धेरैजसो मानिसहरूले कोभिड-१९ को महामारीका लागि विश्वव्यापीकरणलाई आरोप लगाउँछन्। उनीहरू यस्ता महामारीबाट जोगिन संसारलाई विश्वव्यापीकरणबाट मुक्त राख्नुपर्ने मत राख्छन्। पर्खाल लगाऊ, आवतजावतमा प्रतिबन्ध लगाऊ, व्यापार घटाऊ- उनीहरू यस्तै भन्छन्।
पक्कै पनि महामारी रोक्न अल्पकालीन क्वारेन्टाइन आवश्यक छ। तर, संक्रामक रोगहरूविरुद्ध वास्तविक सुरक्षा गर्नुको साटो दीर्घकालीन अलगाववाद (आइसोलेसनिज्म) अपनाउँदा आर्थिक पतन निम्तिन्छ। यसको ठ्याक्कै उल्टो गर्नु आवश्यक छ। महामारीको वास्तविक उपचार अलगाव होइन, सहकार्य हो।
विश्वव्यापीकरणको अहिलेको युगभन्दा पहिला पनि महामारीका कारण लाखौं मानिसहरूको ज्यान जान्थ्यो। चौथौं शताब्दीमा हवाइजहाज र पानीजहाज थिएनन् तैपनि प्लेगको महामारी (ब्ल्याक डेथ) पूर्वी एसियादेखि पश्चिमी युरोपसम्म एक दशकभित्रै फैलिएको थियो।
यो महामारीका कारण सात करोड ५० लाखदेखि २० करोडसम्म मानिसहरूको मृत्यु भएको थियो। त्यसरी मर्नेको संख्या त्यतिबेला युरेसियाको जनसंख्याको एक चौथाई थियो। बेलायतमा मात्रै दशमा चारजनाको निधन भएको थियो। इटालीको फ्लोरेन्स शहरले मात्रै एक लाख मानिसमध्ये ५० हजारलाई गुमाएको थियो।
१५२० को मार्च मा ‘फ्रान्सिस्को डे एघिया’ मेक्सिको पुगेका थिए। उनी एक्लैको शरीरमा मात्रै बिफरका किटाणु थिए। त्यतिबेला मध्य अमेरिकामा रेल र बसको त कुरै नगरौं यातायातको साधनको रूपमा गधा पनि थिएन। उनी पुगेको नौ महीनापछि डिसेम्बरबाट त मध्य अमेरिकामा महामारी नै फैलियो जसले सिंगो जनसंख्याको एक तिहाईको ज्यान लिएको अनुमान गरिन्छ।
सन् १९१८ मा केही महीनाभित्रै इन्फ्लुएन्जा भाइरस संसारका ग्रामीण कुनाहरूसम्म फैलिएको थियो। त्यो भाइरसका कारण हुने फ्लुले त्यतिबेला पृथ्वीमा रहेको जनसंख्याको एक चौथाईलाई संक्रमित बनाएको थियो। त्यो फ्लुले भारतको तत्कालीन जनसंख्याको पाँच प्रतिशतको ज्यान लिएको अनुमान गरिन्छ।
टहिटीको समुद्री द्विपमा मात्रै जनसंख्याको १४ प्रतिशतको निधन भएको थियो। अमेरिकी द्विप सामोआमा जनसंख्याको २० प्रतिशतको निधन भएको थियो। एक वर्षभित्रमा त्यो विश्वव्यापी महामारीले एक करोडदेखि १० करोडसम्मको ज्यान लिएको अनुमान गरिन्छ। चार वर्ष चलेको पहिलो विश्वयुद्धमा भन्दा बढीको ज्यान एक वर्षमै यो विश्वव्यापी महामारीले लिएको थियो।
तीव्र रूपमा बढेको जनसंख्या र परिष्कृत यातायात प्रणालीका कारण सन् १९१८ यताको एक शताब्दीमा सिंगो मानवजाति यस्ता महामारीको जोखिममा झनै बढी परेको छ। टोक्यो र मेक्सिको शहरजस्ता महानगरहरूले किटाणुहरूलाई फैलिने मौका मध्ययुगीन फ्लोरेन्सको तुलनामा निकै नै बढी दिन्छन्।
सन् १९१८ को तुलनामा विश्वव्यापी यातायात सञ्जाल निकै द्रुत बनेको छ। पेरिसमा देखिएको भाइरस २४ घण्टाभित्रै टोक्यो र मेक्सिको शहरसम्म पुग्नसक्छ। त्यसैले हामीले संक्रामक नर्कमा बाँच्ने आशा राख्नुपर्नेछ जहाँ एकपछि अर्को प्लेगको खतरा छ।
