लूला डि सिल्भा तेस्रो पटक बने ब्राजिलको राष्ट्रपति
लूला डि सिल्भा तेस्रो पटक बने ब्राजिलको राष्ट्रपति
ब्राजिलिया। लुइस इनासियो लूला डि सिल्भा तेस्रो पटक ब्राजिलको राष्ट्रपति भएका छन्। उनले एक समारोहबीच राष्ट्रपतिको शपथ लिएका छन्। बौद्धिक वामपन्थी नेता ‘लूला’ को नामले ब्राजिलमा चर्चित छन्। यसअघि उनी सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति रहेका थिए। गत वर्ष अक्टोबरमा भएको निर्वाचनमा उनले बोलसोनारोलाई पराजित गरेका थिए। राष्ट्रपतिको शपथ लिएसँगै उनले देशको पुनर्निमाण गर्ने प्रतिबद्धता जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्