इरानमा फुटबल खेलाडी पक्राउ, नयाँ वर्षमा पार्टी गरेको लगाइयो अभियोग
इरानमा फुटबल खेलाडी पक्राउ, नयाँ वर्षमा पार्टी गरेको लगाइयो अभियोग
तेहरान। इरानमा नयाँ वर्षको पूर्व सन्ध्यामा केही फुटबल खेलाडी पक्राउ परेका छन्। स्थानीय तस्नीम न्युज एजेन्सीले उक्त जानकारी दिएको हो। पक्राउ परेकामा केही पूर्व र केही हाल खेलिरहेका खेलाडी रहेका छन्। उनीहरुमाथि नयाँ वर्ष २०२३ को पार्टीमा सहभागी भएको आरोप लगाइएको छ। पक्राउ परेका खेलाडीको नाम सार्वजनिक गरिएको छैन। इरानको नियमअनुसार यस्ता पार्टीमा अविवाहित पुरुष र महिला सहभागी हुन पाउँदैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्