कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। आज विहान सिंहदरबास्थित कांग्रेस संसदीय दलको कार्यालयमा संसदीय दलको नेता चयन गर्न मतदान भएको थियो। मतदानमा देउवाले ६४ मत प्राप्त गरेका थिए भने गगन थापाले २५ मत प्राप्त गरेका थिए। संसदीय दलको नेतामा देउवा र थापाले उम्मेदवारी दिएका थिए। मतदानमा कांग्रेसका ८९ जना सांसद सहभागी भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्