प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६६ सांसदको समर्थन, नेताहरु प्रस्ताव लिएर राष्ट्रपतिकोमा जाँदै
प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६६ सांसदको समर्थन, नेताहरु प्रस्ताव लिएर राष्ट्रपतिकोमा जाँदै
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बन्न १६६ सांसदको समर्थन पाउने भएका छन्। बालकोटमा आज बसेको एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी र जनमत पार्टीको बैठकले उक्त निर्णय गरेको हो। ‘प्रचण्डको नेतृतवमा सरकार गठन गर्न राष्ट्रपति समक्ष दाबी पेश गर्ने सहमति भएको छ। उहाँलाई समर्थन गर्ने सांसदको संख्या १६६ पुगेको छ,’एमाले महासचिव शंकर पोखरेलले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्