म खुसी थिएँ, आमाबाट दोस्रो पटक जन्म लिएकोमा। अनि आमाको अनुहारमा पाइरहेको थिएँ, छोराको सफल शल्यक्रिया र नयाँ जीवनप्रति हर्ष र वात्सल्य।
डाक्टर पुकारचन्द्र श्रेष्ठ नेतृत्वको चिकित्सकहरूको मेहनतले मेरो शल्यक्रिया सफल भयो। पाँच दिन अस्पतालमा रहँदा नर्सहरूको निरन्तर हेरचाहले मेरो मन जित्यो।
अस्पतालबाट नयाँ जीवन लिएर फर्किँदै गर्दा म ढुक्क भएँ-नेपालको मिर्गौला प्रत्यारोपण उपचार अन्तर्राष्ट्रिय स्तर बराबरकै छ।
मेरी आमाको दान र चिकित्सकहरूको सफल उपचारकै परिणाम, अहिले मेरो स्वास्थ्य सामान्य छ। हो, खानपान र दैनिकी भने केही फेरिएको छ। संक्रमणबाट जोगिन थप ध्यान दिनुपर्ने त छँदैछ।
क्षमतामा प्रश्न उठाइँदा नमीठो
मिर्गौला प्रत्यारोपण जति जटिल छ त्यति नै जटिल हुँदोरहेछ शल्यक्रियापछि भोग्नुपर्ने ताडना।
शल्यक्रियापछि भेट्न आउने आफन्तहरूलाई बेलीबिस्तार लगाउँदा सकस नै हुनेरैछ।
शुभचिन्तकहरूले स्वास्थ्य अवस्थाबारे चासो राख्नु अस्वाभाविक पनि त भएन।
तर, कतिले त शारीरिक र मानसिक क्षमतामै शंका गरिदिन्छन्। त्यतिबेला सारै नराम्रो लाग्छ। मिर्गौला प्रत्यारोपण आफैमा रोगको निदान हो, नयाँ रोग होइन भन्ने कहिले बुझ्लान् मान्छेहरूले ?
कसैकसैले त जीवन आयुकै शंका गरिदिन्छन्। क्षणभंगुर जिन्दगीको निश्चितता त कसले पो दिनसक्छ र ? मृत्यु न हो जहाँ पनि आउनसक्छ।
जोसुकैको पनि हुनसक्छ। तर, म ढुक्क छु, मिर्गौलाकै कारण मेरो मृत्यु निकट छैन। आमाले दिएको मिर्गौला लिएर जिन्दगीको संघर्षपूर्ण मैदानमा म उसैगरी कुदिरहेछु। बाँचेकै छु। हाँसेकै छु।
राज्यले केही निर्णय गरे राहत हुन्थ्यो
पत्रकारिता क्षेत्रको करीब २० वर्षको यात्रामा अर्थ लाभ खासै नगरे पनि महँगो उपचार मानिने मिर्गौलाको प्रत्यारोपणका लागि सहयोगको कमी मलाई भएन।
त्यसैले त अहिले पनि पत्रकारितामै लागिपरेको छु।
तर, आदर्शले मात्र नथेग्ने यो संसारमा मासिक औषधि सेवन र डाक्टरको फलोअपमा करीब १५ हजार रकम जुटाउनुपर्ने चाहिँ साँच्चै चुनौतीको विषय बनेको छ।
औषधि खर्चिलो भएकाले नियमित सेवन गर्दा मजस्तै मिर्गौला प्रत्यारोपण गरेका धेरै बिरामीलाई समस्या भइरहेको छ। औषधि र नियमित जाँचमा राज्यले केही सहुलियत गरे सबैलाई राहत हुन्थ्यो।
आगामी दैनिकीलाई सहज र सरल बनाउँदै जीवनयापन गर्दै जाने हो, मेरो लक्ष्य। अजम्बरी त कोही छैन, ‘बाचुन्जेल सकेसम्म सबैलाई राम्रो गर्ने तर कसैलाई पनि नराम्रो कहिल्यै नगर्ने’ - यही मान्यता बोकेर बाँचिरहेछु।
आज एक हजार ५६० दिन पूरा भइसक्यो, नयाँ जीवन उल्लासले जिइरहेछु। मजस्तै नयाँ जन्म लिएर प्रधानमन्त्री पनि फर्किनुहुनेछ। उहाँलाई शुभकामना र शुभेच्छा छ।

