अमेरिकाले प्रचण्डसामु राख्यो दुई अहंम मुद्दा– मानव अधिकारको सुदृढीकरण र दिगो आर्थिक वृद्धि
अमेरिकाले प्रचण्डसामु राख्यो दुई अहंम मुद्दा– मानव अधिकारको सुदृढीकरण र दिगो आर्थिक वृद्धि
काठमाडौं। अमेरिकाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले आज विज्ञप्ति जारी गर्दै दिगो आर्थिक वृद्धि हासिल र लोकतन्त्र–मानवअधिकारको सुदृढीकरण गर्ने मुद्दामा नेपाल सरकारसँगै उभिने समेत जनाएको छ। ‘नेपालले आफ्ना लोकतान्त्रिक परम्पराहरूलाई गहिराइ प्रदान गर्न जारी राख्दै गर्दा नेपाललाई मद्दत गर्न हामी तत्पर छौँ,’ अमेरिकाले भनेको छ। नेपालसँग चिरस्थायी सम्बन्ध रहेको अमेरिकी दाबी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्