संसार अहिलेभन्दा कम खुला, कम समृद्ध र कम स्वतन्त्र हुनेछ
स्टेफन एम. वाल्ट
अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक, हावर्ड विश्वविद्यालय
यो विश्वव्यापी महामारीले राज्यलाई बलियो बनाउनेछ र राष्ट्रवादलाई विश्वराजनीतिमा पुनः प्रवेश गराउनेछ। सबैखाले सरकारहरूले संकट व्यवस्थापन गर्न आपतकालीन उपायहरू लगाउनेछन्। तीमध्ये धेरैले यी संकटकालीन अधिकार त्याग्न आलटाल गर्नेछन्।
कोभिड-१९ महामारीले विश्वशक्ति पश्चिमबाट पूर्व सर्ने दर पनि छिटो बनाउनेछ। दक्षिण कोरिया र सिंगापुरले यसको सामना उत्तम तरिकाले गरेका छन्। चीनले शुरुमा केही गल्ती गरे पनि निकै उत्कृष्ट तरिकाले समाधान गरेको छ। त्यसको तुलनामा युरोप र अमेरिकाले पनि निकै ढिलोगरी र योजनाबद्ध नभईकन यसको सामना गरे जसले पश्चिमा ‘ब्रान्ड’को आभा मधुरो बनाइदियो।
यो महामारीपछि नफेरिने एउटै कुरा हो, विश्वको प्रतिस्पर्धात्मक चरित्र। यसअघिका प्लेगदेखि सन् १९१८–१९१९मा फैलिएको इन्फ्लुएन्जाको प्रकोपले पनि विश्वको शक्ति संघर्षमा कुनै परिवर्तन ल्याएको थिएन। न त विश्वव्यापी सहकार्यको नयाँ युगले नै त्यो शक्ति संघर्षमा कुनै परिर्वतन ल्याएको थियो। कोभिड-१९ले पनि ल्याउनेछैन।
हामीले अतिविश्वव्यापीकरणबाट पछि हटेको देख्नेछौं। नागरिकका रुपमा आफ्नो सरकारले ख्याल गर्यो, गरेन हेर्नेछौं। राज्य र फर्मले भविष्यका जोखिम कम गर्न ध्यान दिनेछन्।
छोटोमा भन्दा, कोभिड-१९ले कम खुला, कम समृद्ध र कम स्वतन्त्र संसार बनाउनेछ। संसार यसरी अघि बढ्न हुँदैनथ्यो तर, यो डरलाग्दो भाइरस, अपुरो योजना र अक्षम नेतृत्वले मानवजातिलाई नयाँ र चिन्ताजनक बाटोमा हिँडाइदिएको छ।
विश्वव्यापीकरणको अन्त्य हुनेछ
रोबिन निब्लेट
निर्देशक, छत्थाम हाउस
आर्थिक विश्वव्यापीकरण भंग गर्ने महत्वपूर्ण परिघटना हुनेछ कोभिड-१९ महामारी।
चीनको बढ्दो आर्थिक र सैन्य शक्तिले अमेरिकामा चीन विरोधी निर्णयहरू गर्न उत्प्रेरित गरेको छ। ऊ चीनलाई अमेरिकाको उच्च प्रविधि र बौद्धिक सम्पत्तिबाट पर राख्न चाहन्छ।
कार्बन उत्सर्जन घटाउने लक्ष्यमा पुग्न बढ्दो सार्वजनिक र राजनीतिक दबाबले यसअघि नै कम्पनीहरूले अन्तर्देशीय वितरण प्रणालीमाथि शंका गर्न थालेका छन्।
कोभिड-१९ ले सरकार, कम्पनी र समाजहरूलाई लामो समयसम्म आर्थिक रुपमा बेग्लै बस्ने क्षमता विकास गर्नुपर्ने दबाब सिर्जना गरेको छ।
२१ औं शताब्दीको शुरुमा देखिएको सबैलाई हितकारी विश्वव्यापीकरणको मान्यतामा फर्किने सम्भावना निकै कम देखिन्छ।
