उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ यातायात कार्यालयको आकस्मिक अनुगमनमा काठमाडौं। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आज आकस्मिकरुपमा यातायात कार्यालयको अनुगमन गरेका छन्। उनले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको आकस्मिक अनुगमन गरेका हुन्। अनुगमनका क्रममा उनले यातायात कार्यालका कर्मचारी र सेवाग्राहीहरुसँग कुराकानी गरेका थिए। यातायात कार्यालयमा सेवाग्राहीले सास्ती भोगिरहेको समाचारहरु आएपछि उनी प्रत्यक्ष जानकारी लिन यातायात कार्यालय पुगेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्