काठमाडौं। प्रसंग झन्डै १५ वर्ष अघिको हो। त्यतिबेला उनी बाँसुरी बजाउँथे मात्रै। संगीतका पारखी भएकाले विभिन्न स्केलको बाँसुरी चाहिन्थ्यो। तर, उनीसँग सबै स्केलका बाँसुरी थिएन। ई-स्केलको बाँसुरी चाहिएपछि भारतबाट मगाए। त्यो एउटा बाँसुरीका लागि उनले त्यतिबेला पाँच हजार भारू तिर्नु परेको थियो।
बाँस प्वाल पारेर बनाएको साधारण बाजालाई पनि नेपाली आठ हजार रूपैयाँ तिर्न परेपछि उनलाई झोंक चल्यो। उनले आफैंले बाँसुरी बनाउने अठोट गरे। र, शुरू गरे त्यसको पहल। अहिले उनले बनाउने बाँसुरी स्थानीय बजारदेखि अमेरिकासम्म विक्री हुन्छन्।
यो कथा योगेन्द्र बहादुर खड्काको हो। बाँसुरी बनाउने उनको उत्सुकता भने बाल्यकालदेखिकै हो।
२०२७ सालमा झापाको जुरोपानी–७, दुधाली गाउँमा जन्मिएका थिए योगेन्द्र। उनी हुर्किएको जमाना रेडियोको थियो। तर, उनको घरमा रेडियो थिएन। गाउँघरतिर अरुका घरमा बजेको रेडियो सुन्थे। त्यसमा गीत बज्थे। गीतको बिचबिचमा सुरीलो धुन बज्थ्यो। के को स्वर हो, उनले सानोमा खुटयाउन सकेनन्।
हुर्किँदै जाँदा उनले त्यो धुन केबाट आउँछ भन्ने सोधखोज गर्न थाले। गाउँमा कसैले उनलाई बताइदियो- त्यो धुन बाँसुरीको हो। उनीहरूले ‘बाँसुरी यस्तो हुन्छ’ भनेको सुनेकै भरमा योगेन्द्रले बाँसुरी बनाउने सुर कसे।
बाँसघारी पुगे। सानो बाँसको टुक्रा काटेर ल्याए। त्यसमा चारवटा प्वाल बनाए। अनि बजाएर हेरे। बाँसुरी त बज्यो। उनले रेडियोमा बजेका गीतहरू जानीनजानी बजाउन थाले।
उनले बाँसुरी बनाएर बजाएको देखेपछि साथीहरू पनि उनीकहाँ बाँसुरी सिक्न आए। उनले सिकाइदिए। गाउँमा बाँसुरी बजाउने समुह नै बन्यो। गाउँमा मेला हुँदा उनीहरूको टोली पुग्थे। भन्नै परेन, टोलीको नेता योगेन्द्र थिए।
तर, उनलाई सुरतालको ज्ञान थिएन। बाँस काटयो, प्वाल पार्यो, बजायो। यसरी नै उनीहरू बजारमा चलेका गीतहरू पटकपटक सुनेर बजाउने कोशिस गर्थे। ‘चरीमा ज्यानले गुडैमा लायो..’, ‘फूलको थुँगा बहेर गयो..’, ‘बसन्त नै बस्न खोज्छ...’लगायत गीतहरू बजाउँथे।
लामो समय उनले चार प्वालवाला बाँसुरी नै बजाए। धेरै पछि पो थाहा पाए, बाँसुरीमा ६ प्वाल हुँदारैछन्।
“बासँग बजार आएको थिएँ, त्यहाँ ६ वटा प्वाल भएको बाँसुरी देखेँ,” उनी सम्झन्छन्।
उनले त्यो ६ प्वालवाला बाँसुरी किनेर घर ल्याए। अनि बजाउन सिके। कठालोमा बाँसुरी भिरेर जान्थे। उनका बाँसुरी प्रशिक्षक नभएका होइनन्। गाउँमा गोठालो जाँदा भेटिने साथीहरूले सिकाइदिए। उनलाई बाँसुरी सिकाउने गाउँले साथी थिए- रिठ्ठे दाइ (पलबहादुर विश्वकर्मा), जीवन दाहाल, रिन्टु सतार।
रेडियोबाट उनले बाँसुरी बजाउने उत्साह मात्र पाएनन्। सपना पनि देख्न सिके। झापामा हुँदा उनले रेडियो नेपालमा लाइभ बाजा बजाएर गीत रेकर्ड गरिन्छ भन्ने सुनेका थिए। त्यसैले रेडियो नेपाल पुगे त बाँसुरी बजाउने पनि भेटिन्छ भन्ने सपना साँचे।
त्यही सपना बोकेर २०४७ सालमा एसएलसी परीक्षा दिएपछि उनी काठमाडौं आए। सिधै रेडियो नेपाल पुगे। रेडियो नेपालबाट प्रसारण हुने ‘चौतारी कार्यक्रम’मा बाँसुरी बजाउने रामबहादुर जिम्बाको नाम सुनिरहेकाले उनले रडियो नेपालमा शुरूमै जिम्बालाई भेटे। रामबहादुरले योगेन्द्रलाई बाँसुरीको स्केल हुने र त्यसअनुसार गीत बजाउन सकिने बताए।
“उहाँलाई भेट्दा मलाई त भगवान् नै भेटेको महसुस भयो,” योगेन्द्र सम्झन्छन्। रामबहादुरले योगेन्द्रलाई नयाँ बाँसुरी पनि किनिदिए।