विश्व आर्थिक एकीकरणबाट प्राप्त नाफा सुरक्षित हुनसक्ने स्थिति नरहेपछि २० औं शताब्दीमा स्थापित विश्व आर्थिक शासन छिटै नै धराशायी हुनेछ। त्यसकारण अन्तर्राष्ट्रिय सहकार्य कायम राख्न र भूराजनीतिक प्रतिष्पर्धामा नफर्किन राजनीतिक नेताहरूमा ठूलो ईच्छाशक्ति चाहिनेछ।
कोभिड-१९ ले सिर्जना गरेको संकट व्यवस्थापन गरेर नेताहरूले राजनीतिक पूँजी जम्मा गर्नेछन्। तर संकट व्यवस्थापन गर्न नसकेका नेताहरूले आफ्नो असफलताको दोष अरूलाई लगाउनेछन्।
विश्वव्यापीकरण थप चीन केन्द्रित हुनेछ
किशोर महबुबानी
अनुसन्धाता, नेसनल विश्वविद्यालय सिंगापुरको ‘एसिया रिसर्च इन्स्टिच्युट’
कोभिड-१९ महामारीले विश्व अर्थतन्त्रको दिशालाई आधारभुत रुपमा परिवर्तन गर्नेछैन। यसले पहिले नै शुरु भइसकेको परिवर्तनलाई थप गति दिनेछ। त्यो हो, अमेरिका केन्द्रित विश्वव्यापीकरण चीन केन्द्रित हुने गति बढ्नेछ।
यो परिवर्तन किन निरन्तर हुनेछ? किनभने अमेरिकी जनताले विश्वव्यापीकरण र अन्तर्राष्ट्रिय व्यापारमा विश्वास गुमाइसकेका छन्। डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति रहे पनि, नरहे पनि खुला व्यापार सम्झौताहरू हानिकारक रहेको मान्यता विकास भएको छ अमेरिकामा। तर, चीनले भने विश्वास गुमाइसकेको छैन। आखिर किन? यसका केही ऐतिहासिक कारण छन्। चीनका नेताहरूले बुझेका छन्, सन् १८४२ देखि १९४९ सम्मको ‘अपमानको शताब्दी’ त्यतिबेलाका नेताहरूको संसारसँग अलग रहने नीतिको दुष्परिणाम थियो। त्यसको ठ्याक्कै
विपरीत पछिल्लो केही दशकमा भएको चीनको आर्थिक पुनरुत्थान विश्वसँगको सामीप्यताका कारण मात्र सम्भव भएको हो।
मैले आफ्नो पुस्तकमा ‘ह्याज चाइना वोन?’मा पनि उल्लेख गरेको छु, संयुक्त राज्य अमेरिकासँग दुईवटा विकल्प छन्। यदि यसको पहिलो उद्धेश्य विश्वमा आफ्नो नेतृत्व कायम गर्ने हो भने उसले चीनसँगको राजनीतिक, आर्थिक प्रतिस्पर्धा कुनै हालतमा पनि जित्नेगरी लाग्नुपर्छ। यसको साटो, अमेरिकाको उद्धेश्य आफ्ना जनतालाई समृद्ध बनाउने र अहिले क्षयीकरण भएको उनीहरूको सामाजिक अवस्थामा सुधार ल्याउने हो भने चीनसँग सहकार्य गर्नुपर्छ। उत्तम छनौट भने सहकार्य हुनेछ। यद्यपि अमेरिकामा विकसित चीनविरोधी धारणाका कारण सहकार्यको सम्भावना क्षीण छ।
प्रजातन्त्र आफ्नो खोलबाट बाहिर आउनेछ
जी. जोन आइकनबेरी
अन्तर्राष्ट्रिय मामिला र राजनीतिका प्राध्यापक, प्रिन्सटन युनिभर्सिटी
यो संकटले पश्चिमा रणनीतिबारे विभिन्न क्याम्पमा भएको बहसमा घ्यु थपिदिनेछ। राष्ट्रवादी र विश्वव्यापीकरण विरोधीहरू, चीन पक्षधरहरू र उदार अन्तर्राष्ट्रवादीहरूलाई पनि आफ्ना मान्यताको अनिवार्यता रहेको पुष्टि गर्न नयाँ तथ्य उपलब्ध भएको छ। यो महामारीका कारण उत्पन्न हुने आर्थिक क्षति र सामाजिक विघटनले राष्ट्रवाद, ठूला शक्तिबीचको द्वन्द्व र रणनीतिक विभाजन सिर्जना हुनेछन्।
