यस्ता छन् चीन–नेपालबीच भएका हालसम्मका उच्चस्तरीय भ्रमण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणमाका क्रममा आज दिउँसो काठमाडौं आउँदै छन् । नेपालबाट निरन्तर उच्चस्तरमा चीन भ्रमण हुँदै आए पनि चीनबाट भने पछिल्लो २३ वर्षसम्म राष्ट्रपतिको स्तरमा नेपाल भ्रमण भएको थिएन ।

४–५ डिसेम्बर १९९६ मा चीनका तत्कालीन राष्ट्रपति च्याङ जमिनले नेपाल भ्रमण गरे यताको दुई दशक बढी लामो रिक्तताका बीच राष्ट्रपति सीले नेपाल टेक्न लागेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९४९ मा चीनमा शासन सम्हाले यता जम्मा दुई जना चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गरेका छन्।

नेपालमा सन् १९५० मा प्रजातन्त्र स्थापना भएपश्चात त्रिभुवन बाहेकका सबै पूर्व राजाले चीनको भ्रमण गरेका छन् । त्यस्तै सन् १९९० मा प्रजातान्त्र पुनःस्थापना भएपछि कृष्णप्रसाद भट्टराई, लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा चीनको औपचारिक भ्रमण नगर्ने प्रधानमन्त्रीको सूचिमा पर्छन् । गणतन्त्र स्थापना भएपछि प्र्रधानमन्त्री भएका बाबुराम भट्टराई र झलनाथ खनाललाई पनि औपचारिक रुपमा चीनको भ्रमण गर्ने मौका जुरेन ।

१ अगष्ट १९५५ मा नेपाल र चीनबीच औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि दुई देशबाट भएका उच्चस्तरीय भ्रमणहरु यस्ता छन्–

नेपाल-चीन

प्रधानमन्त्री

टंकप्रसाद आचार्य सन् १९५६

वीपी कोइराला सन् १९६०

किर्तिनिधि विष्ट सन् १९७२ र १९७८

गिरिजाप्रसाद कोइराला सन् १९९२ र १९९३

मनमोहन अधिकारी सन् १९९५

शेरबहादुर देउवा सन् १९९६

पुष्पकमल दाहाल सन् २००८ र २०१७

माधवकुमार नेपाल सन् २००९

सुशिल कोइराला सन् २०१४

केपी शर्मा ओली सन् २०१६ र २०१८

राजा

महेन्द्र सन् १९६१

वीरेन्द्र सन् १९७३, १९८२, १९९३, १९९६ र २००१

ज्ञानेन्द्र सन् २००२ र २००५

राष्ट्रपति

रामवरण यादव सन् २०१०-साङघाई र २०१५-बोआवा सम्मेलन

विद्यादेवी भण्डारी सन् २०१९ राजकीय भ्रमण । दोस्रो बीआरआई फोरममा सहभागी।

उप-राष्ट्रपति

परमानन्द झा सन् २०१३-कुनमिन र २०१५- शांक्सी प्रान्त

नन्दबहादुर पुन सन् २०१६, युनान प्रान्त

चीन-नेपाल

प्रधानमन्त्री

चाउ एनलाई सन् १९५७ र १९६०

झाओ झियाङ सन् १९८१

लि पेङ् सन् १९८९

झु रोंग्जी सन् २००१

वेन जियावाओ सन् २०१२

राष्ट्रपति

ली सियाननियान सन् १९८४

च्यान जमिन सन् १९९६

उप–प्रधानमन्त्री

चेन यी सन् १९६० (प्रधानमन्त्री चाउ एनलाईसँगै)

चेन सिलियान सन् १९७५

तेङ सीआयो पिङ सन् १९७८

सियाओ सी सन् १९८७

स्रोतः बेजिङस्थित नेपाली दूतावास

सन् १९६० मा प्रधानमन्त्री वीपी कोइराला चिनियाँ समकक्षी चाउ एनलाईसँग चीन-नेपाल शान्ति मैत्री सन्धि गर्दै ।

सन् १९६१ मा राजा महेन्द्र चिनियाँ नेता माओ त्से तुङबीच चीनमा भेट-वार्ता।

सन् १९७८ मा तङ स्याउ पिङद्वारा नेपालको भ्रमण, राजा वीरेन्द्रसँग भेट।

सन् २०१९ मा राष्ट्रपति भण्डारी बेइजिङमा चिनियाँ समकक्षी सीलाई भेट्दै।

सन् २०१७ मा तत्काली प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति सीबीच बेइजिङ भेट-वार्ता।

प्रतिक्रिया दिनुहोस्