राष्ट्रपतिमा दलहरुबीच रसाकस्सी, कहिलेसम्म छ त राष्ट्रपति भण्डारीको पदावधि ?
काठमाडौं। राष्ट्रपतिको उम्मेदवारलाई लिएर दलहरुबीच रसाकस्सी चलिरहँदा निर्वाचन आयोगले आज सरकारलाई वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि सम्झाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी राष्ट्रपति भण्डारीको पदावधि २०७९ फागुन २८ गतेसम्म मात्र रहेको स्मरण गराएका हुन्। यसैकारण सो अगाडि राष्ट्रपतिको निर्वाचन र राष्ट्रपतिको निर्वाचन भएको १५ दिनभित्र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गराउनु पर्ने उनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्