भारतको जम्मू–कश्मीरमा आतंकवादी आक्रमणमा परी दुई दिनमा ६ जना हिन्दुको मृत्यु जम्मू–कश्मीर। भारतको जम्मू–कश्मीरमा आतंकवादीको आक्रमणमा परी दुई दिनमा ६ जना हिन्दुको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना बच्चा समेत रहेका छन्। सोमबार आतंकवादीले डांगरी गाउँमा आईडी बिस्फोट गराउँदा दुई जनाक बच्चाको मृत्यु भएको हो। घटनामा दुई जना घाइते भएका छन्। आइतबार साँझ सोही क्षेत्रमा आतंकवादीको आक्रमणमा परी ४ जनाको मृत्यु र ६ जना घाइते भएका थिए। (एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्