एनआरएनएले प्रचण्डलाई बधाई दिँदै भन्यो– गैरआवासीय नेपालीलाई नेपाली सरह लगानीको वातावरण बनाइदिनोस्
एनआरएनएले प्रचण्डलाई बधाई दिँदै भन्यो– गैरआवासीय नेपालीलाई नेपाली सरह लगानीको वातावरण बनाइदिनोस्
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिँदै आफ्ना माग अघि सारेको छ। ‘यहाँको कार्यकालमा गैरआवासीय नेपालीका नागरिकता, वैदेशिक रोजगारीका समस्या, गैरआवासीय नेपालीलाई नेपाली सरह लगानीको वातावरण प्रदान गर्ने तथा अन्य हक, हित र अधिकारका विषय सम्बोधन हुने विश्वास हामीले राखेका छौं,’संघले विज्ञप्तिमा भनेको छ। नेपाल सरकारसँग सहकार्य गर्न आँफूहरु प्रतिबद्ध रहेको पनि संघले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्