यी तमाम जोखिमका बावजुद महामारीका प्रकोप र यसको असर नाटकीय रूपमा घटेको छ। इबोला र एड्सजस्ता महामारीलाई छोड्ने हो भने ढुंगे युगपछिका महामारीले भन्दा निकै कममात्र मानिस एक्काइसौं शताब्दीको महामारीले मरेका छन्।
यो सफलताको कारण हो, किटाणुसँग जुध्न मानवजातिसँग आइसोलेसनभन्दा प्रभावकारी हतियार छ। त्यो हो सूचना। किटाणु र चिकित्सहरूको संघर्षमा मानवजातिले नै जितिरहेका छन् किनभने किटाणुहरू अन्धाधुन्ध उत्परिवर्तन (म्युटेसन)मा भर परेका छन् भने चिकित्सकहरू सूचनाको वैज्ञानिक विश्लेषणमा।
किटाणुविरुद्धको विजय गाथा
१४औं शताब्दीमा प्लेगको महामारी फैलिँदा मानिसहरूलाई के कारणले फैलियो भन्ने पनि थाहा थिएन। के कसो गर्ने हो केही अत्तोपत्तो थिएन। आधुनिक युग शुरू हुँदासम्म मानिसहरू महामारी फैलाएकोमा क्रोधित भगवान, घातक शैतान वा दुषित वायुलाई दोष दिन्थे। ब्याक्टेरिया र भाइरसजस्ता किटाणु त उनीहरूको कल्पनामा सम्म थिएनन्।
मानिसहरू परी र जादुगरहरूमा विश्वास गर्थे तर उनीहरू पानीको एक थोपामा पनि घातक शिकारीहरूको जत्था रहनसक्छ भन्ने कल्पना गर्न सक्दैनथे। त्यसैले प्लेग वा बिफरको महामारी फैलिँदा राज्य सञ्चालकहरूले गर्नसक्ने एउटै काम थियो, मानिसहरूलाई जम्मा पारेर विभिन्न भगवान र शैतानको प्रार्थना गर्ने। यस्तो सामुहिक प्रार्थनाले संक्रमण झनै फैलाउँथ्यो।
पछिल्लो शताब्दीमा संसारभरका वैज्ञानिक, डाक्टर र नर्सहरूले सूचना साटासाट गरे। संक्रमण कसरी फैलिन्छ भन्ने बुझ्न र त्यससँग जुध्ने उपाय पत्ता लगाउन उनीहरूले संयुक्त प्रयत्न गरे। उद्विकासको सिद्धान्तले किन र कसरी नयाँ रोग जन्मिन्छ र कसरी पुराना रोग झनै विषम हुन्छ भन्ने व्याख्या गर्यो।
आनुवंशिकी विज्ञानले वैज्ञानिकहरूलाई किटाणुहरूबारे जानकारी बटुल्न र तिनीहरूलाई नियमनमा राख्न सघायो। मध्ययुगका मानिसहरूले प्लेगको महामारी कसरी फैलियो भन्ने कहिल्यै थाहा पाएनन्।
तर, दुई हप्तामै वैज्ञानिकहरूले नोबल कोरोना भाइरसको आनुवंशिक संरचना पत्ता लगाए र संक्रमण भए, नभएको थाहा पाउने विधि विकास गरे।
वैज्ञानिकहरूले महामारी के कारणले फैलिन्छ भन्ने पत्ता लगाएपछि यसविरुद्ध जुध्न निकै सजिलो भयो। खोप, एन्टिबायोटिक औषधि, सरसफाई र परिष्कृत स्वास्थ्य सेवा संरचनाको मद्दतले यी नदेखिने शिकारीहरूलाई जित्न मानव जाति सफल भयो।
सन् १९६७ मा पनि बिफरले एक करोड ५० लाख मानिसलाई संक्रमण गरेको थियो। तीमध्ये २० लाखको ज्यान गएको थियो। तर, त्यसपछिका दशकहरूमा संसारभरी नै बिफरविरुद्धको खोप अभियान सफल भयो। सन् १९७९ मा त विश्व स्वास्थ्य संगठनले संसारबाटै बिफर उन्मुलन भएको घोषणा गर्यो। सन् २०१९ मा एक जना मानिस पनि बिफरबाट संक्रमित भएको छैन।
इतिहासको शिक्षा