अप्रेसनको दुई सातापछि।

जन्मिएँ आमाको कोखबाट, पुनर्जन्म पाएँ आमाकै मिर्गौला पाएर

एक हजार ५६१ दिन।

औंलै भाँचेर गनेँ।

मेरो पुनर्जन्मको आज यति दिन पुगेछ।

पुनर्जन्म त हो। नभए त म आज कहाँ यहाँ हुन्थेँ र ? मलाई माया गर्ने आफन्तहरूको स्मृतिमा मात्र बाँचिरहेको हुन्थेँ। मेरो दैनिक जीवन भने अस्तित्वको रंगमञ्चबाट हराइसकेको हुन्थ्यो।

२९ वर्षकै उमेरमा जन्मजात लिएर आएका दुवै मिर्गौलाले साथ छोडेपछि एक मन त मैले आफैसँग हार मानिसकेको थिएँ।

तर, साथ दिने आफन्तहरू थिए। मृत्युलाई जित्न सक्ने प्रविधिको विकास भइसकेको थियो। र त म आज यहाँ छु। बाँचिरहेछु। हाँसिरहेछु। जिन्दगीको रथलाई कुदाइरहेछु।

आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया कक्षमा लगिँदैछ। र, म त्यो दिन सम्झिरहेछु जुन दिन मलाई पनि हरियो कपडा भिराएर त्यस्तै शल्यक्रिया कक्षमा लगिँदैथियो। मृत्यु र जीवनको दोसाँधमा म संघर्ष गरिरहेथेँ।

मेरो पुनर्जन्मको कथा भने २०७१ सालबाट शुरू हुन्छ।

ज्यान नै जोखिममा पारेर शरीर चिरेर आफूसँग भएको महत्वपूर्ण भित्री अंग अर्कोलाई दिन त्यति सजिलो पनि त कहाँ छ र ? मलाई जन्माएर यो संसारको अनुहार देखाइदिने मेरी प्रिय आमा मलाई अर्को जन्म दिन तयार हुनुभयो।

त्यो वर्षको दशैंताका उकालो लागेको मेरो रक्तचाप ओर्लिन मानेन। रक्तचाप घटाउन कुनै पनि औषधीले काम नगरेपछि परिवारको साथ लागेर जाँच-उपचारका लागि म कहाँमात्र पुगिनँ ? विराटनगर, काठमाडौं र भारतको नयाँ दिल्लीसम्म पुगेँ।

एकपछि अर्को मेडिकल रिपोर्टहरूले मलाई यथार्थ देखाउन खोज्थेँ। तर, म जिद्दि गरिरहेथेँ। जवानीको उत्कर्षमा थिएँ। कसरी आफ्नो शरीरका अंगहरूले धोका दिएको कल्पना गर्नसक्थेँ।

तर, तितो यथार्थसामु मनोकांक्षा र हठले काम नगर्दोरहेछ।

दिल्लीको एम्स अस्पतालसम्म पुग्दा टुंगो लाग्यो। म स्विकार्न बाध्य भएँ- मेरा दुवै मिर्गौलाले आफ्नो धर्म त्यागिसकेका छन्। बाँच्नका लागि एउटा मात्र विकल्प डाक्टरहरूले सुझाए- 'मिर्गौला प्रत्यारोपण'।

अनि नगरी नहुने निर्णय लियौं- आफ्नै देश फर्किने र उपचार गर्ने।

मनोबललाई साथको उकेरा

मिर्गौला प्रत्यारोपण महँगो र जटिल प्रक्रिया हो भन्नेसम्म थाहा थियो। तर, विस्तृतमा थाहा थिएन। आफैँलाई नपरी थाहा हुने कुरा पनि भएन।

कतिजनाको उपचार सफल नभएर ज्यान गएको पनि देखे-सुनेको थिएँ। पत्रकार न थिएँ।

एकातिर शरीरले साथ छोड्दै गइरहेथ्यो। अर्कोतिर गरिखाने उमेरमा लागेको जटिल रोगबाट कसरी त्राण पाउने हो पिरलो उस्तै थियो।

प्रत्यारोपण कसरी सल्टाउने हो पिरलो त थियो नै। त्यो बढी चिन्ता प्रत्यारोपणपश्चात बाँचुन्जेल खानुपर्ने महंगो औषधी र नियमित स्वास्थ्य परीक्षणको थियो।

मध्यम वर्गको परिवार, नसोचेको मोडमा एक्कासी पुर्‍याएपछि ठूलो रोगसँग जुध्न लाख रकम तयार पार्न त्यति सजिलो पनि कहाँ थियो र ?

