कोभिड–१९ को असरले सबैभन्दा बढी संकटग्रस्त छ पर्यटन उद्योग। त्यसमध्ये पनि एअरलाइन्स र हस्पिटालिटी क्षेत्र सबैभन्दा धेरै प्रभावित छ। पर्यटन उद्योगले नेपालमा करीब चार लाख मानिसलाई रोजगारी दिएको छ। पर्यटन उद्योग धरासायी हुँदा यी सबैको रोजगारी गुम्ने सम्भावना रहन्छ। विश्वव्यापी बनेको कोरोना महामारीले पर्यटन उद्योगमा परेको असर, त्यसबाट निस्कन अपनाउनुपर्ने तत्कालीन र दीर्घकालीन उपायबारे नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीसँग देखापढीका उद्धव थापाले गरेको कुराकानीः

कोभिड–१९को प्रत्यक्ष र सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको भनिन्छ, पर्यटन क्षेत्र कसरी प्रभावित भइरहेको छ?

यसले संसारभरी नै दुईवटा सेक्टरमा क्षति पुर्‍याएको छ– एउटा ट्रान्सपोर्ट र अर्को  हस्पिटालिटीमा। यी दुवै क्षेत्र अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित छन्। त्यस हिसाबले सम्पूर्ण अर्थतन्त्रलाई ठूलो क्षति पुर्‍याइरहेको छ। नेपालकै सन्दर्भमा हेर्ने हो भने ३० वटा गन्तव्य अनलाइन कनेक्टिभिटीमा थियो। हस्पिटालिटीमा यो सिजनमा ८० प्रतिशत व्यवसाय हुने समय हो। कोभिड–१९ को महामारी शुरु भएपछि यो २० प्रतिशतमा झरेको छ। तर, १० मार्च यता त्यो पनि १० प्रतिशतभन्दा कममा झरिसकेको छ। अहिलेसम्म ६० प्रतिशतजति उडान कटौती भएका छन्।

पर्यटन उद्योगमा मात्रै अहिलेसम्म कति क्षति भयो भन्ने तथ्यांक आकंलन भइसकेको छ ?

ठ्याक्कै आंकलन त भइसकेको छैन । अघिल्लो वर्षको तुलनामा हेर्दा जनवरी र फेब्रुअरीमा एक प्रतिशत मात्रै पर्यटन घटेको थियो। चीनबाट आउने पर्यटक ७६ प्रतिशतले घट्दा कुल पर्यटक आगमन एक प्रतिशतले घटेको हो। त्यही बेला सिंगापुर, थाइल्याण्ड, मलेसियाबाट आउने पर्यटक करीब १२ सय प्रतिशतले बढेका थिए । अर्थात्, फेब्रुअरीसम्म कोभिड–१९ को त्यस्तो ठूलो असर परेको थिएन्।

अगस्टको अन्तिमबाट हाम्रो पर्यटन क्षेत्र पूर्वअवस्थामा आउन सक्छ।

तर, १० मार्च यता सरकारले अनअराइभल भिसा रद्द गर्ने, क्वारेन्टाइनमा राख्ने, आइसोलेशनमा बस्नुपर्ने, विदेशबाट आउँदा स्वास्थ्य परीक्षणको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था गरेपछि पर्यटकको संख्या स्वाट्टै घटेको छ। उड्डयन क्षेत्रमा सबैभन्दा बढी असर परेको छ।

अहिले पर्वतारोहणको समय हो। त्यसबाट सरकारले ठूलो राजश्व संकलन गथ्र्यो। त्यसैगरी, जोमसोम, लुक्ला, सिमिकोटबाट हिल्सा हुँदै मानसरोवर जाने टोली आउँथे। अहिले यी सबै स्थगित भएको छ। त्यहाँको ठूलो अर्थतन्त्र पनि हामीले गुमायौं। काठमाडौं, पोखरा, लुम्बिनी सबै पर्यटकीय क्षेत्रमा पर्यटक गुमाएका छौं। नेपालले वैदेशिक आयआर्जन गर्ने सबैभन्दा ठूलो स्रोत पर्यटन नै हो। करीब चार लाख मानिसले पर्यटन क्षेत्रले प्रत्यक्ष रोजगारी दिइरहेको छ। पर्यटन यस्तो क्षेत्र हो, यससँगै धेरै क्षेत्र जोडिएका हुन्छन् । जस्तै, हस्तकला, कृषि उत्पादन, खानपानका चीजहरूमा नकारात्मक असर परेको देखिन्छ।

०७२ सालमा भूकम्प जाँदा नेपालको पर्यटन लामो समय उठ्न नसक्ने गरी प्रभावित भयो भनिएको थियो तर, केही समयमा नै पहिलेको जस्तै अवस्थामा पुग्यो। अहिले त्यस्तो हुने सम्भावना छ कि छैन?

