देशभर दशैं धुमधामका साथ मनाइँदैछ । यो चाड मान्ने जोकोहीलाई पर्वको चटारोले छपक्कै छोपेको छ । दशैंअघि घर, आँगन सफा गर्ने, लिपपोत गर्ने, रंगरोगन गर्ने चलन पुरानै हो ।
नागरिकलाई दशैंको चटारोले छोपेका बेला सरकारलाई भने त्यो भन्दा पनि ठूलो चटारो छ । सरकार रातदिन नभनी काठमाडौं उपत्यकाका केही ठाउँ चिटिक्क पार्न लागिपरेको छ । तर, यो शृंगार दशैं र आउँदै गरेको तिहारको स्वागतका लागि चाहिँ होइन । सरकारका लागि दशैं र तिहार भन्दा ठूलो पर्व आएको छ ।
त्यो हो, २३ बर्षपछि उत्तरी छिमेक चीनका राष्ट्रपति नेपाल आउँदैछन् । अर्को साता काठमाडौं आउने चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि सरकारलाई यो भ्याइनभ्याई भएको हो ।
चिनियाँ राष्ट्रपति काठमाडौंमा ओहोरदोहोर गर्दा प्रयोग हुने सडकका ‘रूट’ रातदिन लगाएर मर्मतसम्भार र रंगरोगन हुँदैछ । खाल्डाखुल्डी पुरेर सडक चिल्लो पारिँदैछ । उप्केका पिच चिरिच्याट्ट बनाइँदैछन् ।
तपाईं काठमाडौंका मुख्य सडकमा निस्कनुभयो भने देख्नुहुनेछ– त्यहाँ सडक मर्मत गर्ने, सिंगार्ने, नयाँ बिरुवा रोप्ने, सडकका किनारमा लगाइएका बिरुवा काँटछाँट र गोडेमेल गर्ने कार्य तीव्रतासाथ चलिरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि, सिनामंगल, तीनकुने, बानेश्वर, बबरमहल माइतीघर, थापाथली, त्रिपुरेश्वर लगायतका स्थान चिटिक्क बनाइएको छ । चिटिक्क पार्ने काम अझैं पनि हुँदैछ ।
चिनियाँ राष्ट्रपति होटल सोल्टीमा बस्ने भएकाले त्यहाँसम्म पुग्ने सडक पनि धमाधम चिल्लो पारिँदैछ ।
सडक, पुल आदी निर्माणाधीन क्षेत्रका अस्तव्यस्ततालाई पाहुनाको नजरमा छोप्नका लागि प्राकृतिक सम्पदा, धार्मिक र पर्यटकीय क्षेत्रका सुन्दर ठाउँलाई ‘फ्लेक्स प्रिन्ट’ गररेर ‘वाल’ बनाइएको छ । अस्तव्यस्तता
छोप्ने ती ‘वाल’मा विश्वको सर्वोच्च शिखर सगरमाथा, से फोक्सुन्डो ताल, विपी राजमार्ग, स्वयम्भूनाथ, पशुपतिनाथका ठूल्ठूला तस्वीर राखिएका छन् ।
त्यही क्रममा तिनकुनेमा कृत्रिम बगैंचा नै तयार पारिएको छ । चिनियाँ राष्ट्रपति सी हिंड्ने सिनामगंल–तिनकुने बाटोमा माटोमा ढिस्को बनाएर तीनकुने बीचको अस्तव्यस्त र फोहोर छोप्ने प्रयास गरिएको छ ।
कलंकी, पाम, धुपीका बिरुवा रोपिएका छन् । बीचबीचमा सेतो रंग लगाइएका ढुङ्गा राखिएको छ ।
त्यस्तै, सिंहदरबार, भद्रकाली, सुन्धारा, टेकु, कालिमाटी, पानीपोखरी, दरबारमार्ग, केशरमहल, नक्साल भगवती, नागपोखरी, हात्तीसार लगायतका स्थान पनि सिंगारिएको छ ।
यी कामका लागि खटेका प्राविधिकदेखि श्रमिकहरु दशैं नभनी रातदिन काम गरिरहेका छन् ।
सरकारलाई यस्तो चटारो पहिलो पटक भएको होइन । यसअघि गत २०७५ बैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा र नेपालमा सार्क शिखर सम्मेलन हुँदा पनि काठमाडौं यसरी नै सिंगारिएको थियो ।
बीपी अनमोल र सानुबाबु महर्जनको रिपोर्ट