुन्छ भन्ने चाहिँ होइन।
कोही व्यक्तिले कतिपटकसम्म मिर्गौला प्रत्यारोपण गर्न सक्छ ?
यसका लागि पहिलो कुरा प्रत्यारोपण गराउने व्यक्तिले मिर्गौला वा अंग पाउनुपर्यो। प्रत्यारोपणका लागि शल्यचिकित्सकले जोड्न सक्छु भन्नुपर्यो। जति बुढो हुँदै जान्छ, त्यति नै आर्टरीहरू अलिकति स्टीफ भएको कारणले समस्या पर्न सक्छ। २०/३० वर्षमा प्रत्यारोपण गरेका व्यक्तिहरूले चाहिँ ४/५ पटक पनि गर्न सक्छन्। तर, नेपालमा त्यति धेरै दाताहरू पाइँदैन। यति पटकसम्म मिर्गौला प्रत्यारोपण गर्न सक्ने भन्ने सीमितता छैन। जबसम्म चिकित्सकले सक्छ र बिरामी तयार छु भन्छ, तबसम्म मिर्गौला प्रत्यारोपण हुन्छ।
यी सबै आधारमा प्रधानमन्त्रीको दोस्रोपटक हुन लागेको प्रत्यारोपणमा केही जोखिम देख्नुहुन्छ?
सामान्यतया प्रत्यारोपण आफैंमा जोखिमपूर्ण सर्जरी हो। किनभने यो अप्रेसन मात्रै होइन। औषधि खुवाएर, रोगसँग लड्ने क्षमतालाई नियन्त्रण गरेर, घटाएर, दबाएर अप्रेसन गरिन्छ। जोखिम भनेको एउटा इन्फेक्सन र अर्को औषधिले असर गर्न नसक्ने हो। त्यो जोखिम हिजो जस्तो थियो, त्यस्तै आज पनि छ। त्यसैले हामी डराउनुपर्ने स्थिति छैन र म त्यस्तो देख्दिनँ।
अहिले नियमित डायलासिस गराउनुपरेको, केही अघि एपेन्डिसाइटिसको अप्रेसन गरेको सन्दर्भमा जोखिम बढी हुन सक्छ?
उहाँको मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भयो। मिर्गौलामा समस्या देखिएपछि ‘किड्नी बाएप्सी’ गरियो। प्लाज्मा फेरेसिस गर्न सिंगापुर पुग्नुभएको छ। तर, मिर्गौलालाई बिग्रिनबाट जोगाउन नसकेपछि डायलासिसमा जानुपरेको हो। ट्रान्सप्लान्ट गर्नेबित्तिकै डालयासिस छुटिहाल्छ। त्रिवि शिक्षण अस्पतालले अहिलेसम्म ५-६ सयको हाराहारीमा बिरामीहरूको प्रत्यारोपण गरेको छ, जुन सामान्यरूपमा ९८ प्रतिशतभन्दा बढी सफल छ। त्यसैले कुनै अप्ठ्यारो नहोला।
अप्ठ्यारो के हो त्यसो भए ?
म प्रष्ट भन्छु, अप्ठ्यारो देखेपछि त कुनै पनि चिकित्सकले अप्रेसन नै गर्दैनन्। यी र यस्ता कारणहरूले खराब हुन सक्छ भन्ने लाग्यो भने चिकित्सक अप्रेसन गर्न तयार हुँदैन। डायलासिसभन्दा राम्रो उन्नत भएर नै प्रत्यारोपण गर्न लागिएको हो। सबै अब्जर्भ गरेर, औषधि दिएर, शरीरले कस्तो प्रतिक्रिया जनाउँछ ? सबै तयारी गरेर नै अप्रेसन गर्न लागिएको हो। योजनाबद्ध तरिकाले प्रत्यारोपण गर्नु यसको विधि हो। मैले के देख्छु भने जोखिम न्यूनीकरण भएर नै प्रत्यारोपणका लागि त्यो टीम अघि बढेको हो। बिरामीको तर्फबाट, अस्पताल र सम्बन्धित चिकित्सक टोलीको प्रयास खेर जाँदैन।
मिर्गौला प्रत्यारोपणको कति समयपछि बिरामी स्वाभाविक काम फर्किन सक्छ ?
प्रत्यारोपण गरिसकेको ७ वा १० दिनमा क्रमशः काम गर्न सकिन्छ। एक महीनामा सालाखाला काम गर्न सकिन्छ। कुनै कार्यक्रम वा भिडभाडमै जान भने २-४ महीना नै कुर्नुपर्ला। सामान्यतया कुनै बिरामीको प्रत्यारोपणपछि पूर्णतया काम गर्न ६ महीना कुर्नुपर्छ भनिन्छ। किन ६ महीना कुर्नुपर्छ भन्ने पनि कारण छ। अध्ययनले के भन्छ भने त्यस अवधिमा मिर्गौलामा समस्या देखिए लामो समय जाँदैन। ६ महीना राम्रो केयर गरे लामो समयसम्म जाने मानिन्छ। चिकित्सकले के काम गर्ने र नगर्ने भन्छन्, त्यही सल्लाहअनुसार नै गर्दा राम्रो हुन्छ।
दोस्रोपटकको मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यमा झनै सुधार हुँदै जान्छ वा बेला-बेलामा बिग्रिरहन्छ ?
इन्फेक्सनबाट बच्नुपर्छ। औषधिले कस्तो असर गर्छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। दोस्रोपटकको मिर्गौला प्रत्यारोपण सफल भए यही मिर्गौलाले १५-२० वर्ष राम्रो काम गर्न सक्छ। पहिलो प्रत्यारोपण भन्दा दोस्रो प्रत्यारोपणपछि शरीर झनै राम्रो भएका प्रशस्त उदाहरणहरू छन्।
हामी कति सक्षम छौं मिर्गौला प्रत्यारोपणमा ?
मिर्गौला प्रत्यारोपणमा कति सक्षम छौं भन्ने कुराको जवाफ प्रधानमन्त्रीले नै दिइसक्नुभएको छ। उहाँले यसअघि आफैं भारत र सिंगापुरमा उपचार गराइसक्नुभएको छ। विभिन्न देशमा उपचार गराइसकेका व्यक्तिले देशभित्रै उपचार गराउन खोज्नुको अर्थ महत्त्वपूर्ण छ। उहाँले चाहेको भए विदेशमा पनि प्रत्यारोपण गर्नसक्नुहुन्थ्यो। स्वदेशमै प्रत्यारोपण रोज्नुको अर्थ नेपालको उपचार विधि कहाँ पुगेछ भनेर बुझ्ने उदाहरण हो। यसले दिएको सन्देश हो, मिर्गौला प्रत्यारोपणमा हामी सक्षम भएका छौं। देशभित्र गर्न सक्छौं। प्रविधिमा पनि कुनै कमी छैन। शिक्षण अस्पतालमा यसका लागि सबै सुविधा उपलब्ध छ। अहिलेसम्म नेपालमा आठवटा अस्पताललाई मिर्गौला प्रत्यारोपण गर्न सक्ने स्वीकृति दिइसकिएको छ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भोलि, २१ फागुनमा मिर्गौला प्रत्यारोपण हुँदैछ।प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुन लागेको हो। यसअघि १२ वर्ष पहिले भारतको अपोलो अस्पतालमा उनले मिर्गौला प्रत्यारोपण गरेका थिए। मिर्गौलामा समस्या आएपछि गत कात्तिकयता नियमित डायलासिस गराउँदै आएका प्रधानमन्त्रीलाई दोस्रोपटक हुने प्रत्यारोपणका लागि भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिनेछिन्।

">