विश्वव्यापी महामारी बनेको कोभिड-१९ सँग जुध्न इतिहासले के सिकाउँछ त ? इतिहासले दिने पहिलो शिक्षा हो, स्थायी रूपमा सीमा बन्द गर्दैमा कोही पनि सुरक्षित हुँदैन। नबिर्सौं, विश्वव्यापीकरणको युग शुरू हुनुभन्दा धेरै अघि मध्य युगमा पनि महामारी निकै द्रुत गतिमा फैलिएको थियो।
सन् १३४८ मा बेलायत जस्तो अवस्थामा थियो त्यही परिस्थितिमा पुग्नेगरी विश्वसँगको सम्पर्क घटाए पनि महामारीसँग बच्न सकिँदैन। महामारीसँग जुध्न आफैंलाई अरुबाट अलग्याउने अभ्यासले मध्ययुगीन अवस्थासम्म पुग्दा पनि सघाउँदैन। त्यसको लागि ढुंगे युगकै परिस्थितिमा फर्किनुपर्ने हुन्छ। के हामी त्यसो गर्न सक्छौं र ?
यो संकटको समयमा, संगीन संघर्ष त मानवजातिभित्र नै छ। यो महामारीले मानिसहरूबीच विभाजन र अविश्वास सिर्जना गर्यो भने भाइरसहरूको महान् विजय हुनेछ। मानिसहरूबीच विभाजन बढ्नै गयो भने भाइरसको संख्या दोब्बर हुनेछ।
इतिहासले दिने दोस्रो शिक्षा हो, विश्वसनीय वैज्ञानिक सूचनाको आदानप्रदान र विश्वव्यापी ऐक्यबद्धताले मात्र वास्तविक सुरक्षा प्रदान गर्नसक्छ। यदि कुनै देशमा संक्रमण फैलिन्छ भने उसले आर्थिक क्षतिको डर नमानी इमान्दारीपूर्वक विश्व जगतलाई सूचना दिनुपर्छ ताकि अरु देशले त्यो सूचनालाई विश्वास गरुन् र उनीहरूले उसलाई आरोप लगाउनुको साटो सहयोगको हात बढाउन्।
अहिले कोभिड-१९ सँग जुध्न चीनले संसारलाई सिकाउन सक्छ तर यसका लागि निकै उपल्लो तहको अन्तर्राष्ट्रिय विश्वास र सहकार्य आवश्यक पर्छ।
त्यस्तै प्रभावकारी क्वारेन्टाइनका लागि पनि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक पर्छ। महामारी फैलिन नदिन क्वारेन्टाइन र बन्दी (लक-डाउन) अति जरुरी छ। तर कुनै देशहरूले एक अर्कामा विश्वास गर्दैनन् र यो नितान्त आफ्नोमात्रै समस्या हो भन्ने ठान्छन् भने त्यस्ता उपाय अपनाउन हिचकिचाउँछन्।
यदि कुनै देशमा सयवटा कोभिड-१९ का बिरामी फेला परे भने कुनै देशले शहर र सम्बन्धित क्षेत्र बन्द गर्ने घोषणा तत्काल गर्न सक्छन् त ? धेरै हदसम्म त्यस्तो निर्णय अरु देशसँग त्यो देशले के अपेक्षा गर्छ भन्नेमा भर पर्छ। यदि अरु देशले सहयोगको हात बढाउनेछन् भन्ने विश्वास भए त्यो देशले त्यस्तो उपाय तत्काल अपनाउनेछ।
तर, अरु देशले आफूलाई परित्याग गर्नेछन् भन्ने डर भए त्यो देशले तत्कालै त्यस्तो निर्णय गर्न सक्नेछैन। उसले निर्णय गर्दासम्म निकै ढिलो भइसकेको हुनसक्छ।
महामारीबारे मानिसहरूले महसुस गर्नैपर्ने तथ्य के हो भने कुनै पनि देशमा फैलिए पनि यसले सिंगो मानवजातिलाई नै संकटमा पार्छ। यो किनभने भाइरसहरू विकसित हुन्छन्।
कोरोना जस्ता भाइरस चमेराजस्ता प्राणीबाट विकसित भएका थिए। यी भाइरस मान्छेको शरीरमा प्रवेश गर्नासाथ शरीर अनुकुल हुने होइनन्। मानव शरीरभित्र यिनीहरूको बढोत्तरी गुणात्मक रूपमा हुन्छ। त्यो क्रममा यी भाइरसमा प्रायजसो उत्परिवर्तन हुन्छ। यस्ता धेरैजसो उत्परिवर्तन हानिकारक हुँदैनन्।
