काठमाडौं। सानोमा डाक्टर बन्ने इच्छा थियो कृष्ण बहादुर अधिकारीको। प्रवेशिका परीक्षा उतिर्ण गरे पछि बालवयको सपना पूरा गर्न पाटन संयुक्त क्याम्पसमा विज्ञान विषयमा भर्नाको प्रक्रिया पनि अगाडि बढाएका थिए उनले। तर, जसलाई क्याम्पस भर्नाको जिम्मा दिइएको थियो उनले समयमा भर्ना गरिदिएनन्। सात दिन बायोलोजी पढे तर, डाक्टर बन्ने सपना कलेजमा भर्ना हुन नपाएकै वर्ष पूर्णविराम लाग्यो।
सपनाको खुड्किलो उक्लिने आधार नबनेपछि कमर्स पढ्न पिपल्स क्याम्पस हान्निएका थिए उनी। “नियतिले नै पर हुत्यादिएजस्तो लाग्यो। अब मेरा लागि अर्को एउटा सपना थियो जुन विपनामै साकार भएर आएको रहेछ”, उनले भने २०६१ साल उनको लागि टर्निङ प्वाइन्ट बन्यो। नेपाल बैंकले रोजगारीका लागि आवेदन खोलेको थियो छैटौं तहमा। उनले आवेदन गरे। परीक्षा दिए। नाम निस्कियो।
अधिकारीले भने, “बैंकको काठमाडौँ बैंकिङ कार्यालयमा छैटौँ तहमा प्रवेश गरेँ। त्यहाँ ट्रेड फाइनान्स डिपार्टमेन्टमा ग्यारेन्टी हेर्ने जिम्मेवारी मलाई दिइयो।”
करीब ६ वर्ष सोही विभागमा विताए उनले। आन्तरिक प्रतिस्पर्धाबाट सातौँ तहमा पुग्न पनि कुनै समस्या भएन। तर, सातौँ र नवौँ तहको परीक्षा सँगसँगै भएकाले अधिकारीले सातौ तह प्रवेश गरेपछि नवौं तहको पनि परीक्षा दिए। उनका लागि एकै पटक छैटौं तहबाट नवौं तह पुगेजस्तो भयो।
नवौ तहमा पुगेपछि अधिकारीलाई बैंकले वीरगञ्ज सिटी अफिसको ब्रान्च म्यानेजरको जिम्मेवारी दियो। वीरगञ्जमा केही समय काम गरेपछि पुनः काठमाडौँ बैंकिङ असफिमा टे«जरी, क्रेडिट हुँदै फेरि शुरुकै कार्यालय प्रमुख भएर बैंकिङ क्षेत्रको करिअर निरन्तर उकालो चढिरहे अधिकारी। एसिओ, डिसिओ गरी १४ वर्ष १० महीना नियमित कर्मचारीका रूपमा नेपाल बैंकको सेवा गरे उनले।
सशस्त्र द्वन्द्वअघि नेपाल बैंक देशभर नै पुगेको थियो। शाखा सङ्ख्यामात्र २१४ थिए। त्यो घट्दै ९६ मा सीमित भयो। शान्ति प्रक्रियापछि शाखा सङ्ख्या बढ्दै अहिले १७७ मा पुगेको छ। पहिलेकै अवस्थामा पुग्न अझै ३७ शाखा विस्तार गर्न बाँकी छ ।
नेपाल बैंकको कायममुकाय र पूर्णकालीन प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेको एक वर्षमात्रै हुन लाग्यो। कुनै समय नराम्ररी समस्यामा फसेको सरकारी लगानीको बैंकलाई नयाँ गति दिने र अरू वाणिज्य बैंकभन्दा सबल र सक्षम बनाउने ध्येय राखेको र सोही अनुसारको गतिविधिसमेत अगाडि बढाएको बताउँदै अधिकारीले भने, “सफल बन्ने हो भने लोभ नगरौँ, मेहनत गरौँ, एक दिन सफलताको मीठो स्वाद चाख्न पाइन्छ।”
