प्रधानमन्त्री प्रचण्ड र प्रमुख निर्वाचन आयुक्त थपलियाबीच भेटवार्ता, राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका विषयमा छलफल काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र निर्वाचन आयोगका प्रमुुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाबीच आज भेटवार्ता भएको छ। भेटवार्तामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र मुख्यसचिव शंकरदास वैरागीको पनि उपस्थिती रहेको थियो। भेटघाटामा राष्ट्रिय सभाको रिक्त सदस्यको निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचन लगायतका विषयमा छलफल भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्