तर, कुनै कुनै उत्परिवर्तनले भाइरसलाई हानीकारक र संक्रामक बनाइदिन्छ। र, यो उत्परिवर्तित भाइरस तुरुन्तै मानिसहरूमा फैलिन्छ। यी भाइरस मानव शरीरमा झन् बढी अनुकुल हुँदैजान्छन्।
एउटा व्यक्तिको शरीरमा दशौं खर्ब भाइरस रहनसक्छन्। यस्तो भाइरस भएका एउटा मात्रै मानिसले पनि कैयौं मानिसलाई संक्रमित बनाउनसक्छन्।
रिचार्ड प्रेस्टनको पुस्तक ‘क्राइसिस इन द रेड जोन’ले सन् २०१४ मा फैलिएको इबोला महामारीको यस्तै घटनाहरूको शृंखला वर्णन गर्छ। एउटा चमेराबाट एकजना व्यक्तिमा इबोला भाइरस प्रवेश गरेपछि महामारी शुरू भएको थियो। यी भाइरसले मानिसहरूलाई निकै रोगी बनाएका थिए।
तर, त्यतिन्जेलसम्म पनि यी भाइरस मानव शरीरमा भन्दा बढी चमेराकै शरीरमा अनुकुल थिए। तर पश्चिमी अफ्रिकाको म्याकोना क्षेत्रका केवल एक व्यक्तिमा रहेको इबोला भाइरसको एउटा जिनमा भएको केवल एउटा उत्परिवर्तनले यो दुर्लभ रोगलाई महामारी बनाइदियो।
यो क्रियाबाट म्याकोना स्ट्रेन नाम दिइएको उत्परिवर्तित इबोला भाइरस विकास भयो (डिएनएमा भएको उत्परिवर्तनले एउटा भाइरसलाई अरुभन्दा बेग्लै बनाइदिन्छ, जसलाई स्ट्रेन भनिन्छ)।
यो म्याकोना स्ट्रेन मानव शरीरका कोषहरूमा कोलेस्ट्रोल पुर्याउने संवाहकहरूसँग जोडिन सक्षम थियो। त्यसैले यो स्ट्रेनको विकास भएपछि ती संवाहकहरूले कोलेस्ट्रोलको साटो इबोला भाइरस कोषहरूसमा पुर्याउन थाले। यो नयाँ म्याकोना स्ट्रेन अघिल्ला इबोला भाइरस भन्दा मानव शरीरका लागि चार गुणा संक्रामक थिए।
तपाईंले यी पंक्तिहरू पढिरहँदा तेहरान, मिलान वा वुहानका मानिसहरूमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरूमा रहेको एउटा कोषमा यस्तै उत्परिवर्तन भइरहेको हुनसक्छ। यदि साँच्चै नै यस्तो भइरहेछ भने यो केवल इरानी, इटालियन वा चिनियाँहरूलाई मात्र होइन तपाईंलाई पनि खतरा हो। संसारभरी नै कोरोना भाइरसलाई यस्तो अवसर नदिन मानिसहरू जीवन-मृत्युको संघर्ष गरिरहेछन्। र, यसका लागि हामीले हरेक देशका हरेक मानिसलाई सुरक्षित बनाउन जरुरी छ।
सन् १९७० को दशकमा मानवजातिले बिफरलाई पराजित गर्न सफल भयो किनभने सबै देशका सबै मानिसले बिफरको खोप पाए। यदि कुनै देशले मात्रै आफ्ना जनतालाई खोप नलगाएको भए सिंगो मानवजातिलाई खतरा रहिरहन्थ्यो किनभने कतै पनि बिफरको किटाणु रहन्थ्यो भने कुनै न कुनै समयमा यो विकसित हुन्थ्यो र संसारभरी फैलिन्थ्यो।
भाइरससँगको लडाइँमा मानवजातिले सीमालाई निकै नै सुरक्षित बनाउन जरुरी छ। तर, त्यो सीमा देशहरूबीचको होइन। मानव जाति र भाइरसको संसारबीचको सीमा बलियो बनाउनुपर्छ। पृथ्वी असंख्य भाइरसहरूले भरिएको छ र उत्परिवर्तनका कारण नयाँ-नयाँ भाइरसहरू निरन्तर विकास भइरहेछन्।
वर्तमान अमेरिकी सरकारले विश्व स्वास्थ्य संगठनलाई दिने सहयोगमा कटौती गरेको छ। र, उसले सिंगो संसारलाई अमेरिकाको कोही मित्र छैनन् यसका स्वार्थमात्र छन् भन्ने स्पष्ट सन्देश दिएको छ।
