प्रधानमन्त्री प्रचण्डले मंगलबार नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिने काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार नेपाल सरकारका सचिवहरुलाई सामूहिकरुपमा निर्देशन दिने भएका छन्। सबै सचिवहरुबाट सम्बन्धित मन्त्रालयको वस्तुस्थितीबारे जानकारी लिएपछि प्रधानमन्त्रीले मंगलबार आवश्यक निर्देशन दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैक्रममा उनले आज नेपाल सरकारका सचिवहरुसँग सामूहिक छलफल गरेका थिए। छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटन लगायतको मन्त्रालयका सचिवहरूले आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्