प्रधानमन्त्रीले गरेको विश्वास एकातिर थियो, सँगसँगै थियो- ‘क्रिटिकल’ मानिने दोस्रोपटकको प्रत्यारोपण सफल पार्ने चुनौती। त्यही चुनौतीलाई शिरोपर गरेका थिए डा. ज्ञवालीले। कसरी आत्मसात् गरे उनले यो चुनौती ? अनि, कसरी सम्भव भयो सफल प्रत्यारोपण ? आज त्रिवि शिक्षण अस्पतालमा देखापढी संवाददाता बीपी अनमोलले डा. ज्ञवालीलाई भेटेर यसबारे कुराकानी गरेका छन्। प्रस्तुत छ, कुराकानीको सारसंक्षेपः
प्रधानमन्त्रीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ। आफ्नै देशको अस्पतालमा प्रधानमन्त्रीको मिर्गौलाको सफल प्रत्यारोपण गर्दा कस्तो लागिरहेको छ ?
यो धेरै खुशीको समय हो। सबभन्दा पहिले त उहाँले हाम्रो अस्पताललाई विश्वास गरेर यो अस्पताल आउनुभो, अनि दोस्रोपटकको मिर्गौला प्रत्यारोपणका लागि हामीमाथि विश्वास गर्नुभो। हामीले दशकौंको मिहिनेतले बनाएको सीप र ज्ञान देखाउने मौका पाएका थिएनौं। यसले सम्पूर्ण जनतामा नेपालका अस्पताल र डाक्टर विदेशका भन्दा कम छैनन् भन्ने देखाएको छ। सरकार प्रमुखले नै विश्वास गरेर आफ्नो यति जटिल अप्रेसन गराउनुभो। अब हामीलाई उपचारका लागि बाहिर जानुपर्दैन भन्ने सन्देश पनि यसले प्रवाह गरेको छ।
तपाईंहरूको नेतृत्वमा यसअघि पनि धेरैको मिर्गौला प्रत्यारोपण भएको छ। प्रधानमन्त्रीले आफ्नै देशको अस्पतालमा प्रत्यारोपण गर्ने निर्णय गरेपछि केही न केही दबाब वा चुनौती त महशुस भयो होला नि ?
हेर्नुस्, चुनौती सबभन्दा बिरामीकै हो। एउटा, उहाँको दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदैथियो। पहिलो भन्दा दोस्रो शल्यक्रिया–प्रत्यारोपण जहिले पनि जटिल हुन्छ। त्यसमाथि सरकार प्रमुखले हामीलाई विश्वास गरेर आइसकेपछि कतै सफल पो नहुने हो कि, हाम्रा केही कमीकमजोरी हुन्छन् कि भन्ने चिन्ता मनमा हुन्छ नै। हामीमा पनि त्यो थियो। तर, अप्रेसन थिएटरमा गइसकेपछि सरकार प्रमुख होस् वा सर्वसाधारण, हामीमा कुनै भिन्न भाव हुँदैन। हामी त्यसबारे सोच्दैनौं। सोचेनौं। हाम्रो उद्देश्य नै बिरामीको ज्यान बचाउने हुन्छ, त्यसकारण सबैको उपचार एकै किसिमले गरिन्छ। त्यसमा त्यति भिन्नता केही हुँदैन।
प्रधानमन्त्रीको दोस्रोपटकको प्रत्यारोपणको तयारी कसरी गर्नुभएको थियो ?
बुधवार शिक्षण अस्पतालमा नियमित मिर्गौला प्रत्यारोपण गर्ने दिन हो। अघिपछिको दिन जस्तै आज पनि हामी तयारी अवस्थामा थियौं।
प्रधानमन्त्रीको आत्मविश्वास अप्रेसन थिएटरमा रहँदा कस्तो पाउनुभयो ?
मलाई लाग्छ, उहाँको जस्तो आत्मविश्वास र अठोट शायदै अरु कोही नेपालीसँग होला। अनि उहाँको मनोबल पनि उस्तै बेजोड छ। त्यहीकारण पनि हुन सक्छ, उहाँले हामीलाई नै रोज्नुभो। हाम्रो अस्पताल छान्नुभो। हाम्रो टीमलाई चुन्नुभो। त्यो नै सबैभन्दा ठूलो कुरा हो।
प्रधानमन्त्रीले आफ्नै मुलुकमा यति जटिल शल्यक्रिया गरेपछि नेपालका अस्पताल र चिकित्सकप्रति आम नागरिकको धारणा फेरिएला ?
