तपाईंको आमा मिर्गौलाको बिरामी हुनुहुन्थ्यो, त्यो बेला उपचारका लागि अहिलेको जस्तो व्यवस्था पनि थिएन। यो बिमारका कारण आमाले भोग्नुभएका समस्यालाई कसरी सम्झनुहुन्छ ?
दुःख थियो नि। असाध्यै अप्ठ्यारो थियो। डायलासिस सेन्टर धेरै थिएनन्। सरसफाइ र हेरचाहका हिसाबले एउटा मात्रै विश्वासिलो ‘मिर्गौला सेन्टर’मात्र थियो। डा.ऋषि काफ्लेले चलाइरहनुभएको सेन्टर थियो त्यो। त्यतिखेर निकै महंगो थियो।
मेरो मुआलाई डायलासिस गराउन मात्र पनि त्यतिबेलै महीनाको ६०-७० हजार लाग्थ्यो। इन्फेक्सन भयो भने खर्च थपिन्थ्यो। अहिले त नेपाल सरकार उदार बनेको छ। डायलासिस निःशुल्क छ। नेपालमै मिर्गौला प्रत्यारोपण हुन थालेको छ। एकदमै गुणस्तरीय सुविधा उपलब्ध गराइएको छ। मेरी आमालाई उपचार गर्ने बेलामा भने निकै अप्ठ्यारो थियो। त्यतिबेलाको सम्झना निकै नमीठो छ।
हुन त मेरो आर्थिक अवस्था त्यति कमजोर थिएन। संगीत क्षेत्रमा लागेकाले पनि केही जोहो गरेकी थिएँ। मेरो मुआलाई बचाउनका लागि एउटै विकल्प थियो, मिर्गौला प्रत्यारोपण गर्ने। तर, त्यतिखेर नेपालमा यो सुविधा नै थिएन।
मैले भारतमा तीनपटक लगेँ, एकपटक दिल्ली र दुईपटक चेन्नइमा। भारत बिरानो देश। आफन्त कोही थिएनन्। पैसा बोक्न पनि असहज थियो। कति लाग्छ भन्ने पनि थाहा हुँदैनथ्यो। तैपनि सकेको प्रयास गरियो। तर, आमालाई बचाउन सकिनँ। यही रोगका कारण मेरो मुआलाई गुमाएँ।
आफूले भोगेको दुःखका कारण पनि मैले यो रोगबारे केही गर्नुपर्छ भनेर लागेँ। एकपटक तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मलाई भेट्न बोलाउनुभएको थियो। उहाँले मेरो गीत सुनेर बोलाउनुभएको रहेछ। भेटमा उहाँले तिमीलाई केही सहयोग चाहिएको छ भन भन्नुभयो। त्यतिखेर मैले बिन्ती गरेँ– मेरो निम्ति केही गरिदिनुहुन्छ भने नेपालमा मिर्गौला प्रत्यारोपण गर्न सकिने व्यवस्था गरिदिनुस्।
त्यसको ७-८ महीनापछि फेरि उहाँले बोलाएर भन्नुभयो- ल आजदेखि मैले तिमीले भनेको कुरा पूरा गरें। वीर अस्पताल र टिचिङ अस्पतालमा मिर्गौला प्रत्यारोपण शुरू भएको छ है। त्यो दिन जति खुशीको दिन मेरो जीवनमा अर्को छैन। यो विषय धेरैलाई थाहा छैन। उहाँ प्रधानमन्त्री भएकै बेला नेपालमा मिर्गौला प्रत्यारोपण शुरू भएको थियो।
अभिभावक मिर्गौलाको बिरामी हुँदा तपाईंले कस्ता दुःख पाउनुभयो ?
