राष्ट्रसंघको शान्ति सेनामा ६ हजारभन्दा बढी नेपाली सैनिक तैनाथ
६४ वर्षमा करिव साढे एक लाख नेपाली सैनिक राष्ट्रसंघको शान्ति मिशनमा सहभागी
संयुक्त राष्ट्रसंघको १२ वटा शान्ति मिशनमा अहिले ६ हजार १६ जना नेपाली सैनिक तैनाथ रहेका छन्। तैनाथ रहेकामा ४२९ जना महिला सैनिक रहेको नेपाली सेनाले जनाएको छ। सन् १९५८ देखि हालसम्म १ लाख ४२ हजार ५८५ जना नेपाली सैनिक शान्ति मिसनमा सहभागी भइसकेका छन्। शान्ति मिशनमा खटिने क्रममा हालसम्म ७१ जना नेपाली सेनाको मृत्यु र ६८ जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्