‘सरकारले खोलौँ बैंक खाता’ अभियान शुरू गरेको करिब एक वर्ष हुन लाग्यो। नेपाल बैंकले स्थानीय तह र जनप्रतिनिधिसँग मिलेर अभियान चलायो। शुक्रबार र शनिबार विशेषगरी बिदाको समयमा स्थानीय तहले नै संयोजन गरेर मानिस भेला गर्न थालियो। खाता खोल्न भनेर प्रत्यक्ष भनिएन तर वित्तीय साक्षरता बढाउने प्रयास गरियो। स्थानीय जनप्रतिनिधि पनि खुशी भए। हाम्रै लागि बैंक आयो भन्ने ठाने।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको राष्ट्रिय सभागृहबाट अभियान शुरु गरेको भोलिपल्टदेखि नै नेपाल बैंकले त्यस्तो अभियान चलाएको थियो।
सोही अभियान पछि ६० हजार नयाँ खाता खुलेको उनले जानकारी दिए। करीब ५० करोड रुपैयाँको हाराहारीमा निक्षेप जम्मा भएको छ।
राज्यले पनि बैंक खातालाई अनिवार्य जस्तै गरेको छ। सरकारी सुविधा खातामार्फत जाने भएकाले पनि सहज भएको छ। दूरदराजमा बैंकिङ पुगेको छ। नेपाल राष्ट्र बैंककै तथ्याङ्कअनुसार ६१ प्रतिशत क्षेत्रमा बैंकको सेवा पुगेको छ।

अधिकारीले भने, “चालू आवको अन्त्यसम्म २०० शाखा पुर्याउने योजना छ। सम्भाव्यता भएका सबै क्षेत्रमा हामी पुग्छौँ। हामी सरकारी बैंक भएकाले पनि नागरिकलाई सरल र सहज बैंकिङ सेवा पु¥याउने हाम्रो दायित्व हो।” निजी बैंकहरु जान नमानेका स्थानमा नेपाल बैंकले शाखा विस्तार गर्ने योजना बनाएको छ। नेपाल बैंकमा नेपाल सरकारको ५१ र नागरिकको ४९ प्रतिशत शेयर स्वामित्व छ।
५० देखि ६० को दशकमा बैंकलाई राजनीतिक चक्रव्यूहले गाँज्यो। अनधिकृत रुपमा ऋण दिइयो। केही राजनीतिक नेतृत्व तथा उच्च पदस्थको योजनामा बैंकको निक्षेपमाथि खेलबाड भयो। जसकाकारण बैंक आर्थिकरुपमा समस्यामा पर्याे। तर, अहिले बैंकको स्वरूप पूर्णत बदलिएको छ। अध्यारो रात बितेर सुन्दर बिहानी आएझै भएको छ।
गत वर्षको नाफाबाट बैंकले शेयरधनीलाई २३ वर्षपछि प्रतिफलसमेत दिएको छ। विगतमा बैंकसँग सम्बन्ध विच्छेद गरेकाहरु समेत क्रमशः जोडिन थालेका छन्। सर्वसाधारणहरु पनि सानो विपन्न वर्ग कर्जामार्फत लाभ लिन थालेका छन्। कृषि, पर्यटन, ऊर्जा क्षेत्र बैंकको प्रमुख प्राथमिकतामा छ।
केन्द्रीय बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको सात महिनाको अवधिमा २० हजार ५६२ ले सहुलियत कर्जा लिएका छन् त्यसमा नेपाल बैंकको हिस्सा एक हजार ३८२ रहेको छ। महिलालाई उद्यमशील बनाउने योजना प्रमुख प्राथमिकतामा छ। दलित समुदायका लागिसमेत बैंकले सहज रुपमा ऋण दिएको छ। कृषि क्षेत्रको आधुनिकीकरणका लागि बैंकले ध्यान दिएको छ।