तर सन् १९३० र ४० को दशकमा जस्तै अहिले पनि समकालीन चिन्तनको विपरीत धार पनि बिस्तारै उदाउन सक्नेछ। यो अमेरिकी राष्ट्रपति फ्रान्क्लिन डी. रुजवेल्टले अघि सारेजस्तो अन्तर्राष्ट्रवाद हुनेछ। सन् १९३० को दशकमा भएको विश्व अर्थतन्त्रको विघटनले आधुनिक समाजहरू कसरी एक अर्कासँग जोडिएका छन् र कसरी रुजवेल्टले भन्ने गरेको ‘संक्रमण’ को जोखिममा छन् भन्ने देखायो। अमेरिका ठूला शक्तिको भन्दा बढी आधुनिकताका सही र खराब शक्तिको त्रासमा बढी थियो।
रुजवेल्ट र अन्य अन्तर्राष्ट्रवादीहरूले गरेको व्यवस्था भने युद्धपछिको विश्व व्यवस्था थियो जसले नयाँ खालका सुरक्षा रणनीति खुला प्रणालीको पुनर्निर्माण गथ्र्यो। यो विश्व व्यवस्थासँग अन्तरनिर्भरतालाई व्यवस्थापन गर्ने क्षमता पनि थियो। संयुक्त राज्य अमेरिका आफ्ना सीमापछाडि लुक्न सक्दैनथ्यो बरु युद्धपछिको विश्वव्यवस्थाका लागि आवश्यक बहुपक्षीय सहकार्यको आधार निर्माण गर्न योगदान गर्न सक्थ्यो।
त्यसैले संयुक्त राज्य अमेरिका र अन्य पश्चिमा प्रजातन्त्रले भविष्यका जोखिम ख्याल गर्दै यस्तै खालको यात्रा तय गर्ने सम्भावना छ। शुरुमा यस्तो अभ्यास धेरै हदसम्म राष्ट्रवादी हुनेछ तर अन्ततोगत्वा प्रजातन्त्र आफ्नो खोलबाट बाहिर आउनेछ र नयाँ खालको व्यावहारिक र सुरक्षात्मक अन्तर्राष्ट्रवाद फेला पार्नेछ।
नाफा घट्नेछ, स्थिरता बढ्नेछ
श्यानोन के. ओनेल
सिनियर फेलो, काउन्सिल अन फरेन रिेलेसन्स
कोभिड-१९ ले विश्वव्यापी उत्पादनका आधारभुत मान्यता भंग गराइदिरहेछ। कम्पनीहरूले अब बहुराष्ट्रिय वितरण प्रणाली खुम्चाउनेछन्।
चिनियाँ श्रमिकको ज्यालावृद्धि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धको घोषणा, रोबोटिक्समा परिष्कार र थ्रिडी प्रिन्टिङ जस्ता कारणले आर्थिक रुपमा विश्व वितरण प्रणाली पहिले नै जोखिममा परिसकेको छ। कोभिड-१९ ले यसमा थप क्षति पुर्याएका छन् किनभने संक्रमित क्षेत्रमा फ्याक्ट्रीहरू बन्द भएका छन्।
यो महामारीको अर्को असर पनि छ। धेरै कम्पनीले आफूले वितरण गर्ने सामग्री कहाँबाट आउँछन् भन्ने जान्न खोज्नेछन् जसले नाफामा असर पुर्याउनेछ। त्यसैगरी सरकारहरूले पनि प्रशस्त हस्तक्षेप गर्नेछन्। उनीहरू घरेलु उत्पादन बलियो बनाउनेतिर लाग्नेछन्। नाफा कमाउने दर घट्नेछ, तर वितरण प्रणालीको स्थिरता बढ्नेछ।
महामारीका तीन प्रभाव छन्