आर्थिक क्षतिका हिसाबले हेर्ने हो भने भूकम्पको बेला र अहिलेको अवस्था उस्तै हो। धेरैजसो निजी क्षेत्रका साथीहरुले पाँच वर्ष चाही पर्यटन क्षेत्रको अर्थतन्त्र उकासिन्न भन्ने गर्थे। उनीहरुको मनोवल खस्किएको थियो। नाकाबन्दीको प्रभाव पनि पर्यटनमा थियो। तर, त्यतिबेला र अहिलेको प्रकृतिमा फरक छ। त्यतिबेला नेपालमा मात्रै समस्या थियो बाहिर थिएन। हामीले आउनुस् भन्न सक्ने अवस्था थियो। अहिले चाहीँ नआउनुस् भन्नुपरेको छ। त्यतिबेला पुननिर्माणमा निकै समय लाग्ने अवस्था थियो। अहिलेचाहीं यो महामारी नियन्त्रण भएको केही समयमै पूर्वअवस्थामा आउन सक्ने देखिन्छ । किनभने भौतिक क्षति भएको छैन।

आर्थिक क्षतिका हिसाबले हेर्ने हो भने भूकम्पको बेला र अहिलेको अवस्था उस्तै हो। तर, त्यतिबेला र अहिलेको प्रकृतिमा फरक छ। त्यतिबेला नेपालमा मात्रै समस्या थियो बाहिर थिएन। हामीले आउनुस् भन्न सक्ने अवस्था थियो।
 
केही समय अगाडि मैले विदेशमा विज्ञहरुसँग स्काइपबाट कुराकानी गरेको थिएँ। धेरैजसोको धारणा मे महीनाको मध्यसम्ममा यो महामारी नियन्त्रणमा आउँछ भन्ने थियो। अहिले चीनमा निकै नियन्त्रणमा छ। युरोपियन देशमा कोरोना संक्रमणको दर भन्दा पहिल्यै संक्रमण भएका व्यक्तिको मृत्युको दर बढी भएको हो। त्यहाँ पनि संक्रमण नियन्त्रणमै आइरहेको छ। महामारी नियन्त्रण भएको दुई देखि तीन महीनामा व्यवसायीहरूको आत्मविश्वास बढ्न समय लाग्छ। यसो हुँदा अगस्टको अन्तिमबाट हाम्रो पर्यटन क्षेत्र पूर्वअवस्थामा आउन सक्छ। अहिलेसम्म नेपालमा कोरोनाको एउटा मात्रै केश भेटिएको र त्यो पनि ठीक भइसकेको भन्ने छ। यही अवस्थामा रहिरहनु ठूलो चुनौती हो। सबैको ध्यान पनि यसैमा केन्द्रित हुनुपर्छ।  ३०–४० वर्ष अघि पर्यटन थोरै मान्छेका लागि लक्जरीको विषय थियो। अहिले आम मान्छेको लागि अनिवार्य व्यवहार भएको छ। अहिले पनि कतिपय मान्छे घुम्न निस्किरहेका छन्। विगतको अनुभवको आधारमा के भन्न सकिन्छ भने यो रोग नियन्त्रणमा आएको एक डेढ महीनापछि नै मानिसहरू घुम्न निस्किन्छन् नै।

नेपालको पर्यटन क्षेत्र आज जस्तो अवस्थामा छ, त्यो भन्दा नाजुक हुन नदिनका लागि के गर्न सकिन्छ?
पाँच वटा विषयमा हामीले ध्यान केन्द्रित गर्नुपर्छ। एक, रोग आउन नदिन र फैलिन नदिन सरकार, निजी क्षेत्र, सञ्चारमाध्यम सबैले आफ्नोतर्फबाट भूमिका निर्वाह गर्नुपर्छ। सबैको प्रयास र स्रोतमा यसैमा लगाउनुपर्छ। दुई, अहिले जेजति क्षति भएको छ त्यसलाई वैकल्पिक रूपमा समाधान गर्नको लागि सरकार र निजी क्षेत्रले स्टिम्युलश प्याकेज जतिसक्दो चाँडो ल्याउनुपर्छ। यो क्षेत्रमा धेरै मान्छे संलग्न छन् । उनीहरुलाई तलब दिन सकिदैन भने राज्य र निजी क्षेत्र दुवैले मिलेर उनीहरुलाई विश्वस्तरीय जनशक्तिको रुपमा तयार गर्न तालिम दिन सकिन्छ। यतिबेला हल खाली छन्, विज्ञहरू पनि फुर्सदिला छन्। एकजना स्वस्थ मान्छेलाई अर्को स्वस्थ ठाउँमा घुम्न जान रोक्न हुँदैन। केही दिन अघि चितवन गएको थिएँ। त्यहाँ पर्यटन व्यवसायीको तयारी एकदमै राम्रो देखेँ। एक–एक घण्टामा बाथरुमहरू सफा गर्ने, स्यानिटाइजर छर्कने गरेको देखियो। यस्तो सचेतना सहितको घुमघामलाई पनि प्रोत्साहन गर्नुपर्छ।

