प्रधानमन्त्री प्रचण्डले दिए विदेशबाट मोबाइल ल्याउँदा गरिएको कडाई कार्यन्वयन नगर्न निर्देशन
प्रधानमन्त्री प्रचण्डले दिए विदेशबाट मोबाइल ल्याउँदा गरिएको कडाई कार्यन्वयन नगर्न निर्देशन
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट मोबाइल ल्याउँदा गरिएको कडाइ कार्यन्वयन नगर्न उप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई निर्देशन दिएका छन्। ‘पहिला जे अवस्था थियो त्यही लागू गर्न र नयाँ नियम कार्यन्वन नगर्न प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ,’ प्रधानमन्त्रीको प्रेस संयोजक सूर्यकिरण शर्माले बताए। सरकारले विदेशबाट मोबाइल ल्याउँदा कर तिर्नुपर्ने र दर्ता गर्नुपर्ने नियम बनाएपछि यसको व्यापक आलोचना भइरहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्