राजस्व चुहावट र जघन्य अपराधमा केन्द्रीत हुन प्रहरी महानिरीक्षकको निर्देशन काठमाडौं। प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राजस्व चुहावट, जघन्य अपराध, तस्करी, महिला हिंसा लगायतका अपराध निश्तेज गर्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। सोमबार सम्पन्न काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालय एवं मातहत कार्यालयका प्रमुखहरुबीच प्रदेशस्तरीय शान्ति सु–व्यवस्था सम्बन्धी अर्ध–वार्षिक समीक्षा बैठकमा उनले उक्त निर्देशन दिएका हुन्। बैठकमा सातवटै प्रदेशको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्