चार महिनामा नेपालीले पौनै तीन अर्बको विदेशी स्याउ खाए
चार महिनामा ३ करोड ७९ लाख ५१ हजार ५२५ केजी स्याउ नेपाल भित्रियो
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा नेपालले २ अर्ब ८० करोड १४ लाख ३९ हजार रुपैयाँको स्याउ विभिन्न देशबाट आयात गरेको छ। उक्त मुल्यमा ३ करोड ७९ लाख ५१ हजार ५२५ केजी स्याउ नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। सो अवधिमा भारतबाट १ अर्ब ७८ करोड र चीनबाट १ अर्ब २ करोड रुपैयाँको स्याउ नेपालले आयात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्