यो भाइरस-जगत र मानव-जगतबीचको सीमा हरेक मानिसको शरीरबाट गुज्रिन्छ। यदि संसारको कुनै पनि कुनामा कुनै पनि भाइरसले यो सीमा पार गर्यो भने सिंगो मानवजाति नै खतरामा पर्छ।
पछिल्लो शताब्दीमा मानवजातिले यो सीमालाई पहिलेभन्दा निकै नै मजबुत बनायो। आधुनिक स्वास्थ्यस्याहार प्रणालीले यो सीमामा बलियो पर्खाल खडा गरिदियो। र, नर्स, डाक्टर र वैज्ञानिकहरूले यो सीमामा नियमित गस्ती गरे। यो पर्खालमा कतै प्वाल पर्नासाथ पुरिदिए। तथापि, यो पर्खालको लामा खण्डहरू खुलै छोडिएका छन्।
संसारभर करोडौं मानिसहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन्। यसले उनीहरूलाई मात्र होइन हामी सबैलाई संकटमा पारेको छ। प्रायजसो हामीले स्वास्थ्य सेवा प्रणालीबारे राष्ट्रिय तहमा मात्रै सोच्ने गर्छौं।
तर, इरानी र चिनियाँ मानिसहरूलाई स्वास्थ्य सेवा प्रदान गर्नु इजरायली र अमेरिकी जनतालाई पनि महामारीबाट जोगाउनु हो। यो सामान्य सत्य हरेकका लागि स्वभाविक लाग्नुपर्ने हो। विडम्बना संसारका महत्वपूर्ण मानिसहरूले पनि यो सामान्य सत्य आत्मसात गर्न सकिरहेका छैनन्।
नेतृत्वविहिन संसार
अहिले मानवजातिले केवल कोरोना भाइरसका कारणले मात्र होइन मानिसहरूबीचको विश्वासको अभावले पनि तीव्र संकट सामना गरिरहेछन्। महामारीलाई परास्त गर्न मानिसहरूले वैज्ञानिकहरूलाई, नागरिकले सरकारलाई र हरेक देशले अरु देशलाई सहयोग-विश्वास गर्नुपर्छ।
पछिल्ला केही वर्षयता गैरजिम्मेवार नेताहरूले र विज्ञानप्रतिको जनविश्वास र अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तर अवमूल्यन गरिरहेछन्। यसको परिणामस्वरूप अहिले संकट परेको बेला विश्वव्यापी प्रयत्नका लागि आह्वान गर्ने, संगठित गर्ने र वित्तीय व्यवस्थापन गर्ने सर्वस्वीकार्य नेताको अभाव भोग्नुपरेको छ।
सन् २०१४ मा इबोलाको महामारी फैलिँदा संयुक्त राज्य अमेरिकाले त्यस्तो नेतृत्वको भूमिका खेलेको थियो। सन् २००८ को वित्तीय संकटको बेलामा पनि संयुक्त राज्य अमेरिकाले पनि यस्तै भूमिका खेलेको थियो। तर, पछिल्ला वर्षहरूमा विश्व नेतृत्वबाट संयुक्त राज्य अमेरिका अलग्गिएको छ।
वर्तमान अमेरिकी सरकारले विश्व स्वास्थ्य संगठनलाई दिने सहयोगमा कटौती गरेको छ। र, उसले सिंगो संसारलाई अमेरिकाको कोही मित्र छैनन् यसका स्वार्थमात्र छन् भन्ने स्पष्ट सन्देश दिएको छ। कोभिड-१९ को महामारी शुरू भएपछि संयुक्त राज्य अमेरिका पाखा लाग्यो र, नेतृत्वदायी भूमिका खेल्न अनिच्छुक रह्यो।
हुन त उसले यस्तो भूमिका खेल्न प्रयत्न नै गरेको भए पनि उसलाई साथ दिन कुनै देश तयार हुँदैनथे किनभने वर्तमान अमेरिकी सरकारले त्यो विश्वास गुमाइसकेको छ। के संसारको कुनै पनि देशले ‘म पहिलो’ भन्ने उद्देश्य राखेको देशलाई साथ दिन्छ र ?