निश्चय पनि यसले फरक पार्छ नै। हुन त मानिसलाई नियन्त्रण गरेर सकिन्न। साधारण अप्रेसन गर्ने मानिस पनि विदेश जान्छन्, गइरहेका छन्। तर, आम सर्वसाधारणले गर्ने उपचार, सुविधामा अब केही फरक हुन्छ। म त भन्छु, यूरोलोजीमा र मिर्गौला प्रत्यारोपणमा हामी पूर्णरूपमा विदेशी जतिकै सक्षम छौं। अब यसको लागि विदेश जानुपर्ने आवश्यकता नै छैन।
प्रधानमन्त्रीको शरीरमा अब चारवटा मिगौला छन्। स्वास्थ्यका हिसाबले यसलाई कसरी हेरिन्छ ?
उहाँसँग जन्मजात रहेका दुईवटा मिर्गौला फेल भएर नै उहाँले अर्को मिर्गौला प्रत्यारोपण गर्नुभएको हो। जबसम्म त्यो मिर्गौलाभित्र इन्फेक्सन भएको वा त्यसले दुःख दिएको हुँदैन, तबसम्म त्यसलाई झिकेर फालिँदैन। त्यसले काम मात्र नगरेको हो। अरु बिरामीको पनि त्यस्तै हो। यदि भविष्यमा त्यसले दुःख दियो भने त्यो बेलामा झिक्छौं। उहाँको शरीरमा चारवटा मिर्गौला छन्, तर काम गर्ने मिर्गौला भनेको आज राखेको मिर्गौला मात्र हो।
यसपालि सरकार प्रमुखले नै विश्वास गर्नुभो। अहिलेसम्म आफूले गरेको मिर्गौला प्रत्यारोपणको अनुभवलाई कसरी लिनुहुन्छ ?
मिर्गौला प्रत्यारोपण भन्ने कुरा एक व्यक्तिले गरेर हुने कुरा होइन। यो टीम इफोर्ट हो। मेरो सम्पूर्ण टीमको सीप, ज्ञान, शक्ति र लगावले सफल भएको हो। हाम्रो सात जनाको टीम छ। र, टीमकै मिहिनेतले यो सफल भएको हो।
आज भएको प्रत्यारोपणमा प्रधानमन्त्रीले पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेको दिल्लीको अपोलो अस्पतालका चिकित्सक पनि सहभागी थिए ?
कुनै पनि अप्रेसन गर्दा हामी यो यो कठिनाई भएमा यो यो गर्छौं भनेर पहिलेदेखि नै योजना बनाएर बसेका हुन्छौं। उहाँ त सरकार प्रमुख, विश्वका जुनसुकै स्थानमा गएर पनि मिर्गौला प्रत्यारोपण गर्न सक्नुहुन्थ्यो। उहाँले हामीलाई विश्वास गरेर यहाँ आइसकेपछि उहाँलाई पहिला अप्रेसन गरेको सर्जन यहाँ आउँदा हामीलाई नराम्रो त अवश्य पनि हुँदैन नि। हामीलाई चाहिएको बेलामा हामीले उहाँको सल्लाह लिने हो। चाहिएन वा पर्दैन भने नलिने हो। त्यसकारण उहाँलाई बोलाउदैमा ठूलो कुरो केही हुँदैन।
शल्यक्रिया सक्न कति समय लाग्यो ?
दुईवटै अप्रेसन सक्दा अन्दाजी साढे चार घण्टा लाग्यो। अप्रेसन सकिने बेलामा सबै बिरामी होसमा आउँछन्, तर उहाँलाई हामीले थोरै समय (१५/२० मिनेट) होसमा आउन दिएनौं। औषधीले नै अलिकति उहाँलाई शरीरमा राम्रो होस् भनेर अलिकति ढिलो गर्यौं। तर, अप्रेसन सकिएको करीब आधा घण्टापछि उहाँलाई भेन्टिलेटरबाट निकाल्यौं।
अहिले उहाँ होसमा हुनुहुन्छ। कुरा गर्न सक्नुहुन्छ। तर, अहिले हामी चाहिँ कुरा गर्दैनौं, सकभर उहाँसँग। चाहिने कुरा मात्रै सोध्छौं। उहाँको नाडी, ब्लडप्रेसर, यूरिन आउटपुटहरू चेक गर्छौं। बिरामीसँग हामी आफैं नै बोल्न चाहदैनौं। किनभने उहाँलाई आराम गर्न दिनुपर्छ। तर, यदि उहाँले चाहनुभयो भने राम्रोसँग कुरा गर्न सक्नुहुन्छ।
अब प्रधानमन्त्री ओली कहिलेसम्म चिकित्सकको निगरानीमा रहनुहुन्छ ?
