मेस्सीको देश अर्जेन्टिनासँग नेपालको चौंथो ठूलो व्यापार घाटा, अर्जेन्टिनाबाट के के आउँछ नेपालमा ?
मेस्सीको देश अर्जेन्टिनासँग नेपालको चौंथो ठूलो व्यापार घाटा, अर्जेन्टिनाबाट के के आउँछ नेपालमा ?
अर्जेन्टिनासँग नेपालको व्यापार घाटा १३ अर्ब २ करोड ५७ लाख ९७हजार रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा नेपालले अर्जेन्टिनासँग उक्त व्यापार घाटा व्यहोरेको हो। भारत, चीन र इन्डोनेसियापछि नेपालको चौंथो ठूलो व्यापार घाटा अर्जेन्टिनासँग रहेको भन्सार विभागले जनाएको छ। गत साउनदेखि कात्तिकसम्म अर्जेन्टिनाबाट नेपालमा करिव १३ अर्ब रुपैयाँको कच्चा भटमास र सनफ्वालर तेल आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्