शिवशंकर मेनन
भारतका पूर्वराजदूत एवं पूर्वप्रधानमन्त्री मनमोहन सिंहका सल्लाहकार
हामी महामारीको शुरुआती चरणमा छौं तर तीन वटा प्रभाव प्रष्ट देखिन्छन्।
पहिलो, यो महामारीले हाम्रो राजनीतिमा परिवर्तन ल्याउनेछ। त्यो परिवर्तन देशभित्र र देशहरूबीच दुवैतिर हुनेछ। यसले सरकारको शक्तिमा परिवर्तन ल्याउनेछ। महामारी र यसका आर्थिक असरहरूमाथि सरकारहरूको सफलताको आधारमा सुरक्षा चुनौती र समाजभित्रका पछिल्ला ध्रुवीकरणलाई बढाउने वा घटाउने छ। अवश्य पनि, कोरिया र ताइवानजस्ता महामारीलाई शुरुमै सम्बोधन गर्ने देशहरू प्रजातान्त्रिक हुन् कुनै लोकप्रियतावादी वा स्वेच्छाचारी नेताले चलाएको देश होइनन्।
दोस्रो, यो अन्तरनिर्भरतायुक्त संसारको अन्त्य होइन। महामारी आफैमा अन्तरनिर्भरताको प्रमाण हो। तर, हरेक राज्य पहिले नै आत्मकेन्द्रित भएका छन्। उनीहरू आफ्नो भाग्य आफै निर्धारण गर्न खोजिरहेछन्।
तेस्रो, यो महामारीसँगै आशाका किरण पनि देखिएका छन्। भारतले महामारीविरुद्ध जुध्न दक्षिण एसियाली नेताहरूसँग भिडिओ कन्फ्रेन्स शुरु गर्यो। यदि यो महामारीलाई हामीले सहकार्य गर्ने उद्धेश्यले हेर्छौं भने सही शुरुआतको समय यही हो।
अमेरिकी शक्तिलाई नयाँ रणनीति चाहिनेछ
जोसेफ एस. नाई
प्राध्यापक, हार्वड विश्वविद्यालय
सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरे। उक्त रणनीति ठूला शक्ति राष्ट्रहरूको प्रतिस्पर्धा लक्षित थियो। विश्वव्यापी महामारी कोभिड-१९ ले उक्त रणनीति अपर्याप्त भएको देखाएको छ। संयुक्त राज्य अमेरिका शक्तिशाली नै भइहाल्यो भने पनि यसले एक्लैले आफ्नो सुरक्षा सुनिश्चित गर्न सक्दैन भन्ने महामारीले पुष्टि गरेको छ।
सन् २०१८ मा रिचार्ड डान्जिगले भनेजस्तै, “एक्काईसौं शताब्दीको प्रविधि वितरणमा मात्र होइन यिनको परिणाममा पनि विश्वव्यापी छ। कुनै ठाउँमा दुर्घटनावश देखापरेका किटाणु, कृत्रिम बौद्धिकता प्रणाली, कम्प्युटर भाइरसहरू र विकरणहरू सबैका लागि उत्तिकै समस्या बनेका छन्। यस्ता साझा जोखिम घटाउने र समाधान गर्ने काम सूचना दिएर, नियन्त्रण विधी सेयर गरेर, एकीकृत रोकथाम विधी, मान्यता र सन्धीहरू गरेर मात्र सम्भव छ।”
कोभिड-१९ र जलवायु परिवर्तनजस्ता अन्तरदेशीय समस्यालाई कुनै देशमाथि अमेरिकी शक्तिको विजयबारे सोचेर मात्र समाधान गर्न सकिँदैन। अरूसँग मिलेर प्राप्त हुने शक्तिबारे जान्नु नै सफलताको सुत्र हुनेछ। हो, सबै देशले आफ्नो ‘राष्ट्रिय हित’ लाई पहिलो प्राथमिकता दिन्छन्। तर मुख्य प्रश्न भने कति फराकिलो ढंगले त्यो राष्ट्रिय हित तय गरिन्छ भन्ने हो। कोभिड-१९ ले हामी नयाँ संसार अनुकुल रणनीति बनाउन सकिरहेका छैनौं भन्ने प्रमाणित गर्छ।