यो मिर्गौला प्रत्यारोपणको कुरा हो। अप्रेसन सफल भएको छ। अब यो कस्तो हुँदै जान्छ, उहाँँको शरीरले त्यो मिर्गौलालाई कसरी ग्रहण गर्छ भन्ने कुरा हेर्नुपर्छ। अर्को, इन्फेक्सनको पाटो पनि छ। यदि हामीले भने जस्तै सबै कुरा राम्रोसँग भयो र बीचमा केही समस्या आएन भने मलाई लाग्छ, हामी आइतबार या सोमबारसम्म उहाँलाई डिस्चार्ज गर्छौं। यसबीचमा इन्फेक्सन हुने केही सम्भावना रहन्छ। उहाँको हकमा अझ बढी सम्भावना हुन्छ, किनभने यो दोस्रोपटक गरिएको प्रत्यारोपण हो।
मिर्गौलाका बिरामीका निम्ति आजको अप्रेसनले आशाको सञ्चार गरेको छ ?
यो त्रिवि शिक्षण अस्पताल हो। यहाँ हामी देशका लागि चाहिने जनशक्ति पनि उत्पादन गर्छौं। यहीँ पढेर अहिले ९/१० जना सर्जन हुनुभएको छ। उहाँहरूले अब सहज रूपमा मिर्गौला प्रत्यारोपण गर्न सक्नुहुन्छ। उहाँहरूलाई राष्ट्रले प्रयोग गर्न सक्नुपर्छ। उहाँहरूले काम गर्न सक्ने ठाउँहरू हुनुपर्यो।
यसो भयो भने देशभरी नै यस्ता अस्पतालहरू फैलिँदै जान्छन्। अब काठमाडौंले मात्र मिर्गौला प्रत्यारोपणको देशभरको भार थाम्न सक्दैन। अस्पताल सानो छ, पुग्दैन। यस्तो सुविधा भएको अस्पताल पनि सातवटै प्रदेशमा स्थापना गर्न सकियो भने बिरामीको चाप पनि कम हुन्छ। र, बिरामीले आफ्नै क्षेत्रमा यो उपचार पाउन सक्छन्। तपाईंलाई भनिहालुँ, हामी अप्रेसन मात्रै गर्दैनौं, अप्रेसन गर्ने चिकित्सक पनि उत्पादन गरिरहेका हुन्छौं।
नेपालमा मिर्गौला प्रत्यारोपण सेवालाई सर्वसुलभ, प्रभावकारी र विश्वसनीय बनाउन अब के गर्नुपर्छ ?
यो सरकारले योजना बनाउने विषय हो। सरकारले तयसका लागि चाहेमा हामी सहयोग दिन सक्छौं। यसलाई कसरी गर्न सकिन्छ, सस्तो र सरल तरिकाले देशभरिका जनताले सेवा पाउने अवस्था कसरी निर्माण गर्न सकिन्छ भनेर हामी उपाय सुझाउन सक्छौं। म अहिले नै यो भइहाल्छ त भन्न सक्दिनँ, तर गरेमा सम्भव छ।
मिर्गौला रोगका बिरामी बढ्दै गएको देखिन्छ। कसरी बिग्रिन्छ मिर्गौला ?
मिगौला बिग्रिने मुख्यतया दुई/तीनवटा रोग हुन्छन्। जस्तो कि, सुगर, ब्लड प्रेसर, जन्मदाखेरीकै बिमारी र पत्थरी आदी। ती रोगहरूबाट बच्न सकियो भने निश्चय पनि मिर्गौला फेल हुने सम्भावना कम हुन्छ। अर्को, पहिले यससम्बन्धी चिकित्सकहरू नेपालमा थिएनन्। हाम्रो रोग पहिचान नै हुन सक्दैन्थ्यो। अहिले चिकित्सकको संख्या बढ्दै गएको छ। स्वास्थ्य संस्था पनि बढेका छन्। जनचेतना पनि बढ्दै गएकाले अब स्वास्थ्य जाँच गर्न थाले। त्यसले गर्दा पनि मिर्गौलाका बिरामी बढी देखिएको हुन सक्छ। तर, अहिले नेपालका अस्पताल र चिकित्सकहरू सक्षम छन्। त्यसैले कसैले पनि चिन्ता गर्नुपर्ने अवस्था छैन।
" /> त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ यूरोलोजिस्ट, प्राध्यापक डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण गरेको छ। पहिलो पटक १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो। अमेरिका वा त्यस्तै सुविधासम्पन्न ठाउँमा मिर्गौला प्रत्यारोपण गर्नलागेको चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीले सबैलाई आश्चर्यमा पार्नेगरी त्रिवि शिक्षण अस्पताल र त्यहाँको चिकित्सक टोलीमाथि पूर्ण भरोसा गरेका थिए। र, त्यही भरोसामा खरो उत्रियो, प्राध्यापक डा. ज्ञवाली नेतृत्वको दक्ष चिकित्सक टोली।

">