युद्धले रोकेन व्यापार, युक्रेनबाट पाँच महिनामा नेपाल आयो ६ अर्ब ३७ करोडभन्दा बढीको वस्तु
युद्धले रोकेन व्यापार, युक्रेनबाट पाँच महिनामा नेपाल आयो ६ अर्ब ३७ करोडभन्दा बढीको वस्तु
काठमाडौं। युद्धग्रस्त राष्ट्र युक्रेनबाट पछिल्लो पाँच महिनामा नेपालले ६ अर्ब ३७ करोड ३२लाख ११हजार रुपैयाँको विभिन्न वस्तु आयात गरेको छ। रुससँग युद्ध लडिरहेको युक्रेनले नेपालसँगको व्यापारमा असर पर्न दिएको छैन। भन्सार विभागका अनुसार २०७९ साउनदेखि मंसिरसम्मको अवधिमा युक्रेनबाट ४अर्ब७९करोड रुपैयाँभन्दा बढीको कच्चा सनफ्लावर तेल मात्र नेपालले आयात गरेको छ। सो अवधिमा नेपालको युक्रेनसँग व्यापार घाटा ६अर्ब३७करोड २९लाख६५हजार रुपैयाँ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्