कोभिड-१९ को इतिहास विजेताहरूले लेख्नेछन्
जोन एलेन
अध्यक्ष, ब्रुकिंग्स इन्स्टिच्युट
सधैँजस्तै कोभिड-१९ को इतिहास पनि विजेताहरूले नै लेख्नेछन्। हरेक राष्ट्र र हरेक व्यक्तिले यो रोगका कारण सामाजिक तनाव व्यहोरिरहेछन्।
आफ्नो विशिष्ट राजनीतिक र आर्थिक प्रणाली एवं जनस्वास्थ्य सेवा प्रणालीका माध्यममा दृढ देशहरूले यो महामारीका नतिजामाथि विजय हासिल गर्नेछन्। केहीका लागि यो प्रजातन्त्र, बहुपक्षीय अभ्यास र विश्वव्यापी स्वास्थ्य सेवाको विजय हुनेछ। अरूका लागि भने यो महामारी स्वेच्छाचारी शासनका लागि हितकारी लाग्नेछ।
अर्कोतर्फ, यो संकटले अन्तर्राष्ट्रिय शक्ति संरचनामा व्यापक उलटपुलट ल्याउनेछ जसको कल्पनामात्र शुरु भएको छ। कोभिड-१९ ले आर्थिक गतिविधी कमजोर बनाइरहेछ भने देशहरूबीचको तनाव बढाइरहेछ। दिर्घकालीन रुपमा यो महामारीले विश्व अर्थतन्त्रको उत्पादन क्षमता घटाउनेछ। खासगरी व्यवसायहरू बन्द हुनेछन् र मानिसहरूले रोजगारी गुमाउनेछन्। विकासशील देश र आर्थिक रुपमा जोखिमयुत्त कामदार भएका देशहरूका लागि यो जोखिम डरलाग्दो हुनेछ। यसको परिणामस्वरुप अन्तर्राष्ट्रिय प्रणाली ठूलो तनावमा आउनेछ जसले देशहरूभित्र र देशहरूबीच अस्थिरता र द्वन्द्व बढाउनेछ।
विश्व पूँजीवादमा नयाँ अभ्यास शुरु हुनसक्छ
लाउरी ग्यारेट
पुलित्जर पुरस्कारप्राप्त विज्ञान लेखक
कोभिड-१९ महामारीका कारण विश्वको वित्तीय र आर्थिक प्रणालीमा लागेको झड्काले विश्व वितरण प्रणाली र वितरण सञ्जाल कति हदसम्म कमजोर छन् भन्ने देखाएको छ। त्यसैले कोभिड-१९ को महामारीले दिर्घकालीन आर्थिक असरमात्र पुर्याउनेछैन यसले अर्थतन्त्रमा आधारभुत परिवर्तन पनि ल्याउनेछ।
विश्वव्यापीकरणले संसारभरी उत्पादन गर्ने र तोकिएकै समयमा बजारमा पुर्याउने प्रणाली सिर्जना गर्यो। तर, अहिले उत्पादन प्रणालीले बजार गुमाइरहेछ। विश्वभरी नै वितरण प्रणालीले जटिलता भोग्नुपरेको छ। कोभिड-१९ ले प्रमाणित गरिदिएको छ, किटाणुले केवल मानिसलाई संक्रमण गर्दैन सिंगो प्रणालीलाई पनि क्षति पुर्याउँछ।
यो महामारीले विश्व पूँजीवादमा नयाँ अभ्यास सिर्जना गर्नसक्छ जहाँ वितरण प्रणाली घर नजिकै आउनेछ ताकि भविष्यमा अहिलेको जस्तो क्षति भोग्न नपरोस्। जसले तत्कालका लागि कम्पनीहरूको नाफा घटाउनेछ भने दिर्घकालीन रुपमा सिंगो प्रणालीलाई कमजोर बनाउनेछ।
असफल राष्ट्रहरू बढ्नेछन्
रिचार्ड एन. ह्यास
अध्यक्ष, काउन्सिल अन फरेन रिलेसन्स
