नेपालको आयात २०.७१ प्रतिशत र निर्यात ३४.६१ प्रतिशतले घट्यो
नेपालको आयात २०.७१ प्रतिशत र निर्यात ३४.६१ प्रतिशतले घट्यो
काठमाडौं। चालु आवको पहिलो पाँच महिनामा नेपालको आयात २०.७१ प्रतिशत र निर्यात ३४.६१ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार सो अवधिमा नेपालले ६खर्ब६४अर्ब रुपैयाँको वस्तु आयात गरेको छ। अघिल्लो आव २०७८/७९ को सोही अवधिमा नेपालले ८खर्ब३८अर्ब रुपैयाँको वस्तु आयात गरेको थियो। पछिल्लो पाँच महिनामा नेपालले ६७अर्ब३०करोड रुपैयाँको वस्तु निर्यात गरेको छ। अघिल्लो वर्ष यो आँकडा १ खर्ब २अर्ब रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्