विडम्बना के हो भने, संयुक्त राज्य अमेरिकाले रित्तो राखेको यो स्थान ओगट्ने अर्को कोही पनि परिदृश्यमा छैन। बरु यसको ठ्याक्कै विपरीत प्रवृत्ति विकसित भएको छ। पराईलाई घृणा गर्ने स्वभाव (जेनोफोयिबा), अलगाववाद (आइसोलेसनिज्म) र अविश्वास वर्तमान अन्तर्राष्ट्रिय प्रणालीको परिचय बनेको छ।
विश्वव्यापी विश्वास र ऐक्यबद्धताबिना हामीले कोभिड–१९ महामारी रोक्न सक्दैनौं। र, भविष्यमा पनि यस्तै महामारी सामना गर्न अभिशप्त हुनेछौं। तर, हरेक संकटले अवसर पनि सिर्जना गर्छ। आशा गरौं, यो महामारीले मानवजातिलाई विश्वव्यापी विभाजनले तीव्र संकटबारे सचेत गराउनेछ।
एउटा उाहरण लिऔं। यो महामारी पछिल्लो समय जनसमर्थन गुमाइरहेको युरोपेली युनियनका लागि पुनः विश्वास प्राप्त गर्ने सुनौलो अवसर हुनसक्नेछ।
कोभिड–१९ को शिकारबाट जोगिएका वा कम शिकार बनेका युरोपियन युनियनका सदस्य राष्ट्रहरूले इटलीजस्ता निर्मम शिकार बनेका देशमा आर्थिक, भौतिक र चिकित्सा सहयोग उपलब्ध गराए भने युरोपेली युनियनप्रतिको जनविश्वास फर्किनेछ।
तर, कुनै पनि देशलाई यो महामारीसँग जुध्न एक्लै छोडिदियौं भने युनियनको औचित्यमाथि नै प्रश्न उठ्नेछ।
यो संकटको समयमा, संगीन संघर्ष त मानवजातिभित्र नै छ। यो महामारीले मानिसहरूबीच विभाजन र अविश्वास सिर्जना गर्यो भने भाइरसहरूको महान् विजय हुनेछ। मानिसहरूबीच विभाजन बढ्दै गयो भने भाइरसको संख्या दोब्बर हुनेछ।
यसको साटो, महामारीले विश्वव्यापी सहकार्य सिर्जना गर्यो भने कोभिड-१९ महामारीविरुद्ध मात्र नभई भविष्यका सम्भावित महामारीमाथि पनि विजय हुनेछ।
(४ चैतमा टाइम म्यागेजिनको अनलाइन संस्करणमा प्रकाशित हरारीको लेखको पूर्ण पाठको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।)
" />धेरैजसो मानिसहरूले कोभिड-१९ को महामारीका लागि विश्वव्यापीकरणलाई आरोप लगाउँछन्। उनीहरू यस्ता महामारीबाट जोगिन संसारलाई विश्वव्यापीकरणबाट मुक्त राख्नुपर्ने मत राख्छन्। पर्खाल लगाऊ, आवतजावतमा प्रतिबन्ध लगाऊ, व्यापार घटाऊ- उनीहरू यस्तै भन्छन्।

">