बाँसुरी बजाउन आएका योगेन्द्र काठमाडौं नै बसेर पढ्न थाले। त्यसबेला उनले बाँसुरी सिक्न धेरै ठाउँ गुहारे। तर, कतै पनि गुरु भेट्टाएनन्। गुरु नपाएपछि उनले बाँसुरी बजाउन सिकाउने पुस्तक खोजे। नभन्दै भोटाहिटीको रत्न पुस्तक भण्डारमा अरविन्द धितालको ‘सात दिनका बाँसुरीवादन कोर्स’ भन्ने हिन्दी पुस्तक पाए। उनले त्यही पुस्तकलाई गुरु थापे। किताबले उनलाई बाँसुरीमा प्रयोग हुने सुर सिकायो। अलंकार, राग, नोटेसन पनि त्यसैबाट सिके।
एकदिन रत्नपार्कमा बदाम खाँदै बसिरहेका थिए। झ्वाट्ट जेबी लामालाई देखे। रेडियो नेपाल पुग्दा उनले जेबीलाई देखेका थिए। रत्नपार्कमा देख्नेबित्तिकै उनले चिनिहाले। अनि बोलाइ पनि हाले। पहिलो भेटमै आफ्नो बाँसुरी सिक्ने चाहना बताए। जेबीले नै उनलाई २०४९ सालमा साधना कला केन्द्रमा बाँसुरी कक्षामा भर्ना हुन लगाए।
योगेन्द्रको जीवनमा यसरी झ्वाट्ट भेटिने पात्रमध्ये जेबी लामा एक्ला थिएनन्।
२०५१ सालतिर पशुपतितिर डुल्दै गर्दा किरातेश्वर संगीत आश्रममा उनले मनोज सिंहलाई भेट्टाए। उनको बाँसुरी सिक्ने चाहना बुझेपछि मनोजले सिफलमा बस्ने गुरु मदनदेव भट्टकहाँ पुर्याए। भट्टले उनलाई शास्त्रीय राग सिकाए। तर, योगेन्द्रको तिर्खा असिम थियो। उनको सिक्ने प्यास यत्तिमै मेटिएन।
बाँसुरी सिक्नकै लागि उनी साथीहरू जीवन आले र रमण महर्जनसित भारतसम्म पुगे। त्यहाँ कलानिधि इन्दिरा महाविद्यालयमा मोहनप्रसाद जोशीसित सिके। गन्धर्व संगीत विद्यालय बम्बई, भारतका पण्डित हरिप्रसाद चौरसियादेखि दादर स्टेसनमा पण्डित रोनु मजुमदारलाई पनि गुरु थाप्न पुगे।
सानैदेखिको रूचिलाई प्राज्ञिक तालिमले अनुशासित बादक बनायो। २०६१ सालमा त्यो घटना नभएको भए उनी सम्भवतः बादकमात्रै रहन्थे। तर, एउटा बाँसुरीलाई आठ हजार रूपैयाँ तिर्न परेपछि उनी बादकमात्रै रहेनन्। सानैमा आफैंले खोपेको बाँसुरी बजाउने योगेन्द्रले अहिले भने स्केलअनुसारका बाँसुरी बनाउन थाले।
भारतीय बाँसुरीबादक पन्नालाल घोषले शास्त्रीय संगीतमा बाँसुरीको स्वर खोजेर ढाँचा तयार गरेपछि बाँसुरी पनि स्केलअनुसार नै बन्न थालेको हो। उनै घोषले स्केल अनुसारको बाँसुरी बनाउने गणितीय नियम बनाएका थिए। त्यही नियम पछ्याउँदै योगेन्द्रले बाँसुरीको प्वाल दूरी र बाँसुरीको लम्बाइ मिलाएर बनाउन थाले।
अहिले उनी भारतको आसाम, नेपालको इलामबाट बाँसुरीका लागि चाहिने बाँस मगाउँछन्।
बाँसुरीको स्केल अनुसार यसको गोलाई फरक हुन्छ।
योगेन्द्र २५ थरीका बाँसुरी बनाउँछन्। हरेक बाँसुरीको आकार अरुसँग मिल्दैन। १२ स्केलमा उनले बेस १२, ट्रेबल १२ र एउटा अति तार सप्तकको सी–स्केल थपेर २५ पुर्याएका छन्। अति तार सप्तकको अझै केही थप्न सकिने योगेन्द्र बताउँछन्। वर्षाैंको अनुभवले गर्दा कस्तो बाँसबाट कुन स्केलको बाँसुरी बन्छ भन्ने अन्दाज लगाउन सक्ने उनी बताउँछन्। नहोस पनि कसरी, बाँसुरी बनाउन थालेकै १५ वर्ष भइसक्यो।
सस्तोमा राम्रो बाँसुरी दिने गरेकोले माग बढी भएको बताउँछन् योगेन्द्र। काँडाघारीको थापा चोकमा छ उनको कार्यशाला। बाँसुरी बनाउनलाई पनि बजाउन जान्नैपर्ने मत राख्छन् योगेन्द्र।
“बाँसुरीको स्वर स्थूल शरीरबाट आत्माको गहिराइलाई छुने खालको बजाउन नसकुन्जेल सिकिरहनुपर्छ”, उनी भन्छन्। त्यसैले त उनी अहिले केही विद्यार्थीलाई निःशुल्क बाँसुरीवादन तालिम पनि दिइरहेछन्।
" /> काठमाडौं। प्रसंग झन्डै १५ वर्ष अघिको हो। त्यतिबेला उनी बाँसुरी बजाउँथे मात्रै। संगीतका पारखी भएकाले विभिन्न स्केलको बाँसुरी चाहिन्थ्यो। तर, उनीसँग सबै स्केलका बाँसुरी थिएन। ई-स्केलको बाँसुरी चाहिएपछि भारतबाट मगाए। त्यो एउटा बाँसुरीका लागि उनले त्यतिबेला पाँच हजार भारू तिर्नु परेको थियो।

">