वर्ष २०२३ कष्टपूर्ण हुने, एक तिहाई विश्वले आर्थिक मन्दीको सामना गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख क्रिस्टलीना जार्जिएवाले वर्ष २०२३ मा एक तिहाई विश्वले आर्थिक मन्दीको सामना गर्ने बताएकी छन्। अमेरिका, युरोपेली संघ र चीनको अर्थव्यवस्था सुस्ताउँदा यो वर्ष कष्टपूर्ण बन्ने दाबी उनको छ। युक्रेनमा जारी युद्ध, तिव्ररुपमा बढेको महंगी, चीनमा कोरोना प्रभावले विश्व अर्थव्यवस्थालाई असर गर्नेछ। ‘जुन देशमा मन्दी हुँदैन त्यहाँ पनि लाखौ, करोडौं जनताले मन्दीको सामना गर्नुपर्नेछ,’ उनले भनिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्