दुध लिन गएकी महिलाको ढुंगा र हँसिया प्रहार गरी हत्या, सुनका गरगहना लुट्ने योजना अर्घाखाँची। शितगंगा नगरपालिका–१० बस्ने ६० वर्षीया राधा थापाको हत्या भएको छ। उनको हत्या गरेको अभियोगमा भारतको बिहार घर भएका २३ वर्षीय सुशान्त सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानमा राधाले लगाएको सुनका गरगहना लुट्ने योजना बनाई सिंहले आइतबार बिहान हत्या गरेको प्रहरीले जनाएको छ। दुध लिन गएको अवस्थामा ढुंगा र हँसिया प्रहार गरी राधाको हत्या गरेको खुल्न आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्