पाँच महिनामा चीनसँगको व्यापार घाटा ९४ अर्बभन्दा बढी, नेपालबाट चीनतर्फ मात्र २४ करोड ४७ लाखको वस्तु निर्यात काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा नेपालको चीनसँगको व्यापार घाटा ९४ अर्ब ३३ करोड ६३ लाख ७९ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि मंसिरसम्म चीनबाट नेपालले ९४ अर्ब ५८ करोड ११ लाख ६ हजार रुपैयाँको वस्तु आयात गरेको छ। सोही अवधिमा नेपालले चीनमा मात्र २४ करोड ४७ लाख २७हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्