तर, परेपछि सबथोक थेगिँदो रहेछ।

शुरूमा कमजोर रहेको मेरो मनोबललाई जिजिविषाले जगायो।

सँगसँगै मलाई साथ दिन तयार आफन्त र शुभचिन्तकको साथले मेरो आत्मविश्वासलाई उकेरा लगाइदियो।

नेपाल पत्रकार महासंघ भोजपुरको आह्वानमा स्थानीय राजनीतिक दलको नेतृत्व, कर्मचारी, देश विदेशमा रहेका आफन्तजत, साथीभाई, शुभचिन्तक र तत्कालीन सरकारबाट मलाई आर्थिक, भौतिक र नैतिक सहयोग जुट्यो। त्यो साथ, सहयोगप्रति म आजीवन ऋणी छु, रहनेछु।

आगामी दैनिकीलाई सहज र सरल बनाउँदै जीवनयापन गर्दै जाने हो, मेरो लक्ष्य। अजम्बरी त कोही छैन, ‘बाचुन्जेल सकेसम्म सबैलाई राम्रो गर्ने तर कसैलाई पनि नराम्रो कहिल्यै नगर्ने’ - यही मान्यता बोकेर बाँचिरहेछु।

२०७१ सालकै कात्तिकको दोस्रो सातातिर ललितपुर पुल्चोकस्थित निदान अस्पतालमा मृर्गौला रोग विशेषज्ञ डा. अनिल बरालसँगको पहिलो भेटले नै अब बाँच्छु भन्नेमा मेरो विश्वास बढ्यो।

उनको काउन्सिलिङ शैली र उपचार पद्दतिबाट प्रभावित नहुने बिरामीहरू सम्भवत: नहोलान्। अहिले पनि डा. बरालसँगै नियमित फलोअपमा छु। जबजब उनलाई भेट्छु मेरो आत्मविश्वासले नयाँ एक सिँढी चढ्छ।

आमाबाटै दोस्रो जन्म

दुवै मिर्गौला बेकामे भएको निक्र्यौलसँगै अन्तिम समाधान प्रत्यारोपण नै भएको चिकित्सकहरूले सुझाएका थिए। प्रत्यारोपण नगर्दासम्मका लागि अस्थायी विकल्प डायलासीस नै थियो।

करीब एक वर्षसम्मको नियमित उपचारपछि २०७२ साल असोजको पहिलो सातातिरबाट नियमित डायलासीसमा जानै पर्ने गरी स्वास्थ्य अवस्था बिग्रियो।

प्रत्यारोपणका लागि दाताको आवश्यकता पर्थ्यो। त्यसका लागि कानूनी प्रक्रियादेखि विविध स्वास्थ्य परीक्षणका चरण पार गर्नुपर्ने चिकित्सकहरूबाट थाहा भयो।

आफूसँग भएको मिर्गौला दिन तयार भएर मात्र नहुने रहेछ। मिर्गौला दाता शारीरिक, मानसिक हर हिसाबले स्वस्थ हुनुपर्ने रहेछ। सबैभन्दा महत्वपूर्ण त मिर्गौला दिने र लिने दुवै व्यक्तिको ब्लड ग्रुपदेखि सबथोक मिल्नुपर्ने।

ज्यान नै जोखिममा पारेर शरीर चिरेर आफूसँग भएको महत्वपूर्ण भित्री अंग अर्कोलाई दिन त्यति सजिलो पनि त कहाँ छ र ?

मलाई जन्माएर यो संसारको अनुहार देखाइदिने मेरी प्रिय आमा मलाई अर्को जन्म दिन तयार हुनुभयो।

सौभाग्य नै हो, शुरूमै स्वास्थ्य परीक्षणहरू गर्दा दाताको रूपमा उहाँको सबै रिपोर्ट अनुकुल देखियो।

शल्यक्रियाका लागि दुवैजना तयार भयौं।

शल्यक्रिया सफल हुन्छ भन्नेमा विश्वस्त थिएँ म। थाहा छैन, त्यतिधेरै आत्मविश्वास कहाँबाट पलाएको थियो। परिवार र उर्जाशील जीवनका लागि बाँच्नैपर्छ भन्ने अठोटले काम गरेको थियो सायद।

तर, पनि शल्यक्रिया कक्षमा छिर्दै गर्दा के-कसो हुने हो भन्ने भय त भइहाल्दो रहेछ।

१० मंसीर २०७२ मा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा आखिर ८ घण्टा लगाएर आमाको शरीरबाट एउटा मिर्गौला मेरोमा सार्न डाक्टरहरू सफल भए।

लामो बेहोसीपछि नयाँ जन्म लिएर मैले आँखा खोलेँ। छोरा होसमा आएको सुन्नासाथ आफ्ना १८ टाँकाको आलो घाउको पीडा भुलेर मेरी आमा मलाई हेर्न आउनुभयो। आमा देख्नासाथ मेरा आँखाबाट बर्रर आँसुका ढिक्का झरे।