भक्तपुर। जीवन सुन्दर छ। तर, यो सौन्दर्य यत्तिकै प्राप्त हुँदैन। जिन्दगीलाई सुन्दर बनाउन त अटुट संघर्ष चाहिँदोरहेछ। जस्तोसुकै अप्ठ्यारोमा पनि नहार्ने हिम्मत चाहिँदोरहेछ। निराशाका काला बादल मडारिएर जिन्दगी नै अँध्यारो हुँदा पनि आशाका पातला धर्साहरू देख्न सक्नुपर्दोरहेछ।
‘जीवन सुन्दर छ’ का नौ वटा शृंखला तयार पार्दा मैले यस्तै पाएँ।
यी शृंखला अप्रत्याशित आइपरेको भवितव्य, त्यसले पुर्याएको क्षति, समाज र संसारसँग एक्लो मान्छेले गरेका संघर्ष आदिले भरिएका छन्। नौ वटा शृंखला तयार पार्दा मैले ‘बर्न सर्भाइभर’हरूले असह्य पीडा भोगेको भेटेँ। अकल्पनीय बाधाहरूसँग जुधेको देखेँ। हो, वर्तमानमा उनीहरूको जिन्दगी सहज छ तर, विगत पत्याउनै गाह्रो पर्ने दुःखहरूले जेलिएको पाएँ।
यो दशौं शृंखला अघिल्ला कथा जस्तो कठिनाई, संघर्ष र दुःखले भरिएको छैन। हो, यो शृंखलामा पनि ‘बर्न सर्भाइभर’को कथा छ। उनका पनि आफ्नै पीडा छन्। तर, अघिल्ला शृंखलाको तुलनामा यो कथा केही हदसम्म सहज छ। यत्तिकै सहज भएको होइन यो कथा। यसपछाडि परिवारजनको त्याग र समर्पणको अवर्णित गाथा छ।
र, यो गाथा शुरू हुन्छ ११ वैशाखबाट।
त्यो दिन सम्झँदा उनलाई याद दुखेर आउँछ।
हो, ११ वैशाख। यही दिन त २०६२/०६३ को १९ दिने जनआन्दोलनले सफलता पाएको थियो। यही त हो देशमा लोकतन्त्र पुनर्वहाली भएको दिन। त्यसैले स्मरणीय छ यो दिन।
भक्तपुरको चाँगुनारायण नगरपालिका–९ सौडोलकी १६ वर्षीया सरीना माकजु भने यो दिन सम्झन पनि चाहँदिनन्। उनको बश चल्दो हो त क्यालेन्डरबाटै हटाइदिन्थिन् ११ वैशाखलाई।
त्यही दिन त हो, उनको जिन्दगीमा कहिल्यै नमेटिने घाउ बनेर आएको।
त्यो दिन यसरी सम्झन्छिन् उनी–
“त्यो हाम्रो आलु खन्ने दिन थियो। आमाहरू खेतमा जान तयार भइसक्नुभएको थियो। बाबा भर्खरै उठ्नुभएको थियो। दिदी र म बुँईगलमा रहेको चुल्होमा खाना बनाउन लागेका थियौं। पहिलेदेखि नै डिजेल राखेर चुल्होमा आगो सल्काउने गरिन्थ्यो। त्यो दिन डिजेल भनेर लगेको पेट्रोल परेछ। मैले दिदीलाई ‘बिर्कोबाट खनाउनुस्’ भनेकी थिएँ। उहाँले मान्नुभएन। जर्किनबाटै खनाउनुभयो। आगोले जर्किन नै समात्यो। दिदीले आत्तिएर जर्किन फाल्नुभयो। त्यसले गर्दा ढोकामै आगो सल्कियो। हामी आत्तिएर बाबा आमालाई बोलायौं। तर, उहाँहरूले सुन्नुभएन। आगो दन्किँदै गएपछि हामी आत्तियौं। दिदीले मलाई अंगालोमा च्याप्नुभो, अनि दिदी-बहिनी अँगालो हालेर रुँदै बस्यौं। पछि आमाले देख्नुभयो। उहाँले पानी हालेर आगो निभाउनुभयो। हामीलाई बाहिर लग्नुभयो। त्यतिञ्जेल एम्बुलेन्स आइसकेको थियो। हामीलाई मध्यपुर ठिमी लगिएछ। त्यहाँ पुग्दा म बेहोस रहेछु। होशमा आउँदा मलाई अर्को एम्बुलेन्समा राखेर कान्ति बाल अस्पताल लगिँदैथियो। त्यतिबेला मेरो छेऊमा दिदी हुनुहुन्नथ्यो। दिदी खोई भनेर मैले बाबा आमालाई सोधें। उहाँहरूले भन्नुभो– दिदी विदेश गइसकी, अब उतै बस्नेगरी।”
