किरण चेम्जोङले पुनः पञ्जाव एफसीबाट आईलीग खेल्ने
किरण चेम्जोङले पुनः पञ्जाव एफसीबाट आईलीग खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले भारतीय राउन्डग्लास पन्जाव फुटबल क्लब बाट पुनः आईलिग खेल्ने भएका छन् ।शुक्रवार पन्जाव फुटबलले सामाजिक सञ्जालमार्फत किरणलाई औपचारिक रुपमा टिममा अनुबन्ध गरेको जनाएको छ । किरणले २०२०/२१ सिजनको आई लिग पनि पन्जाव बाटै खेलेका थिए। उक्त सिजन उनले उत्कृष्ट प्रदर्शन गर्दै हिरो आई लिगमा ‘गोल्डेन ग्लब्स’ प्राप्त गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्