यो महामारीले धेरैजसो देशका सरकारहरूलाई केही वर्षसम्म आफैभित्र केन्द्रित हुन र आफ्ना सीमाभित्र के भईरहेछ भन्नेमा मात्रै चासो राख्ने बनाउनेछ। म देशहरू आत्मनिर्भरतातिर गईरहेको देख्छु जसले वितरण प्रणालीलाई कमजोर बनाउनेछ, आप्रवासनप्रति थप विरोध सिर्जना गर्नेछ र क्षेत्रिय तथा विश्वव्यापी समस्या समाधान गर्ने चाहना र प्रतिबद्धतामा कमी ल्याउनेछ। देशहरू संकटका आर्थिक क्षतिबाट पार पाउन आफ्नो पुननिर्माणमा मात्र जोडबल गर्नेछन्।
धेरै देशहरू संकटका असर थेग्न सक्नेछैनन् जसले गर्दा संसारमा असफल राष्ट्रहरूको संख्या बढ्नेछ। यो संकटले चीन–अमेरिका सम्बन्धमा अहिले आएको चिसोपना बढाउने र युरोपेली एकता कमजोर बनाउने देखिन्छ। तर, यो महामारीले केही सकारात्मक परिणाम पनि दिनेछ। खासगरी विश्व्यापी जनस्वास्थ्य सेवा प्रवाह प्रणालीलाई बलियो बनाउनेछ। तर यो संकटको जरा विश्वव्यापीकरणमा गाडिएिको हुनाले यसप्रति मानिसहरूको वितृष्णा बढ्नेछ।
अमेरिकाको नेतृत्वक्षमता असफल प्रमाणित भएको छ
कोरी श्याके
कार्यकारी महानिर्देशक, इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीज
आत्मकेन्द्रित र अक्षम भएकाले अब संयुक्त राज्य अमेरिका अन्तर्राष्ट्रिय मञ्चको नेता रहिरहेन।
अन्तर्राष्ट्रिय संस्थाहरूले शुरुमै सूचना प्रवाह गर्न सकेको भए सरकारहरूले आवश्यक तयारी गर्नेथिए।
अमेरिकाले वास्तवमा यस्तै भूमिका पूरा गर्नुपर्थ्यो। तर ऊ आत्मकेन्द्रित भइदियो।
हरेक देशमा मानवताको शक्ति देखिन्छ
निकोलस बर्न्स
प्राध्यापक, हावर्ड केनेडी स्कुल अफ् गभरमेन्ट
कोभिड-१९ महामारी यो शताब्दीकै सबैभन्दा ठूलो विश्व संकट हो। यसको गहिराई र दायरा ठूलो छ। जनस्वास्थ्यमा आएको यो संकटले संसारका प्रत्येक मानिसलाई त्रास सिर्जना गरेको छ।
यसले निम्त्याउने वित्तिय र आर्थिक संकट २००८ को आर्थिक संकटभन्दा ठूलो हुनेछ। हामीलाई थाहै छ, हरेक संकट यस्तो भुकम्प हो जसले अन्तर्राष्ट्रिय प्रणाली र शक्ति सन्तुलनमा व्यापक परिवर्तन ल्याइदिन्छ।
अहिले भइरहेको अन्तर्राष्ट्रिय सहकार्य अपर्याप्त भएको देखिएको छ। अमेरिका र चीनले आफ्नो वाकयुद्ध पन्छाउँदैनन् भने उनीहरूप्रतिको विश्वास नै गुम्नेछ। युरोपेली युनियनले आफ्ना ५० करोड जनतालाई लक्षित हुनेगरी सहयोग वितरण गर्न सकेन भने सरकारहरू युनियनबाट फिर्ता हुनेछन्।
यी तमाम समस्याका बावजुद हरेक देशमा मानवताको शक्ति देखिएको छ। डाक्टर, नर्स, नेता र आम जनताले यो संकटसँग जुध्न गरेको प्रयास तारिफयोग्य छ।
(७ चैतमा ‘फरेन पोलिसी’मा प्रकाशित लेखको लक्ष्मण श्रेष्ठको अनुवाद।)
" />

">