सन्दीप लामिछानेको पुनरावेदन मुद्दामाथि आज सुनुवाई हुँदै
सन्दीप लामिछानेको पुनरावेदन मुद्दामाथि आज सुनुवाई हुँदै
काठमाडौं। बलात्कारको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको मुद्दामाथि आज सुनुवाई हुँदैछ। सुनुवाइका लागि उनको मुद्दा पाटन उच्च अदालतका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको छ। गत हप्ता लामिछानेको मुद्दा पेशीमा चढाएपनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले सो दिनको पेसी स्थगित गरेका थिए।लामिछानेको सम्वन्धमा आज नै कुनै फैसला आउने सम्भावना समेत रहेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्