मुआ मेरो जीवनको सबैभन्दा प्यारो व्यक्ति हुनुहुन्थ्यो। उहाँ छटपटिएको देख्दा निकै पीडा महसूस हुन्थ्यो। मिर्गौला रोग निको हुन गाह्राे छ। डायलासिस क्षणिक हो। प्रत्यारोपण केही सहज भए पनि नियमित औषधि खानुपर्ने। यो रोग निको पार्नै गाह्राे। औषधि छुट्यो भने समस्या।
त्यतिखेर भोगेको दुःख भनेको सबैभन्दा नमीठो क्षण हो, आफ्नै आमा यो रोगबाट पिरोलिएको देख्नु। र, आफूसँग निको पार्न सक्ने उपाय नहुनु। त्यो बेलामा नेपालमा प्रत्यारोपणको सुविधा नभएकाले भारत गएँ। जाँदा पैसा पनि सकियो। हरेक पटक जाँदा पैसा सकिने फर्किने गर्नुपर्यो। अन्त्यमा मैले मुआको मिर्गौला प्रत्यारोपण पनि गर्न सकिनँ, उहाँलाई गुमाउनुपर्यो।
यस्तो रोगले गाँजेका बिरामीको परिवारमा कस्तो प्रभाव पर्दोरहेछ ?
धेरै नराम्रो प्रभाव पर्छ। अहिले नेपाल सरकारले यो रोग लागेका बिरामीलाई धेरै सहज तुल्याएको छ। उहिले त रोगीले सबथोक आफै व्यहोर्नुपर्थ्यो। त्यसले गर्दा रोगी मात्र होइन रोगीका आफन्तसमेत पीडामा पर्थे। त्यतिबेला निकै नै महंगो पर्थ्यो उपचार गर्न। मानिसहरू उपचार गर्न घरखेत बेच्थे। अन्तिममा बिरामी पनि बाँच्दैनथे। अहिले त्यस्तो स्थिति छैन।
अहिले सजिलै मिर्गाैला प्रत्यारोपण गर्न सकिन्छ। यसको उपचार सम्भव छ। के तपाईंलाई लाग्छ, यस्तो उपचार त्यो बेला सम्भव हुँदो हो त थप लामो समयसम्मका लागि आमालाई बचाउन सकिन्थ्यो ?
त्यो बेलामा अहिले भइराखेको सुविधा भइदिएको भए आज मेरो मुआ मसँगै हुन्थिन् भन्ने आशा हुन्छ। अब मेरो मुआ नरहे पनि आजको दिनमा मैले अन्य आमालाई बचाउन सकियोस् भनेर प्राथना गरिरहेकी छु। त्यसैमा कोसिस जारी छ।
मिर्गौला प्रत्यारोपण अहिले सजिलै गर्न सक्ने भए पनि आर्थिक कारणले धेरै व्यक्तिले त्यसो गर्न सक्दैनन्। यसलाई कसरी सर्वसुलभ बनाउन सकिएला ?
भनिन्छ नि रोग लाग्नुभन्दा नलाग्न दिनु नै बेस हो। मिर्गौला फेल हुनबाट जोगिन सबैले ध्यान दिनुपर्छ। सरकारले पनि सचेतना ल्याउनुपर्छ। नियमित डायलासिस गराउनु पनि ठूलो खर्च हो नि। सरकारले त्यो सबै धान्न सक्छ भन्ने पनि हुँदैन। सबैभन्दा राम्रो भनेको समयमा जाँच गर्ने हो। त्यस्तो जाँचका लागि विभिन्न शिविरहरू चलाउने काम गर्नुपर्छ। यदी रोग लागिहाले पनि अहिले नेपालमा डायलासिसलगायत प्रत्यारोपणको व्यवस्था पनि गरेको छ। नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको छ। सबैले आफ्नो जीवनशैली खानपानमा ध्यान दिनुपर्छ। व्यायाम योग ध्यान गर्ने बानी गर्नुपर्छ। प्याकिङ तथा रासायनिक चिज मिसाएको खाने कुरा खानु हुँदैन।
मिर्गाैला प्रत्यारोपण गर्न सरकारले निश्चित आर्थिक सहयोग उपलब्ध गराउँछ, त्यसबाहेक गैरसरकारी तवरबाट वा समाजका यहाँजस्ता लब्ध प्रतिष्ठित व्यक्तिले यसमा कसरी सहयोग गर्न सक्छन् ?
