अमेरिका लगायतका देश पठाईदिन्छु भन्दै एक करोड ६२ लाखभन्दा बढी ठगी
अमेरिका लगायतका देश पठाईदिन्छु भन्दै एक करोड ६२ लाखभन्दा बढी ठगी
अमेरिका लगायतका देशहरु पठाईदिन्छु भन्दै १ करोड ६२ लाख ६ हजार रूपैयाँ ठगी गरेको पाइएको छ। ठगी गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–१ कुपण्डोल घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ ओमनगर बस्ने ४४ वर्षीय राजेश थापालाई पक्राउ गरेको छ। थापाले विभिन्न व्यक्तिहरूलाई मासिक ३ लाख तलवका साथै ग्रिनकार्ड, पीआर र हङकङ आईडी समेत बनाईदिने आश्वासन दिएको पीडितहरुले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्