राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छः वरिष्ठ नेता पौडेल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन्। मंगलवार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्। देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको, राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याहरुले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको उनले औंल्याए। वर्तमान व्यवस्था र संविधानको रक्षाकोलाई सबै मिलेर राष्ट्रिय सहमति खोज्नुपर्नेमा उनले जोड दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्