पुराना ढड्डा पल्टाउने जमानाको बैंक अहिले आधुनिकीकरणको बाटोमा छ। अधिकारी भन्छन्, “यो बैंकको सबैभन्दा ज्येष्ठ कर्मचारी अब एकाध बाँकी होलान्। युवा र नवीन सोच भएका कर्मचारी भर्ना गरेका छौँ जसका कारण नेपाल बैंकलाई अरू व्यावसायिक बैंकभन्दा अब्बल बनाउन सकेका छौँ।”
“कुनै समय टोकन लिएर बजार घुमेर आउँदा पनि पालो नआउने अवस्था थियो। ग्राहकलाई बैंकिङ कारोवार गर्न गाह्रो थियो। गुनासोका चाङ हुन्थे। सेवाग्राहीका असन्तुष्टिको पहाड हुन्थ्यो। यो विगतको कुरा हो”, अधिकारीले भने।
निजी क्षेत्रका बैंकहरूले स्प्रेड दर कसिरहेको बेला नेपाल बैंकको ४.५ प्रतिशत मात्रै रहेको छ। यो अन्य बैंकको तुलनामा असाध्यै कम हो। “अरू बैंकले जस्तै स्प्रेड ५.५ वा सोभन्दा बढी बनाएको भए नाफा एक अर्ब रूपैयाँभन्दा माथि हुन्थ्यो। हामीले नाफा मात्रै हेरेका छैनौ”, अधिकारीले भने।
निक्षेपकर्तालाई बैंकले बचत खातामा ६ प्रतिशत व्याज दिएको छ। मुद्धतिमा ९.७५ प्रतिशतसम्म व्याज पाउँछन्। बैंकले कमाएको कूल नाफामध्ये ५१ प्रतिशत राज्यलाई जान्छ, ४९ प्रतिशत सर्वसाधारणलाई जान्छ।
प्राथमिकताका क्षेत्रमा केन्द्रीय बैंकले तोकेकोभन्दा बढी लगानी गरेको छ नेपाल बैंकले। उनले भने, “कृषि, पर्यटनमा त १७ प्रतिशतको लगानी छ। जबकि राष्ट्र बैंकले १५ प्रतिशत मात्र लगानी गर भनेको छ। ऊर्जामा पनि उत्तिकै लगानी छ।”
कुनै बेला ६० प्रतिशत एनपिए बुक गरेको बैंकको अहिले २.६६ प्रतिशतमात्र छ। अझै केही पुराना ऋण उठाउनै बाँकी छ। कुनै ‘रिभाइभ’ गरिएको छ भने केहीलाई ‘रिकभरी’मा पनि लगिएको छ।
रमेश लम्साल/रासस
" /> काठमाडौं। सानोमा डाक्टर बन्ने इच्छा थियो कृष्ण बहादुर अधिकारीको। प्रवेशिका परीक्षा उतिर्ण गरे पछि बालवयको सपना पूरा गर्न पाटन संयुक्त क्याम्पसमा विज्ञान विषयमा भर्नाको प्रक्रिया पनि अगाडि बढाएका थिए उनले। तर, जसलाई क्याम्पस भर्नाको जिम्मा दिइएको थियो उनले समयमा भर्ना गरिदिएनन्। सात दिन बायोलोजी पढे तर, डाक्टर बन्ने सपना कलेजमा भर्ना हुन नपाएकै वर्ष पूर्णविराम लाग्यो।सपनाको खुड्किलो उक्लिने आधार नबनेपछि कमर्स पढ्न पिपल्स क्याम्पस हान्निएका थिए उनी। “नियतिले नै पर हुत्यादिएजस्तो लाग्यो। अब मेरा लागि अर्को एउटा सपना थियो जुन विपनामै साकार भएर आएको रहेछ”, उनले भने २०६१ साल उनको लागि टर्निङ प्वाइन्ट बन्यो। नेपाल बैंकले रोजगारीका लागि आवेदन खोलेको थियो छैटौं तहमा। उनले आवेदन गरे। परीक्षा दिए। नाम निस्कियो।

">