कान्ति बाल अस्पतालमा तीन महीना बिताइन् उनले।
कहाँ सजिलो थियो र अस्पतालको बसाई ? पोलेको घाउको पीडा असह्य हुन्थ्यो। त्यसमाथि ड्रेसिङ गर्दाको पीडाले रात अनिदो बनाइदिन्थ्यो।
सानो लापरबाहीले जिन्दगीमा ठूलो क्षति भयो भन्ने लागिरहन्थ्यो उनलाई। शरीर हेर्थिन्। आगोले पोलेका घाउ देखेर दिक्क मान्थिन्।
तीन महीनापछि अस्पतालबाट घर फर्काइयो उनलाई।
तर, पुराना दिन चाहेर पनि फर्किएनन्। अस्पतालबाट फर्किएपछि सबैले माया गरे सरीनालाई। तर, मायाले मात्रै घाउ पुरिँदोरैनछ। सबैभन्दा गाढा हुँदोरहेछ मनको घाउ।
सबैभन्दा पीडा त उनलाई आफ्ना घाउहरू देखेर हुन्थ्यो। डाक्टरले घाममा नबस्न भनेका थिए। बाहिर जाँदा उनी ह्याट लगाउँथिन्। विद्यालय जाँदा पनि छाता ओढेर जान्थिन्।
आगोले जलेर अस्पतालमा बसिरहँदा उनलाई लागेको थियो, अब मेरो जिन्दगी सकियो। अस्पतालबाट निस्कँदै गर्दा लागेको थियो, मसँग कोही हुँदैन।
तर, संसार त्यति निष्ठुरी पनि कहाँ छ र ? घाउ केही निको भएपछि उनी विद्यालय गइन्। स्कुलमा साथीहरू भेट्न आए। उनका घाउ हेरे। सुम्सुम्याए। दुख्छ कि भनेर पीर गरे।
लाग्यो, संसार त उनले सोचेभन्दा निकै सुन्दर रहेछ। साथ दिनेहरू प्रशस्त रहेछन्।
हो, हात, पाखुरा र अनुहारमा आगोले पोलेका डामहरू छन्। ती दाग विगत दिनका सम्झना बनिबसेका छन्।
चाहन त चाहन्छिन् नि उनी पनि, पुराना दिन फर्किएर आउन् भनेर। उस्तै उल्लास र खुशी रहोस् भनेर। तर, जिन्दगीको यात्रा पेन्सिलले कोरेको चित्रजस्तो नहुँदोरैछ जहाँ इरेजरले कुनै रेखा मेटाउन सकियोस्।
अहिले उनी सौडोलकै देवी माध्यमिक विद्यालयको कक्षा १० मा पढ्दै छिन्। विहान ६ बजेदेखि ७ बजेसम्म गणित विषयको ट्युसन पढ्छिन् विद्यालयमै। घरमा आएर खाना खान्छिन्, फेरि पौने ९ देखि पौने १० बजेसम्म अतिरिक्त गणितको कक्षा लिन पुग्छिन्। अनि फेरि १० बजेदेखि नियमित कक्षा हुन्छ। ५ बजे स्कुल छुट्टी भएपछि फेरि ६ बजेदेखि ८ बजेसम्म ट्युसन पढ्छिन् उनी। यो धपेडी नगरी हुन्न, पढेर जीवन सुन्दर बनाउनु छ।
पहिले उनी बेलुकी आठ देखि ९ बजेसम्म बाँसुरी सिक्न जान्थिन्। अहिले एसईई परीक्षाको तयारीका कारण रोकिएको छ।
हो, साथीहरू सहयोगी भएकाले उनलाई पढ्न र सिक्न निकै सजिलो भएको छ।
सरीनालाई लाग्छ– सबैभन्दा ठूलो ईच्छाशक्ति हो।
“इच्छाशक्ति भयो भने अरुले नगर भनेर पनि रोकिँदैन,” उनी भन्छिन्, “आफ्नो जीन्दगी हो, एकचोटी पाइन्छ, इच्छा लागेको गर्नपर्छ।”
