चार महिनामा भारतसँगको व्यापार घाटा पौने तीन खर्ब पुग्यो
चार महिनामा भारतसँगको व्यापार घाटा पौने तीन खर्ब पुग्यो
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म)मा भारतसँग नेपालको व्यापार घाटा २ खर्ब ८३ अर्ब ५८ करोड ९१ लाख ७ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार सो अवधिमा नेपालले भारतबाट ३खर्ब २२अर्ब १८करोड ९४लाख ५९ हजार रुपैयाँको वस्तु आयात गरेको छ। सोही अवधिमा नेपालले भारतमा मात्र ३८ अर्ब ६०करोड ३लाख ५२हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्