सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीको मृत्यु
सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीको मृत्यु
सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारी मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती २० वर्षीया अन्जली सरदारलाई आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो ।अचेत भएकी बुहारीलाई छुटाउन गएका ४० वर्षीय सौदानन्द सरदारलाई समेत करेन्ट लागेको थियो । दुवैजनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्