नेकपा एस स्थायी कमिटि बैठकको निष्कर्षः दाहाल सरकारलाई समर्थन गर्ने, औपचारिक प्रस्ताव नगरे सरकारमा नजाने
नेकपा एस स्थायी कमिटि बैठकको निष्कर्षः दाहाल सरकारलाई समर्थन गर्ने, औपचारिक प्रस्ताव नगरे सरकारमा नजाने
काठमाडौं। नेकपा एस (एकीकृत समाजवादी) का अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्नेमा जोड दिएका छन्। शनिवारदेखि जारी नेकपा एसको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरुले दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने धारणा राखेको उपमहासचिव गंगालाल तुलाधरले बताए। बैठकमा प्रधानमन्त्री दाहालले सरकारमा सहभागि हुन औपचारिक प्रस्ताव नपठाएको खण्डमा पार्टी सरकारमा जान नहुने नेताहरुले निस्कर्ष निकालेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्