तीन, इन्सेन्टिभ दिने विषयमा सरकारले गृहकार्य गरिरहेको छ। भ्रमण वर्ष २०२० भनेर कतिपयले ठूलो मात्रामा ऋण लिएर लगानी गरेका छन्। व्यवसायमा क्यास–फ्लो व्यवस्थापन धेरै महत्वपूर्ण हुन्छ। त्यसमा अवरोध भएको छ। यस्तो बेलामा सरकारले किस्ता तिर्ने व्यवस्था पर सारिदिएर होस् वा ऋणलाई पुनर्तालिकिरण गरेर पनि सहयोग गर्न सकिन्छ।  चार, देशभर सचेतना अभिवृद्धीको काम प्रभावकारी रूपमा गर्नुपर्छ। पाचौं, हरेक संकटले केही न केही अवसर लिएर आएको हुन्छ। सरकारले रचनात्मक सहभागीताको लागि सरकारले प्रोत्साहन गर्नुपर्छ। त्यसतर्फ चर्चा नै भएको छैन। सकारात्मक समाचार बन्ने काम पनि यसबेला गरिहनुपर्छ। जस्तो सगरमाथामा आरोहण रोकिएको छ। यो वर्ष विदेशबाट आउने आरोहीलाई रोकेका छौं। यही मौका उपयोग गर्दै सगरमाथा सरसफाइमा केन्द्रित हुन सकिन्छ। राष्ट्रिय निकुञ्जहरुलाई प्लास्टिकमुक्त बनाउन सकिन्छ। सम्पदाहरु एकदमै राम्रो बनाउनेतर्फ केन्द्रित भयौ भने यसले संसारलाई सकरात्मक सन्देश दिन्छ। विमानस्थल अहिले खाली भएको छ, यही समयमा बुटिक एअरपोर्ट बनाउन बाँकी रहेको काम सम्पन्न गर्न सकिन्छ।

‘पर्यटन वर्ष’ स्थगित नभएको भए र महामारी नफैलिएको भए नेपालले आरोहणबाट कति कमाई गर्न सक्थ्यो ?

सन् २०१८ र २०१९ मा एक जना पर्यटकले एक दिनमा ४५ अमेरिकी डलर खर्च गर्थे। उनीहरु १२ दिन नेपालमा बस्थे। २०२० मा यसलाई बढाएर प्रतिदिन ५५ डलर र नेपाल बस्ने दिन पनि बढाएर १४ पुर्‍याउने तयारी थियो। त्यसो हुँदा आम्दानी दोब्बरले बढ्न सक्थ्यो। करीब ३५० जनाले सगरमाथा चढ्ने गरेका थिए। एक जनाले १० हजार डलर भन्दा बढी खर्च गर्छन। यस वर्ष यो सबै गुम्यो। तर, यो संकटपछि अर्थतन्त्रलाई राम्रोसँग व्यवस्थापन गर्न सक्यौ भने झन राम्रोसँग ‘बाउन्स ब्याक’ हुन्छ। त्यो रणनीतिमा पनि हामीले काम गर्नुपर्छ। नयाँ बजेटको लागि पनि सरकारले काम गरिरहेको छ। नयाँ आउने बजेटमा पर्यटन उद्योगलाई प्रोत्साहन गर्ने, उत्पादकत्व र राजश्व बढाउने गरी अहिल्यैबाट योजना बनाउन थाल्नुपर्छ। उडड्यन क्षेत्रलाई बढी अझ प्रतिस्पर्धि बनाउनुपर्छ। कसैले उडानको लागि स्लट माग्न आयो भने दिने तर, आफै मार्केटिङ गर्न नजाने चलन छ। आफै सक्रिय भएर नेपालमा उडानको लागि यो–यो स्लट खाली छ, त्यसमा उडान गर्दा यो–यो इन्सेन्टिभ दिन्छौं भनेर मार्केटिङ गर्नुपर्छ।

‘पर्यटन वर्ष २०२०’ अहिलेका लागि स्थगित भएको छ। यो महामारीपछि पर्यटन वर्षलाई कसरी अगाडि बढाउँदा उपयुक्त होला?