हामीले नेपाल सरकारसँग नै सहकार्य गरेर डायलासिसलगायतको सहयोग गरिरहेका छौं। नेपाल सरकारले सबै ठाउँमा यस्तो उपचार केन्द्र खोल्न सकेको छैन। मानिसहरूलाई सजग तुल्याउन सचेतना कार्यक्रम एवं निःशुल्क पिसाब परीक्षण जस्ता कार्यक्रम पनि गरिरहेका छौं। जति गर्न सकिन्छ त्यो गर्ने हो। समाजमा स्थापित मानिसहरूले जहाँ जाँदा पनि आफ्नो अनुशासनमा बसेर खानेकुरामा ध्यान दिने, योग ध्यान व्यायाम लगायतका काम गर्ने, शुद्ध शाकाहारी खाना खाने गरे पनि जनचेतना जगाउन सहयोग पुग्छ।
तपाईंले काठमाडौंको एक अस्पतालमा डायलासिसका लागि भनेर आर्थिक सहयोग गर्नुभएको थियो, त्यो अहिले पनि निरन्तर छ कि के छ ?
निरन्तर छ। हामीले चारवटा शाखा खोलेका छौं। दैनिक २०० जना जतिलाई हामीले डायलासिस सेवा दिइरहेका छौं। हामीले नेपालमा एकमात्र प्रयोगशाला स्थापना पनि गरेका छौं। आरोग्य प्रतिष्ठानले त्यो प्रयोगशाला खोलेको छ। अङ्गदान लिने र दिनेबीचको म्याच गर्न आवश्यक प्रयोगशाला हो त्यो। काठमाडौंको पुल्चोक र सीतापाइला तथा उपत्यकाबाहिर हेटौंडा र पाल्पास्थित शाखाबाट डायलासिस सेवा उपलब्ध छ। आगामी दिनमा अझै शाखा बढाउने योजना पनि छ।
अघि पनि भन्नुभयो, मिर्गौला खराब भएपछि उपचार गर्नुभन्दा खराब नै हुन नदिनु उपयुक्त हो। यसका लागि अपनाउनुपर्ने सावधानीबारे केही सुझाव दिनुहुन्छ ?
जाँडरक्सी, चुरोट यिनीहरूबाट टाढा रहनुहोस् है। सकेसम्म शुद्ध खाना खाने कोसिस गर्नुस्। योग ध्यान व्यायाम गर्नुस्। जीवनशैली राम्रो बनाउनुस्। मानसिक तनाव कम गर्नेतर्फ ध्यान दिनुपर्छ। योगले स्वास्थ्यलाई लाभ पुर्याउँछ। नियमित व्यायामले शरीरमा सहज रक्तसञ्चार गर्छ। खानेकुरा पाचन हुन्छ। यी सबैमा ध्यान दिनुपर्छ। पैसा कमाउने धुनमा खाना राम्रो नखाने, व्यायाम नगर्ने गर्नु हुँदैन। पैसमा कमाउने धुनमा हामीले स्वास्थ्य बिगारिराखेका हुन्छौं। मोज गर्ने मात्रै सोच्दा त्यसले पछि हानि गर्छ। असर हुन थाल्छ। समयमा नै सजग रहेर ध्यान दिनुपर्छ। समयमै ध्यान नदिए अहिले धेरै दुःख गरेर कमाएको पैसा भोलि औषधि खाँदा सकिन्छ। अस्पतालमा धाउन मै खर्च हुन्छ।
" /> ‘फूलको आँखामा फूलै संसार’ गीतले चर्चित आनी छोइङ डोल्माको जिन्दगीमा नभनिएका वा थोरै मात्र सुनाइएका धेरै कथा छन्। तीमध्ये एक हो, उनको आमाको रोग र निधन। मिर्गौला रोगका कारण उनकी आमाको निधन भएको थियो। आमालाई जुन रोगका कारण गुमाउनुपर्यो, त्यसैको उपचारमा सहयोग पुगाेस् भनेर आनीले अहिले डायलासिस केन्द्रहरू स्थापना गर्न सघाइरहिछन्। प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मिर्गौला प्रत्यारोपण हुँदै गर्दा आनीसँग बीपी अनमोलले गरेको कुराकानीःतपाईंको आमा मिर्गौलाको बिरामी हुनुहुन्थ्यो, त्यो बेला उपचारका लागि अहिलेको जस्तो व्यवस्था पनि थिएन। यो बिमारका कारण आमाले भोग्नुभएका समस्यालाई कसरी सम्झनुहुन्छ ?

">