महिला र बालिकालाई कुटपिट गर्ने राज्यमन्त्री वली पक्राउ
महिला र बालिकालाई कुटपिट गर्ने राज्यमन्त्री वली पक्राउ
एक महिला र उनकी छोरीलाई कुटपिट गरेको आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वली पक्राउ परेकी छिन्। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीको पछाडी बस्ने एकराज बस्नेतको घरभित्रै गएर मन्त्री वलीले श्रीमती मीना र उनकी छोरीलाई कुटपिट गरेकी थिइन्। केही अघि बिमला र मीनाका श्रीमान् एकराजबीच 'प्रेम सम्बन्ध' रहेको बाहिरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्