सन् २०१६ मा २०१८ लाई भ्रमण वर्ष मनाउने भनेका थियौं। त्यसलाई पनि सन् २०२० मा पर्यटन वर्षको रूपमा मनाउने भनेर सारेका हौं। निर्वाचन भइसक्छ। नयाँ सरकार आउँछ। पूर्वाधार पनि राम्रोसँग तयार भइसक्छ भन्ने थियो। सन् २०१९ को सेप्टेम्बरसम्ममा भैरहवाको निर्माणाधिन विमानस्थल सम्पन्न भइसक्छ। काठमाडौंको विमानस्थलमा पनि सुधार भइसक्छ। नेपालमा थप एअरलाइन्सको उडान गराउन सकिन्छ र लक्ष्य राखेअनुसारको पर्यटक ल्याउन सकिन्छ भन्ने थियो। तर, पूर्वाधारको विकासमा हामीले सोचेअनुसारको प्रगति गर्न सकिएन। २०२० को भ्रमण वर्षले सबैलाई अपनत्व गराउने र प्रचारप्रसारमा धेरै नै प्रगति भएको हो। दुर्भाग्यवस यो महामारी फैलियो । अहिले सरकारले एक महीना पर्खेर हेर्ने त्यसपछि जस्तो परिस्थिति आउँछ त्यहीअनुसार निर्णय गर्ने भनेर स्थगित गरिएको छ। कतिपयले २०२२ लाई पर्यटन वर्षको रुपमा मनाउनुपर्छ भन्ने गरेका पनि छन्। केही समयमै सहज अवस्था आयो भने पर्यटन वर्षको लागि ५/६ महीना बाँकी नै रहन्छ। पर्यटनका अरु काम त अरु निकायले पनि गरिरहेकै थिए, गरिरहने छन्। पर्यटन वर्ष भनेको ‘एक्स्ट्रा भ्यालु जनेरेट’ गर्नको लागि ल्याइएको हो। सहज स्थिति हुँदा त्यसैलाई निरन्तरता दिए पनि हुन्छ। यो संकट लम्बियो भने अहिलेको पर्यटन वर्षलाई स्थगन गरेर फेरि नयाँ रूपमा शुरू गर्न पनि सकिन्छ।

कोभिड–१९ को प्रभावको कारण संकटग्रस्त भएको पर्यटन क्षेत्रको आत्मविश्वास बढाउने गरी नेपाल पर्यटन बोर्डले कसरी काम गर्दा उपयुक्त होला? तपाईका सुझाव के–के छन्?

स्वयंसेवी रूपमा सहयोग गर्न तयार छु भनेको पनि छु। त्यसका लागि जुनसुकै बेला उपलब्ध पनि छु। विदेशी पर्यटकसँग निरन्तर सम्पर्कमा रहने गरी प्रभावकारी सञ्चारमा ध्यान दिनुपर्छ। यो उहाँहरुले गरिरहनुभएको पनि छ। त्यसका साथै पर्यटन क्षेत्रलाई उत्प्रेरित गरिरहनुपर्छ। हामीले वर्षौ पुराना कन्टेन्ट प्रयोग गरिरहेका छौं। फुर्सद नहुँदा नयाँ कन्टेन्ट बनाउन सकिएको छैन। अहिले नयाँ कन्टेन्ट लेख्ने उपयुक्त समय हो। पर्यटन क्षेत्रमा मानिसहरुको क्षमता अभिवृद्धीमा काम गर्न सकिन्छ। विदेशमा भएका संघ संस्थाहरुसँग निरन्तर सम्पर्कमा रहिरहने गर्नुपर्छ। माहामारी सकिने वित्तिकै मार्केटिङमा कसरी जाने भनेर योजना बनाउने समय पनि यहीँ हो।

" /> कोभिड–१९ को असरले सबैभन्दा बढी संकटग्रस्त छ पर्यटन उद्योग। त्यसमध्ये पनि एअरलाइन्स र हस्पिटालिटी क्षेत्र सबैभन्दा धेरै प्रभावित छ। पर्यटन उद्योगले नेपालमा करीब चार लाख मानिसलाई रोजगारी दिएको छ। पर्यटन उद्योग धरासायी हुँदा यी सबैको रोजगारी गुम्ने सम्भावना रहन्छ। विश्वव्यापी बनेको कोरोना महामारीले पर्यटन उद्योगमा परेको असर, त्यसबाट निस्कन अपनाउनुपर्ने तत्कालीन र दीर्घकालीन उपायबारे नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीसँग देखापढीका उद्धव थापाले गरेको कुराकानीः

