पाँच महिनामा नेपालीको घरमा भित्रियो विदेशबाट आएको ५ अर्ब ३२ करोडको फलफूल काठमाडौं। विभिन्न देशबाट पछिल्लो पाँच महिनामा नेपालमा ५ अर्ब ३२ करोड २७ लाख ६१ हजार रुपैयाँको फलफूलहरु भित्रिएको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि मंसिरसम्म उक्त फलफूल नेपाल भित्रिएको हो। सो अवधिमा ३अर्ब ८करोडको स्याउ, २१करोड २८ लाखको केरा, ४२ करोड ४३लाखको अनार, २०करोड २५लाखको आँप र अम्बा, १२करोड ९५लाखको मेवा र ३३करोड ३३लाख रुपैयाँको सुन्तला नेपालले आयात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्