उनको रूचि फुटबल र बाँसुरीमा छ। कक्षा ९ मा महिला फुटबल पनि हुन्छ भन्ने थाहा पाएपछि उनी पनि प्रशिक्षणमा सहभागी भइन्। एसईई परीक्षा तयारीका लागि अहिले फुटबल खेलेकी छैनन्। तर, त्यसलाई निरन्तरता दिने सोचमा छिन्।
उनको अर्को शोख हो- बाँसुरी। दाईहरूले बाँसुरी बजाएको देखेर उनलाई पनि सिक्ने रहर जाग्यो। अनि, शुरूमा उनले दाईहरूसँगै बाँसुरी सिकिन्। नेपाल भाषाका गीतहरू राजमति, सिरसाया, वछु गल्ली ठोछु गल्ली, अविरया होली लगायत नेपाली गरी ३५–३६ वटा गीत बाँसुरीमा बजाउन आउँछ उनलाई। नेवारी पोशाक लगाएर बाँसुरी बजाउन पाउँदा दंग पर्छिन्।
आमाबाबाको पनि उनलाई ठूलो साथ छ। उनीहरू भविष्यबारे चिन्ता लिन सघाउँछन्। भन्छन्, “अरुले जे गर्यो, त्यही गर्नुपर्दैन। अरुले जहाँ पढ्यो, त्यही पढ्नुपर्दैन। आफ्नो इच्छाले जे गर्न मन लाग्छ गर।”
साथीहरूले पनि बेलाबेला आफ्ना आमाले गाली गरेको सुनाउँछन्। तर, सरीनाले त्यो गाली सुन्नुपरेको छैन। आमा त सरीनाको लागि साथी जस्तै छिन्।
“मेरो लागि आमा बा भगवान् भन्दा नि ठूलो हुनुहुन्छ। अरुले जे भनेपनि केही फरक पर्दैन किनकी मलाई सपोर्ट गर्ने मेरो बा-आमा हुनुहुन्छ। रोयो भने फकाउनुहुन्छ,” उनी भन्छिन्।
त्यस्तै, उनका दाजु समीरले पनि हरपल, हरक्षण साथ दिन्छन्। पढाईदेखि प्रविधिसम्ममा सघाउँछन्। केही नयाँ काम गर्न हौस्याउँछन्।
आगलागी उनको जीवनको ठूलो दुर्घटना हो। त्यस्तो ठूलो दुर्घटनाबाट पनि बाँचेकी छु भन्ने भावले नै उनलाई खुशी दिन्छ।
हो, आगोका दागहरू छन्। पहिले पहिले ती दागले पीडा दिन्थे। अहिले बुझिसकेकी छन्, दाग भएर केही हुँदैन। जिन्दगीमा माया र साथ दिने मानिसहरू हुनुपर्छ। उनीलाई मायाको कमी छैन।
र त भन्छिन्, “सबैभन्दा ठूलो माया हो। औषधिले भन्दा पनि मायाले नै चाँडो निको बनाउँछ। बाँच्ने हौसला बढ्छ।”
पढ्नुहोस्
हात काटियो, डिप्रेसनले छोप्यो तर, हारेन शान्तिको हिम्मत (जीवन सुन्दर छ, भाग–९)
मृत्युले पनि हार मानेपछि अञ्जुले जितेको जिन्दगी (जीवन सुन्दर छ, भाग–८)
एउटाले सलाई दियो अर्कोले जीवन: रास्ता खड्गी (जीवन सुन्दर छ, भाग–५)
जस्तो हेर्यो त्यस्तै देखिन्छ जिन्दगी: हार्न नजानेकी जब्बर जायत्रीको कथा (जीवन सुन्दर छ, भाग-१)
" /> भक्तपुर। जीवन सुन्दर छ। तर, यो सौन्दर्य यत्तिकै प्राप्त हुँदैन। जिन्दगीलाई सुन्दर बनाउन त अटुट संघर्ष चाहिँदोरहेछ। जस्तोसुकै अप्ठ्यारोमा पनि नहार्ने हिम्मत चाहिँदोरहेछ। निराशाका काला बादल मडारिएर जिन्दगी नै अँध्यारो हुँदा पनि आशाका पातला धर्साहरू देख्न सक्नुपर्दोरहेछ।‘जीवन सुन्दर छ’ का नौ वटा शृंखला तयार पार्दा मैले यस्तै पाएँ।

">