"> ‘पर्यटन क्षेत्र आत्तिइहाल्नुपर्ने अवस्था छैन’: Dekhapadhi
‘पर्यटन क्षेत्र आत्तिइहाल्नुपर्ने अवस्था छैन’ <p style="text-align:justify">कोभिड&ndash;१९ को असरले सबैभन्दा बढी संकटग्रस्त छ पर्यटन उद्योग। त्यसमध्ये पनि एअरलाइन्स र हस्पिटालिटी क्षेत्र सबैभन्दा धेरै प्रभावित छ। पर्यटन उद्योगले नेपालमा करीब चार लाख मानिसलाई रोजगारी दिएको छ। पर्यटन उद्योग धरासायी हुँदा यी सबैको रोजगारी गुम्ने सम्भावना रहन्छ। विश्वव्यापी बनेको कोरोना महामारीले पर्यटन उद्योगमा परेको असर, त्यसबाट निस्कन अपनाउनुपर्ने तत्कालीन र दीर्घकालीन उपायबारे नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिईओ) <strong>दीपकराज जोशी</strong>सँग<em><strong> देखापढी</strong></em>का <strong>उद्धव थापा</strong>ले गरेको कुराकानीः</p> <p style="text-align:justify"><strong>कोभिड&ndash;१९को प्रत्यक्ष र सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको भनिन्छ, पर्यटन क्षेत्र कसरी प्रभावित भइरहेको छ?</strong></p> <p style="text-align:justify">यसले संसारभरी नै दुईवटा सेक्टरमा क्षति पुर्&zwj;याएको छ&ndash; एउटा ट्रान्सपोर्ट र अर्को &nbsp;हस्पिटालिटीमा। यी दुवै क्षेत्र अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित छन्। त्यस हिसाबले सम्पूर्ण अर्थतन्त्रलाई ठूलो क्षति पुर्&zwj;याइरहेको छ। नेपालकै सन्दर्भमा हेर्ने हो भने ३० वटा गन्तव्य अनलाइन कनेक्टिभिटीमा थियो। हस्पिटालिटीमा यो सिजनमा ८० प्रतिशत व्यवसाय हुने समय हो। कोभिड&ndash;१९ को महामारी शुरु भएपछि यो २० प्रतिशतमा झरेको छ। तर, १० मार्च यता त्यो पनि १० प्रतिशतभन्दा कममा झरिसकेको छ। अहिलेसम्म ६० प्रतिशतजति उडान कटौती भएका छन्।</p> <p style="text-align:justify"><strong>पर्यटन उद्योगमा मात्रै अहिलेसम्म कति क्षति भयो भन्ने तथ्यांक आकंलन भइसकेको छ ?</strong></p> <p style="text-align:justify">ठ्याक्कै आंकलन त भइसकेको छैन । अघिल्लो वर्षको तुलनामा हेर्दा जनवरी र फेब्रुअरीमा एक प्रतिशत मात्रै पर्यटन घटेको थियो। चीनबाट आउने पर्यटक ७६ प्रतिशतले घट्दा कुल पर्यटक आगमन एक प्रतिशतले घटेको हो। त्यही बेला सिंगापुर, थाइल्याण्ड, मलेसियाबाट आउने पर्यटक करीब १२ सय प्रतिशतले बढेका थिए । अर्थात्, फेब्रुअरीसम्म कोभिड&ndash;१९ को त्यस्तो ठूलो असर परेको थिएन्।</p> <blockquote> <p style="text-align:justify">अगस्टको अन्तिमबाट हाम्रो पर्यटन क्षेत्र पूर्वअवस्थामा आउन सक्छ।</p> </blockquote> <p style="text-align:justify">तर, १० मार्च यता सरकारले अनअराइभल भिसा रद्द गर्ने, क्वारेन्टाइनमा राख्ने, आइसोलेशनमा बस्नुपर्ने, विदेशबाट आउँदा स्वास्थ्य परीक्षणको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था गरेपछि पर्यटकको संख्या स्वाट्टै घटेको छ। उड्डयन क्षेत्रमा सबैभन्दा बढी असर परेको छ।