श्रीलंकाको अर्थतन्त्र पूर्ण रूपमा ध्वस्त
श्रीलंकाको अर्थतन्त्र पूर्ण रूपमा ध्वस्त भएको प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले बताए
खाद्यान्न, औषधि र इन्धन लगायतका अत्यावश्यक आयातहरू तिर्न डलर सकिएपछि श्रीलंका सात दशकमा सबैभन्दा खराब आर्थिक संकटको बीचमा छ र विदेशी मुद्रा सञ्चिति रेकर्डको तल्लो तहमा झरेको छ। श्रीलंकाको संसदमा बोल्दै प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले श्रीलंकाको अर्थतन्त्र पूर्ण रूपमा ध्वस्त भएको र सरकारले अर्थतन्त्रलाई स्थिर बनाउन आफ्ना विश्वव्यापी साझेदारहरू र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग मद्दत खोजिरहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्