</p> <p style="text-align:justify">अहिले पर्वतारोहणको समय हो। त्यसबाट सरकारले ठूलो राजश्व संकलन गथ्र्यो। त्यसैगरी, जोमसोम, लुक्ला, सिमिकोटबाट हिल्सा हुँदै मानसरोवर जाने टोली आउँथे। अहिले यी सबै स्थगित भएको छ। त्यहाँको ठूलो अर्थतन्त्र पनि हामीले गुमायौं। काठमाडौं, पोखरा, लुम्बिनी सबै पर्यटकीय क्षेत्रमा पर्यटक गुमाएका छौं। नेपालले वैदेशिक आयआर्जन गर्ने सबैभन्दा ठूलो स्रोत पर्यटन नै हो। करीब चार लाख मानिसले पर्यटन क्षेत्रले प्रत्यक्ष रोजगारी दिइरहेको छ। पर्यटन यस्तो क्षेत्र हो, यससँगै धेरै क्षेत्र जोडिएका हुन्छन् । जस्तै, हस्तकला, कृषि उत्पादन, खानपानका चीजहरूमा नकारात्मक असर परेको देखिन्छ।</p> <p style="text-align:justify"><strong>०७२ सालमा भूकम्प जाँदा नेपालको पर्यटन लामो समय उठ्न नसक्ने गरी प्रभावित भयो भनिएको थियो तर, केही समयमा नै पहिलेको जस्तै अवस्थामा पुग्यो। अहिले त्यस्तो हुने सम्भावना छ कि छैन?</strong></p> <p style="text-align:justify">आर्थिक क्षतिका हिसाबले हेर्ने हो भने भूकम्पको बेला र अहिलेको अवस्था उस्तै हो। धेरैजसो निजी क्षेत्रका साथीहरुले पाँच वर्ष चाही पर्यटन क्षेत्रको अर्थतन्त्र उकासिन्न भन्ने गर्थे। उनीहरुको मनोवल खस्किएको थियो। नाकाबन्दीको प्रभाव पनि पर्यटनमा थियो। तर, त्यतिबेला र अहिलेको प्रकृतिमा फरक छ। त्यतिबेला नेपालमा मात्रै समस्या थियो बाहिर थिएन। हामीले आउनुस् भन्न सक्ने अवस्था थियो। अहिले चाहीँ नआउनुस् भन्नुपरेको छ। त्यतिबेला पुननिर्माणमा निकै समय लाग्ने अवस्था थियो। अहिलेचाहीं यो महामारी नियन्त्रण भएको केही समयमै पूर्वअवस्थामा आउन सक्ने देखिन्छ । किनभने भौतिक क्षति भएको छैन।</p> <blockquote> <p style="text-align:justify">आर्थिक क्षतिका हिसाबले हेर्ने हो भने भूकम्पको बेला र अहिलेको अवस्था उस्तै हो। तर, त्यतिबेला र अहिलेको प्रकृतिमा फरक छ। त्यतिबेला नेपालमा मात्रै समस्या थियो बाहिर थिएन। हामीले आउनुस् भन्न सक्ने अवस्था थियो।<br /> &nbsp;</p> </blockquote> <p style="text-align:justify">केही समय अगाडि मैले विदेशमा विज्ञहरुसँग स्काइपबाट कुराकानी गरेको थिएँ। धेरैजसोको धारणा मे महीनाको मध्यसम्ममा यो महामारी नियन्त्रणमा आउँछ भन्ने थियो। अहिले चीनमा निकै नियन्त्रणमा छ। युरोपियन देशमा कोरोना संक्रमणको दर भन्दा पहिल्यै संक्रमण भएका व्यक्तिको मृत्युको दर बढी भएको हो। त्यहाँ पनि संक्रमण नियन्त्रणमै आइरहेको छ। महामारी नियन्त्रण भएको दुई देखि तीन महीनामा व्यवसायीहरूको आत्मविश्वास बढ्न समय लाग्छ। यसो हुँदा अगस्टको अन्तिमबाट हाम्रो पर्यटन क्षेत्र पूर्वअवस्थामा आउन सक्छ। अहिलेसम्म नेपालमा कोरोनाको एउटा मात्रै केश भेटिएको र त्यो पनि ठीक भइसकेको भन्ने छ। यही अवस्थामा रहिरहनु ठूलो चुनौती हो। सबैको ध्यान पनि यसैमा केन्द्रित हुनुपर्छ।&nbsp; ३०&ndash;४० वर्ष अघि पर्यटन थोरै मान्छेका लागि लक्जरीको विषय थियो। अहिले आम मान्छेको लागि अनिवार्य व्यवहार भएको छ। अहिले पनि कतिपय मान्छे घुम्न निस्किरहेका छन्। विगतको अनुभवको आधारमा के भन्न सकिन्छ भने यो रोग नियन्त्रणमा आएको एक डेढ महीनापछि नै मानिसहरू घुम्न निस्किन्छन् नै।</p> <figure class="image" style="float:right"><img alt="" height="309" src="https://www.dekhapadhi.com/storage/photos/shares/Intreview/DipakRaj Joshi1.jpg" width="550" /> <figcaption></figcaption> </figure> <p style="text-align:justify"><strong>नेपालको पर्यटन क्षेत्र आज जस्तो अवस्थामा छ, त्यो भन्दा नाजुक हुन नदिनका लागि के गर्न सकिन्छ?</strong><br /> पाँच वटा विषयमा हामीले ध्यान केन्द्रित गर्नुपर्छ। एक, रोग आउन नदिन र फैलिन नदिन सरकार, निजी क्षेत्र, सञ्चारमाध्यम सबैले आफ्नोतर्फबाट भूमिका निर्वाह गर्नुपर्छ। सबैको प्रयास र स्रोतमा यसैमा लगाउनुपर्छ। दुई, अहिले जेजति क्षति भएको छ त्यसलाई वैकल्पिक रूपमा समाधान गर्नको लागि सरकार र निजी क्षेत्रले स्टिम्युलश प्याकेज जतिसक्दो चाँडो ल्याउनुपर्छ। यो क्षेत्रमा धेरै मान्छे संलग्न छन् । उनीहरुलाई तलब दिन सकिदैन भने राज्य र निजी क्षेत्र दुवैले मिलेर उनीहरुलाई विश्वस्तरीय जनशक्तिको रुपमा तयार गर्न तालिम दिन सकिन्छ। यतिबेला हल खाली छन्, विज्ञहरू पनि फुर्सदिला छन्। एकजना स्वस्थ मान्छेलाई अर्को स्वस्थ ठाउँमा घुम्न जान रोक्न हुँदैन। केही दिन अघि चितवन गएको थिएँ। त्यहाँ पर्यटन व्यवसायीको तयारी एकदमै राम्रो देखेँ। एक&ndash;एक घण्टामा बाथरुमहरू सफा गर्ने, स्यानिटाइजर छर्कने गरेको देखियो। यस्तो सचेतना सहितको घुमघामलाई पनि प्रोत्साहन गर्नुपर्छ।</p> <p style="text-align:justify">तीन, इन्सेन्टिभ दिने विषयमा सरकारले गृहकार्य गरिरहेको छ। भ्रमण वर्ष २०२० भनेर कतिपयले ठूलो मात्रामा ऋण लिएर लगानी गरेका छन्। व्यवसायमा क्यास&ndash;फ्लो व्यवस्थापन धेरै महत्वपूर्ण हुन्छ। त्यसमा अवरोध भएको छ। यस्तो बेलामा सरकारले किस्ता तिर्ने व्यवस्था पर सारिदिएर होस् वा ऋणलाई पुनर्तालिकिरण गरेर पनि सहयोग गर्न सकिन्छ।&nbsp; चार, देशभर सचेतना अभिवृद्धीको काम प्रभावकारी रूपमा गर्नुपर्छ। पाचौं, हरेक संकटले केही न केही अवसर लिएर आएको हुन्छ। सरकारले रचनात्मक सहभागीताको लागि सरकारले प्रोत्साहन गर्नुपर्छ। त्यसतर्फ चर्चा नै भएको छैन। सकारात्मक समाचार बन्ने काम पनि यसबेला गरिहनुपर्छ। जस्तो सगरमाथामा आरोहण रोकिएको छ। यो वर्ष विदेशबाट आउने आरोहीलाई रोकेका छौं। यही मौका उपयोग गर्दै सगरमाथा सरसफाइमा केन्द्रित हुन सकिन्छ। राष्ट्रिय निकुञ्जहरुलाई प्लास्टिकमुक्त बनाउन सकिन्छ। सम्पदाहरु एकदमै राम्रो बनाउनेतर्फ केन्द्रित भयौ भने यसले संसारलाई सकरात्मक सन्देश दिन्छ। विमानस्थल अहिले खाली भएको छ, यही समयमा बुटिक एअरपोर्ट बनाउन बाँकी रहेको काम सम्पन्न गर्न सकिन्छ।</p> <p style="text-align:justify"><strong>&lsquo;पर्यटन वर्ष&rsquo; स्थगित नभएको भए र महामारी नफैलिएको भए नेपालले आरोहणबाट कति कमाई गर्न सक्थ्यो ?</strong></p> <p style="text-align:justify">सन् २०१८ र २०१९ मा एक जना पर्यटकले एक दिनमा ४५ अमेरिकी डलर खर्च गर्थे। उनीहरु १२ दिन नेपालमा बस्थे। २०२० मा यसलाई बढाएर प्रतिदिन ५५ डलर र नेपाल बस्ने दिन पनि बढाएर १४ पुर्&zwj;याउने तयारी थियो। त्यसो हुँदा आम्दानी दोब्बरले बढ्न सक्थ्यो। करीब ३५० जनाले सगरमाथा चढ्ने गरेका थिए। एक जनाले १० हजार डलर भन्दा बढी खर्च गर्छन। यस वर्ष यो सबै गुम्यो। तर, यो संकटपछि अर्थतन्त्रलाई राम्रोसँग व्यवस्थापन गर्न सक्यौ भने झन राम्रोसँग &lsquo;बाउन्स ब्याक&rsquo; हुन्छ। त्यो रणनीतिमा पनि हामीले काम गर्नुपर्छ। नयाँ बजेटको लागि पनि सरकारले काम गरिरहेको छ। नयाँ आउने बजेटमा पर्यटन उद्योगलाई प्रोत्साहन गर्ने, उत्पादकत्व र राजश्व बढाउने गरी अहिल्यैबाट योजना बनाउन थाल्नुपर्छ।&nbsp;उडड्यन क्षेत्रलाई बढी अझ प्रतिस्पर्धि बनाउनुपर्छ। कसैले उडानको लागि स्लट माग्न आयो भने दिने तर, आफै मार्केटिङ गर्न नजाने चलन छ। आफै सक्रिय भएर नेपालमा उडानको लागि यो&ndash;यो स्लट खाली छ, त्यसमा उडान गर्दा यो&ndash;यो इन्सेन्टिभ दिन्छौं भनेर मार्केटिङ गर्नुपर्छ।</p> <p style="text-align:justify"><strong>&lsquo;पर्यटन वर्ष २०२०&rsquo; अहिलेका लागि स्थगित भएको छ। यो महामारीपछि पर्यटन वर्षलाई कसरी अगाडि बढाउँदा उपयुक्त होला?</strong></p> <p style="text-align:justify">सन् २०१६ मा २०१८ लाई भ्रमण वर्ष मनाउने भनेका थियौं। त्यसलाई पनि सन् २०२० मा पर्यटन वर्षको रूपमा मनाउने भनेर सारेका हौं। निर्वाचन भइसक्छ। नयाँ सरकार आउँछ। पूर्वाधार पनि राम्रोसँग तयार भइसक्छ भन्ने थियो। सन् २०१९ को सेप्टेम्बरसम्ममा भैरहवाको निर्माणाधिन विमानस्थल सम्पन्न भइसक्छ। काठमाडौंको विमानस्थलमा पनि सुधार भइसक्छ। नेपालमा थप एअरलाइन्सको उडान गराउन सकिन्छ र लक्ष्य राखेअनुसारको पर्यटक ल्याउन सकिन्छ भन्ने थियो। तर, पूर्वाधारको विकासमा हामीले सोचेअनुसारको प्रगति गर्न सकिएन। २०२० को भ्रमण वर्षले सबैलाई अपनत्व गराउने र प्रचारप्रसारमा धेरै नै प्रगति भएको हो। दुर्भाग्यवस यो महामारी फैलियो । अहिले सरकारले एक महीना पर्खेर हेर्ने त्यसपछि जस्तो परिस्थिति आउँछ त्यहीअनुसार निर्णय गर्ने भनेर स्थगित गरिएको छ। कतिपयले २०२२ लाई पर्यटन वर्षको रुपमा मनाउनुपर्छ भन्ने गरेका पनि छन्। केही समयमै सहज अवस्था आयो भने पर्यटन वर्षको लागि ५/६ महीना बाँकी नै रहन्छ। पर्यटनका अरु काम त अरु निकायले पनि गरिरहेकै थिए, गरिरहने छन्। पर्यटन वर्ष भनेको &lsquo;एक्स्ट्रा भ्यालु जनेरेट&rsquo; गर्नको लागि ल्याइएको हो। सहज स्थिति हुँदा त्यसैलाई निरन्तरता दिए पनि हुन्छ। यो संकट लम्बियो भने अहिलेको पर्यटन वर्षलाई स्थगन गरेर फेरि नयाँ रूपमा शुरू गर्न पनि सकिन्छ।</p> <p style="text-align:justify"><strong>कोभिड&ndash;१९ को प्रभावको कारण संकटग्रस्त भएको पर्यटन क्षेत्रको आत्मविश्वास बढाउने गरी नेपाल पर्यटन बोर्डले कसरी काम गर्दा उपयुक्त होला? तपाईका सुझाव के&ndash;के छन्?</strong></p> <p style="text-align:justify">स्वयंसेवी रूपमा सहयोग गर्न तयार छु भनेको पनि छु। त्यसका लागि जुनसुकै बेला उपलब्ध पनि छु। विदेशी पर्यटकसँग निरन्तर सम्पर्कमा रहने गरी प्रभावकारी सञ्चारमा ध्यान दिनुपर्छ। यो उहाँहरुले गरिरहनुभएको पनि छ। त्यसका साथै पर्यटन क्षेत्रलाई उत्प्रेरित गरिरहनुपर्छ। हामीले वर्षौ पुराना कन्टेन्ट प्रयोग गरिरहेका छौं। फुर्सद नहुँदा नयाँ कन्टेन्ट बनाउन सकिएको छैन। अहिले नयाँ कन्टेन्ट लेख्ने उपयुक्त समय हो। पर्यटन क्षेत्रमा मानिसहरुको क्षमता अभिवृद्धीमा काम गर्न सकिन्छ। विदेशमा भएका संघ संस्थाहरुसँग निरन्तर सम्पर्कमा रहिरहने गर्नुपर्छ। माहामारी सकिने वित्तिकै मार्केटिङमा कसरी जाने भनेर योजना बनाउने समय पनि यहीँ हो।<br /> <iframe frameborder="0" height="550" scrolling="no" src="https://www.youtube.com/embed/ApJhAh31kGs" width="650"></iframe></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्